Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खोटाङ

ज्येष्ठ पत्रकारका लागि निवृत्तिभरण वितरण सुरु

नेपाल पत्रकार महासङ्घ खोटाङले ज्येष्ठ पत्रकारका लागि निवृत्तिभरण (पेन्सन) वितरण सुरु गरेको छ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार (२ घण्टा अघि)
ज्येष्ठ पत्रकारका लागि निवृत्तिभरण वितरण सुरु

खोटाङ, २६ असोजः नेपाल पत्रकार महासङ्घ खोटाङले ज्येष्ठ पत्रकारका लागि निवृत्तिभरण (पेन्सन) वितरण सुरु गरेको छ ।

पत्रकारिता पेसालाई मर्यादित, सुरक्षित, सम्मानित, व्यावसायिक तथा उत्तरदायी बनाउने उद्देश्यसहित पत्रकार महासङ्घले मासिक रु तीन हजारका दरले ज्येष्ठ पत्रकार पेन्सन वितरण सुरु गरेको हो ।

पत्रकार महासङ्घ खोटाङले सुरु गरेको पेन्सन सुविधा लिने पहिलो पत्रकार प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्य पर्नुभएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७२ वर्षीय पत्रकार आचार्यलाई दसैँ÷तिहार तथा छठ पर्वका अवसर पारेर पत्रकार महासङ्घ खोटाङले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा तीन महिनाको पेन्सन उपलब्ध गराइएको हो ।

पत्रकार आचार्य अहिले पनि क्रियाशील पत्रकार हुन् । पाँच दशकदेखि पत्रकारिता पेसामा क्रियाशील वरिष्ठ पत्रकार आचार्यलाई दर्जन बढी सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले सम्मान तथा पुरस्कृत गरिसकेको छ ।

ज्येष्ठ पत्रकारको हित संरक्षण, आत्मसम्मान अभिवृद्धि, सामाजिक सुरक्षा सुनिश्चितता तथा उहाँहरुको अनुभव, योगदान र समपर्णको उच्च कदर गर्न जिल्लामा ‘ज्येष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) कोष’ स्थापना गरेर वितरण सुरु गरिएको पत्रकार महासङ्घका अध्यक्ष हरिबोल आचार्यले जानकारी दिनुभयो ।

“पत्रकारिता पेसालाई मर्यादित, सुरक्षित, सम्मानित, व्यावसायिक तथा उत्तरदायी बनाउन ज्येष्ठ पत्रकार पेन्सन कोष स्थापना गरिएको छ । यसका लागि सुरुमा नेपाल राष्ट्र बैङ्कबाट मान्यता प्राप्त बैङ्कमा रु १० लाख जम्मा गरेका छौँ”, उहाँले भन्नुभयो, “पेन्सन कोषबाट ६५ वर्ष पूरा गरेका पत्रकारलाई हरेक महिना मासिक रु तीन हजारका दरले पेन्सन प्रदान गर्छौं । जुन व्यक्ति २५ वर्षदेखि निरन्तर जिल्लामै रहेर पत्रकारिता पेसामा आबद्ध भएको हुनुपर्नेछ ।”

पत्रकार पेन्सन कोष नेपाल पत्रकार महासङ्घ खोटाङको मातहतमा रहनेगरी छुट्टै कोष स्थापना गरिएको छ । पत्रकारको आर्थिक तथा सामाजिक सुरक्षामा सहयोग पु¥याउन नेपाल पत्रकार महासङ्घ खोटाङले ज्येष्ठ पत्रकार पेन्सन कोष स्थापना गर्ने निर्णय गरिएको सचिव राजकुमार भट्टराई ‘सरगम’ले जानकारी दिनुभयो ।

पेन्सन कोषबाट प्रधान सम्पादक, सम्पादक, संवाददाता, समाचार वाचक, फोटो पत्रकार, व्यङ्ग्य चित्रकार लगायतले सुविधा लिनसक्ने कार्यविधिमा उल्लेख छ ।

पेन्सन कोषको सुविधा लिने ज्येष्ठ पत्रकार कुनै राजनीतिक दल वा अन्य पेसागत संस्थाको कार्यकारी पदमा नरहेको हुनुपर्नेछ ।

सूचना तथा प्रसारण विभाग वा प्रेस काउन्सिल नेपालको कालोसूचीमा नपरेको तथा नैतिक पतन देखिने फौजदारी अपराधमा अदालतबाट दोषी ठहर भएको व्यक्तिलाई समेत सुविधा उपलब्ध नगराइने पत्रकार महासङ्घको कार्यविधिमा उल्लेख छ ।

पत्रकार महासङ्घले स्थापना गरेको पेन्सन कोषले पत्रकारिता पेसामा लामो समयदेखि योगदान दिएका पत्रकारको सम्मान तथा संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको निवर्तमान अध्यक्ष दिलीप खत्रीले बताउनुयो ।

पेन्सन कोषलाई थप व्यवस्थित गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै विभिन्न दातृ निकाय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाको सहयोग लिइने पत्रकार महासङ्घले जनाएको छ ।

विसं २०६१ मा स्थापना भएको नेपाल पत्रकार महासङ्घ खोटाङमा हाल ३१ जना साधारण सदस्य हुनुहुन्छ ।

पत्रकार महासङ्घ खोटाङ शाखाको आफ्नै पक्की कार्यालय भवन निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ ।

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत विनियोजन भएको रु तीन करोड बजेटमा साढे दुईतले पक्की कार्यालय भवन निर्माणको काम गत चैतमा सुरु गरिएको हो ।

मोहन एन्ड बेँसीगाउँ–रूपाकोट–सरस्वती जेभी खोटाङले ठेक्का प्रणालीमार्फत निर्माण सुरु गरेको पत्रकार महासङ्घको भवन विसं २०८४ पुस २३ गतेभित्र भवन निर्माणको काम सम्पन्न गर्नुपर्नेछ ।

पत्रकार महासङ्घको आफ्नै कार्यालय भवन नहुँदा अहिले दिक्तेलबजारस्थित भवनगैरामा व्यक्तिको घर भाडामा लिएर कार्यसञ्चालन गर्दै आएको छ ।

पत्रकार महासङ्घका लागि कृषिविज्ञ मदन राईले दिक्तेलस्थित किरातचोक नजिकै आठ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राईले विसं २०६३ मा निःशुल्क जमिन उपलब्ध गराउनुभएको हो ।

  • खोटाङ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • Post Thumbnail

    बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने

  • Post Thumbnail

    दीक्षान्त समारोह–महानिरीक्षक कार्की

  • Post Thumbnail

    पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छः प्रधानमन्त्री शाह

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २६ गते सोमबार

    २०८३ असोज २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

    Post Thumbnail

    स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    पुलको पहुँचमार्ग बन्योः १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

    पुलको पहुँचमार्ग बन्योः १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

    Post Thumbnail

    बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution