Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

स्थानीय बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका छन् । याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले दूध बिक्रीका आधारमा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको सहकारीका अध्यक्ष काशीनाथ भट्टराईले जानकारी दिनुभयो ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार (२ घण्टा अघि)
Post Thumbnail

दमौली (तनहुँ), २६ असोजः स्थानीय बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका छन् । याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले दूध बिक्रीका आधारमा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको सहकारीका अध्यक्ष काशीनाथ भट्टराईले जानकारी दिनुभयो ।

सहकारीमार्फत गत आर्थिक वर्षमा सबैभन्दा बढी दूध बिक्री गर्ने नमुना गाई फार्मका सञ्चालक पुष्पराज पौडेल प्रथम हुनुभएको छ । उहाँले ८९ हजार एक सय २८ लिटर दूध बिक्री गर्नुभएको छ ।

त्यसैगरी ५१ हजार आठ सय १२ लिटर दूध बिक्री गर्ने व्यावसायिक किसान काशीनाथ भट्टराई दोस्रो तथा ४४ हजार चार सय ४४ लिटर दूध बिक्री गर्ने सुरज घिमिरे तेस्रो हुनुभएको छ ।

त्यस्तै छविलाल घिमिरे चौथो, कमला पन्थ पाँचौँ, हरिप्रसाद भट्टराई छैटौँ र ओमप्रसाद लामिछाने सातौँ स्थान प्राप्त गरी पुरस्कृत हुनुभयो । त्यस्तै इन्दिरा भट्टराई आठौँ, ऋषिराम भट्टराई नवौँ र रामनाथ भट्टराईले दसौं स्थान प्राप्त गर्नुभएको थियो ।

यसैगरी मुना न्यौपाने एघारौँ, सानुमाया सुनार बाह्रौँ, टकराज लामिछाने तेह्राँै, इन्दिरा घिमिरे चौधौँ तथा १८ हजार एक सय ८४ लिटर दूध उत्पादन गर्ने ओमप्रकाश गुरुङले पन्ध्राँै स्थान प्राप्त गरी पुरस्कृत हुनुभयो ।

उहाँहरुलाई रु तीन हजारदेखि ११ हजारसम्म नगद पुरस्कार प्रदान गरिएको सहकारीका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । सहकारीले गत आर्थिक वर्षमा १४ लाख लिटरभन्दा बढी दूध बिक्री गरी रु १७ करोड बढीको कारोबार गरेको थियो ।

पशुपालनको क्षेत्रमा महत्वपूर्ण केन्द्रका रूपमा परिचित याम्पाफाँटका किसान लामो समयदेखि व्यावसायिक पशुपालनमा सक्रिय छन् । दुग्ध उत्पादनलाई आम्दानीको प्रमुख माध्यम बनाउँदै आएका यहाँका किसानले स्थानीय अर्थतन्त्र र कृषि उद्यमको विकासमा योगदान पु¥याउँदै आएका छन् ।

  • तनहुँ
  • दमौली
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य

  • Post Thumbnail

    कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन

  • Post Thumbnail

    सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

  • Post Thumbnail

    उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    थारू बस्तीमा हुर्डुङग्वा नाचको रौनक

    थारू बस्तीमा हुर्डुङग्वा नाचको रौनक

    ज्येष्ठ पत्रकारका लागि निवृत्तिभरण वितरण सुरु

    ज्येष्ठ पत्रकारका लागि निवृत्तिभरण वितरण सुरु

    Post Thumbnail

    दीक्षान्त समारोह–महानिरीक्षक कार्की

    Post Thumbnail

    आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution