Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनामध्ये तीन जनाको आज साँझ अन्त्येष्टि गरिएको छ ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २५, आईतबार (२ घण्टा अघि)
Post Thumbnail

कास्की, २५ असोजः पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनामध्ये तीन जनाको आज साँझ अन्त्येष्टि गरिएको छ । यसैगरी गम्भीर घाइते एक जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका इङलिस बोर्डिङ स्कुलको ग२ख १४१७ नम्बरको बस दुर्घटनामा चार विद्यार्थी र एक अन्य व्यक्तिको मृत्यु भएको थियो ।

विद्यालयले मृतकका परिवारलाई राहत रकम उपलब्ध गराउने र घाइतेको उपचार खर्च बेहोर्ने सहमति गरेपछि मृतक विद्यार्थी ममता तिवारी, असिम कँडेल र शुभेच्छा तिवारीको शव परीक्षणपछि आइतबार साँझ ७ः०० बजेपछि पोखराको सेती नदी किनारस्थित रामघाटमा अन्त्येष्टि गरिएको पोखरा–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा भएको पीडित पक्ष र विद्यालय सञ्चालकबीचको वार्तामा विद्यालयले मृतकका परिवारलाई जनही रु तीन लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराउने सहमति भएको उहाँले बताउनुभयो ।

मृतकका परिवारले बिमाबापतको रकमसमेत प्राप्त गर्नेछन् भने विद्यालयले दुर्घटनामा घाइते भएकाहरूको उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने सहमति भएको छ ।

“जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा सहमति भएपछि पीडित परिवारले शव बुझेर तीन जनाको आइतबार साँझ अन्त्येष्टि गरेका छन् । बाँकी दुई जनाका परिवारका सदस्य विदेशबाट आउँदै गरेकाले उनीहरूको अन्त्येष्टि अर्को दिन गरिनेछ”, वडाध्यक्ष लामिछानेले भन्नुभयो । उहाँका अनुसार दुर्घटनामा मृत्यु भएकी विद्यार्थी रुमिका नेपालीका बुबा विदेशबाट आउँदै हुनुहुन्छ भने बाबुराम तिवारीका छोरा पनि देश बाहिर हुनुहुन्छ ।

यसैबीच, दुर्घटनामा गम्भीर घाइते भएकी १६ वर्षीया अस्मी कँडेललाई थप उपचारका लागि आइतबार साँझ ४ः४५ बजे हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग समन्वय गरी मुस्ताङ एयरको हेलिकप्टरबाट उहाँलाई काठमाडौँस्थित बिएण्डबी अस्पताल पठाएको प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकामध्ये सात विद्यार्थीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने उपचारपछि तीन जना घर फर्किएका छन् । यस्तै, गण्डकी मेडिकल कलेजमा तीन जनाको उपचार भइरहेको छ ।

  • काठमाडौँ
  • कास्की
  • मुस्ताङ
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया

    एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया

  • Post Thumbnail

    दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

  • Post Thumbnail

    पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

  • Post Thumbnail

    बाढी प्रभावितको मानसिक स्वास्थ्यमा ध्यान दिन जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन

    Post Thumbnail

    कांग्रेस उपसभापतिमा भण्डारी र आचार्य विजयी

    Post Thumbnail

    बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति

    सुदूरपश्चिम खेलको उर्वर भूमि होः मुख्यमन्त्री भट्ट

    सुदूरपश्चिम खेलको उर्वर भूमि होः मुख्यमन्त्री भट्ट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution