Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भक्तपुर

भक्तपुरमा नवरात्रि मेला

घटस्थापनाका दिन रातिदेखि यहाँका विभिन्न शक्ति पीठहरुमा लाग्ने नौराते अर्थात् नवरात्रि मेला सुरु भएको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार (२ घण्टा अघि)
Post Thumbnail

भक्तपुर, २६ असोजः घटस्थापनाका दिन रातिदेखि यहाँका विभिन्न शक्ति पीठहरुमा लाग्ने नौराते अर्थात् नवरात्रि मेला सुरु भएको छ ।

आश्विन शुक्ल प्रतिपदाको दिन गएरातिदेखि ब्रह्मायणी मन्दिरमा नवरात्रि मेला सुरु भएको छ । मेला भर्न रातभरि दर्शनार्थीहरुले ब्रह्मायणीमा गएर मेला भरेका छन् । भक्तपुरका नौ वटा शक्ति पीठमा नौ दिनसम्म राति मेला लाग्ने गर्दछ ।

घटस्थापनाको दिन राति–रातिदेखि सुरु हुने यो मेलामा यहाँका विभिन्न नौ शक्ति पीठमा नवरात्री मेला भर्ने गरिन्छ । रातको समयमा यहाँका बासिन्दाले टोलटोलबाट बाँसुरी, धिमे बाजाहरुका बजाउँदै शक्तिपीठहरुमा गएर पूजा गर्ने र मेला भर्ने गर्दछन् । टोलटोलबाट स्थानीयवासी विभिन्न बाजागाजासहित मन्दिरमा गएर पूजा गर्ने परम्रपरा रहेको छ ।

नवरात्रि मेलाको पहिलो दिन ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दसैँको नवरात्रि समापन गर्ने प्रचलन रहेको भक्तपुरका संस्कृतिविद् प्रकाशचन्द्र धौभडेलले जानकारी दिनुभयो ।

नवमीको दिन राति महिषासुरु दैत्यको प्रतीकका रुपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवन गराई पूजा गरेको खमये (राँगो) लाई दौडाउँदै ब्रह्मायणी मन्दिरमा पुर्याएर बलि दिने प्रचलन रहेको छ । नवमीको दिन रातिभरि र दशमीको दिनभरि ब्रह्मायणी मन्दिरमा हजारौँको भीडमा ठूलो मेला लाग्ने गर्दछ ।

त्यसको भोलिपल्ट राति भक्तपुर दरबार स्क्वायरबाट तलेजु भवानीको वाहन सेतो घोडा पायो जात्रा अर्थात् खड्ग जात्रा गरी नगर परिक्रमा गर्ने गरिन्छ । स्थानीयले यसलाई पायो न्ह्याकेगू जात्रा पनि भन्ने गर्दछन् ।

दसैँमा मनाइने जात्रा नवदुर्गाको उत्पत्तिसँग सम्बन्धित रहेको संस्कृतिविद् धौभडेल बताउनुहुन्छ । नवदुर्गाका नौ स्वरुप जीवित हुने परम्पराका रुपमा नौराते अर्थात् नवरात्रि जात्रा चलिआएको उहाँको भनाइ छ । यसअघि मृत्युवरण गरेका नवदुर्गा गण दसैँ सुरु भएसँगै जीवित हुने विश्वास गरिने उहाँले जानकारी दिनुभयो । उहाँले यो जात्रालाई असत्यमाथि सत्यको विजयका रुपमा मनाउने गरेको बताउनुभयो ।

  • बारा
  • भक्तपुर
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

  • Post Thumbnail

    अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो

  • Post Thumbnail

    बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए

  • Post Thumbnail

    नवरात्र प्रारम्भः खुल्यो त्रिशूली मन्दिर

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना

    Post Thumbnail

    नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा गौतम

    Post Thumbnail

    पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छः प्रधानमन्त्री शाह

    Post Thumbnail

    धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution