Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

दीक्षान्त समारोह–महानिरीक्षक कार्की

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा गर्ने जिम्मेवारी पाएका राष्ट्रसेवक प्रहरीले पदीय दुरुपयोग गर्न नहुने बताउनुभएको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार (१ दिन अघि)
Post Thumbnail

काठमाडौँ, २६ असोज : नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा गर्ने जिम्मेवारी पाएका राष्ट्रसेवक प्रहरीले पदीय दुरुपयोग गर्न नहुने बताउनुभएको छ ।

उहाँले व्यक्तिगत स्वार्थ, अनुचित प्रभाव र पदीय अधिकार दुरूपयोग गर्दा प्रहरी सङ्गठन नै बदनाम हुने हुदाँ त्यसतर्फ हेक्का राख्न उहाँले आग्रह गनुभयो ।

राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोहमा सम्बोधन गर्दा उहाँले सो कुरा बताउनुभएको हो ।

सो समारोहमा उहाँले प्रहरीको नेतृत्व आदेशमा नभई उदाहरणमा देखिनुपर्ने बताउनुभयो ।

दीक्षित हुने प्रहरी निरीक्षकलाई बधाई तथा शुभकामना दिँदै उहाँले लिएको शपथलाई व्यवहारमा जनताप्रति नरमभाव राखी काम गर्न निर्देशन दिनुभयो । “सेवाग्राहीप्रतिको व्यवहारदेखि, अनुसन्धानको गुणस्तर, कर्मचारीको मनोबलदेखि अनुशासन, समुदायसँगको सम्बन्धदेखि कठिन परिस्थितिमा लिइने निर्णयसम्म नेतृत्वको वास्तविक मूल्याङ्न गर्नेछन्,” उहाँले भन्नुभयो

प्रहरीको पोसाकले परिचय दिए जस्तै आचरणले नेपाल प्रहरीको परिचय बनाउने उहाँको भनाइ थियो । “प्रहरीको यो पदले अधिकार दिन्छ, चरित्रले उक्त अधिकारलाई वैधता दिन्छ । त्यसैले, पदीय मर्यादा, व्यावसायिक निष्ठा, इमानदारिता र अनुशासनमा कुनै सम्झौता गर्नुहुने छैन,” उहाँले भन्नुभयो ।

महानिरीक्षक कार्कीले तालिम समापन भए पनि प्रहरी अधिकृतका रूपमा वास्तविक परीक्षा सुरु हुने उल्लेख गर्नुभयो ।

प्रहरी निरीक्षकको पद केवल एउटा दर्जा मात्रै नभई यो निर्णय गर्ने सामथ्र्य र उत्तरदायित्व बहन गर्ने योग्यताको महत्वपूर्ण परीक्षा भएको उहाँको भनाइ थियो ।

उहाँले सेवाका क्रममा भय, प्रलोभन, माया र द्वेषभावबाट मुक्त भई प्रस्तुत हुन निर्देशन दिँदै यो नै प्रहरी सेवाको मूल नैतिक आधार भएको बताउनुभयो ।

समारोहका प्रमुख अतिथि प्रधानमन्त्री वालेन्द्र शाहले सर्वोत्कृष्ट प्रशिक्षार्थी चोपबहादुर डेँगालाई कुलानन्द विद्या पुरस्कार प्रदान गर्नुभयो ।

प्रशिक्षार्थीले प्रधानमन्त्रीको सम्मानमा कार्यक्षेत्र प्रवेश कवाज प्रदर्शन गरेका थिए । साथै नेपाल सङ्गीत विद्यालयद्वारा साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो ।

नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार वितरण गर्नुभयो ।

पुरस्कृत हुनेमा प्रहरी निरीक्षक चोपबहादुर डेंगा (अध्ययन विधा), गोपाल राई (शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धि), रामकुमार जिटी (प्रहरी युक्ति तथा कारबाही), विकासकुमार धामी (चाँदमारी), विशाल पौडेल (सर्वतृतीय) र बालकृष्ण पोख्रेल (सर्वद्वितीय) हुनुहुन्थ्यो ।

दीक्षित हुने प्रहरी निरीक्षकहरूलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले शपथ खुवाउनुभएको थियो ।

प्रशिक्षार्थीले धार्मिक ग्रन्थ स्पर्श गरी शपथ ग्रहण गरेका थिए । प्रतिष्ठानका प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

त्यस अवसरमा ७९ जना प्रहरी निरीक्षक दीक्षित हुनुभयो ।

  • काठमाडौँ
  • नेपाल प्रहरी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    जोखिमयुक्त नदी किनारका बस्ती सुरक्षित गर्न आग्रह

  • Post Thumbnail

    पाथीभरा मन्दिरमा गुप्त सतचण्डी पाठपारायण

  • दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

    दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

  • हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना

    हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २६ गते सोमबार

    २०८३ असोज २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    जोखिमयुक्त नदी किनारका बस्ती सुरक्षित गर्न आग्रह

    Post Thumbnail

    टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

    Post Thumbnail

    किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा

    Post Thumbnail

    पाथीभरा मन्दिरमा गुप्त सतचण्डी पाठपारायण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution