
काठमाडौँ, २६ असोजः बूढानीलकण्ठस्थित बालउद्धार माध्यमिक विद्यालयका प्राचार्य विनोद पण्डितमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय निशान दाहाल र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष ध्रुव घिमिरे छन् । उनीहरूलाई आइतबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाले जानकारी दिनुभयो ।
विद्यालयमा विद्यार्थी भर्नासम्बन्धी विवादका क्रममा प्राचार्य पण्डितमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । भर्नासम्बन्धी विषयमा प्राचार्यले म्याद सकिएको जवाफ दिएपछि विवाद उत्पन्न भएको बताइएको छ ।
विद्यालयको प्राङ्गढमा नै प्राचार्यमाथि कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो । सार्वजनिक भिडियोमा एक युवकले प्राचार्य पण्डितसँग विवाद गर्दै कुरा नमिलेपछि मुक्का र लात्ती प्रहार गरेको देखिन्छ । सो घटनालाई शिक्षा तथा खेलकुद मन्त्रालयले गम्भीर रूपमा लिएको थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |