Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बर्दिया

थारू बस्तीमा हुर्डुङग्वा नाचको रौनक

बर्दियाका देसाउरी थारू बस्तीमा परम्परागत हुर्डुङग्वा नाचको रौनक छाएको छ ।
रासस १०७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार (२ घण्टा अघि)
थारू बस्तीमा हुर्डुङग्वा नाचको रौनक

बर्दिया, २६ असोजः बर्दियाका देसाउरी थारू बस्तीमा परम्परागत हुर्डुङग्वा नाचको रौनक छाएको छ ।

साँझ पर्नासाथ गाउँका बडघर वा मटावाँको घरआँगनमा भेला हुने स्थानीय मादल र मञ्जिराको तालमा गीत गाउँदै हुर्डुङग्वा नाच्न थालेका छन् । देसाउरी थारू समुदायमा दसैँको सांस्कृतिक पहिचानका रूपमा रहेको हुर्डुङग्वा नाच हरेरी पूजा गरेपछि सुरु हुने परम्परा छ ।

दसैँका अवसरमा गाउँका महिला तथा पुरुष सामूहिक रूपमा सहभागी भएर नाच्ने र गीत गाउने गर्छन् । बर्दियामा देसाउरी थारू समुदायको बाक्लो बसोबास रहेकाले यहाँका गाउँमा हुर्डुङग्वा नाचको विशेष रौनक देखिन्छ ।

गुलरिया नगरपालिका–१२ भैसाही गाउँमा दसैँ नजिकिएसँगै हरेक दिन राति हुर्डुङग्वा नाच भइरहेको स्थानीय तेतिराम थारुले बताउनुभयो । “दसैँ घरआँगनमै आइसकेकाले गाउँभरिका मानिस मिलेर सामूहिक रूपमा नाचिरहेका छौँ,” उहाँले भन्नुभयो । हुर्डुङग्वा नाच सुरु गर्दा लचारी गीत गाउने चलन छ । ‘नदियाके तिरे रे तिरे धन बसवरिया हो, धन बसवरिया । वही बाँस काटि रे कै पिजरा बनावय हो’ जस्ता गीतको भाकाबाट नाच सुरु गरिन्छ ।

दिनभरि खेतबारीको काम सकेपछि साँझ गाउँले भेला भएर रातिसम्म गीत गाउने र नाच्ने गर्छन् । बाँसगढी नगरपालिका–६ मोतिपुरमा पनि दैनिक हुर्डुङग्वा नाच भइरहेको स्थानीय रामकिसुन थारुले बताउनुभयो । नाचलाई व्यवस्थित र आकर्षक बनाउन मादल मर्मत गर्ने, गीत गाउने व्यक्ति छनोट गर्ने तथा नाच्ने र मादल बजाउने टोली तयार पार्ने काम भइरहेको छ ।

हुर्डुङग्वा नाचमा दुई समूह बनाएर गीत गाउने र नाच्ने गरिन्छ । पुरुष–पुरुष वा महिला–पुरुषका समूह बनाएर नाचिने यस परम्परामा नाच टोलीका मुख्य अगुवालाई ‘मोहिया’ र दोस्रो अगुवालाई ‘पिछगुन्या’ भनिन्छ ।

नाच्ने पुरुषले महिलाको भेषमा ‘बठिन्या’ को भूमिका निर्वाह गर्ने परम्परा छ ।

एकातिर मञ्जिरा र अर्कोतिर मादल बजाइन्छ । दुवै समूहले पालैपालो गीत दोहो¥याउँदै लय र तालमा सामूहिक नृत्य प्रस्तुत गर्छन् ।

हुर्डुङग्वाका गीतलाई समय र अवसरअनुसार विभिन्न प्रकारमा वर्गीकरण गरिएको थारू संस्कृतिका जानकार प्रशुराम थारुले बताउनुभयो ।

उहाँका अनुसार दिउँसो गाइने गीतलाई ‘दिनगित्वा’, राति गाइनेलाई ‘कहरा’ र बिहान गाइनेलाई ‘बिहगरा’ भनिन्छ ।

यसबाहेक लचारी, फूलवार, चुदरी बिलाप र महिरावानजस्ता गीत गाउने चलन छ । यी गीत रामायण तथा शिव–पार्वतीको महिमासँग जोडिएका छन् ।

बारबर्दिया बरघर सञ्जालका अध्यक्ष बहादुर बैरागी थारुका अनुसार भदौमा गरिने हरेरी पूजादेखि सुरु हुने हुर्डुङग्वा नाच दसैँ सकिएको करिब एक सातासम्म चल्ने परम्परा छ ।

सामान्य अवस्थामा राति नाचिने यो नाच नवमीदेखि दसैँसम्म पनि नाच्ने गरिन्छ ।

देसाउरी थारू समुदायको बसोबास बर्दियासँगै बाँके, दाङ, कैलाली र कञ्चनपुरमा छ ।

गीत र नाचको मूल परम्परा उस्तै भए पनि गाउँठाउँ अनुसार नाच्ने शैलीमा केही भिन्नता रहेको थारुले बताउनुभयो ।

मादल र मञ्जिराको तालमा सामूहिक गीतसँगै प्रस्तुत गरिने हुर्डुङग्वा नाच थारू समुदायको मौलिक सांस्कृतिक सम्पदा हो ।

  • कञ्चनपुर
  • कैलाली
  • बर्दिया
  • बाँके
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

  • Post Thumbnail

    भक्तपुरमा नवरात्रि मेला

  • Post Thumbnail

    अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो

  • Post Thumbnail

    बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २६ गते सोमबार

    २०८३ असोज २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    जलवायु जोखिम न्यूनीकरणका लागि स्थानीय अनुकूलन बसाइँसराइमा जोड

    Post Thumbnail

    ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

    Post Thumbnail

    विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

    Post Thumbnail

    स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution