Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
महोत्तरी

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँदैछ । महोत्तरीसहितका मिथिला क्षेत्रमा दशहरा (शारदीय नवरात्र) भनिने यो पर्वले जताततै चहलपहल बढाएको छ ।
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २५, आईतबार (२ घण्टा अघि)
Post Thumbnail

महोत्तरी, २५ असोजः चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँदैछ । महोत्तरीसहितका मिथिला क्षेत्रमा दशहरा (शारदीय नवरात्र) भनिने यो पर्वले जताततै चहलपहल बढाएको छ ।

आज शारदीय नवरात्र (दशहरा)को घटस्थापना विधिका लागि देवी शक्तिपीठ, दुर्गा प्रतिमा निर्माणस्थल र घरघरैजसो देवी आराधनाका मङ्गलधून मिथिला क्षेत्रमा बज्न थालेका छन् । मैथिल जनबोलीमा ‘दशहरा’ भनिने बडादसैँ पर्वको पहिलो दिन नै मिथिला क्षेत्रमा देवी दुर्गाका महिमा गानका भजन गुञ्जन थालेका छन् ।

देवी दुर्गाको आराधना गरिने मिथिलामा दुई नवरात्र प्रचलनमा छन् । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मको नवरात्रलाई शारदीय र चैत शुक्ल प्रतिपदादेखि नवमीसम्मलाई वासन्ती नवरात्र भनिने गरिएको छ । वर्षमा दुई नवरात्रको परम्परा भए पनि मिथिला क्षेत्रमा ‘दशहरा’ शारदीय नवरात्रलाई नै भनिने गरिएको मैथिली संस्कृतिविद् जलेश्वर–५ पतैलीका बासिन्दा अवकासप्राप्त सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

शारदीय नवरात्रको पहिलो दिन आज आइतबार मिथिला क्षेत्रका प्रसिद्ध देवी शक्तिपीठ र मन्दिरमा दशहारा पर्वको घटस्थापना गर्न एकाबिहानैदेखि पवित्र जलाशयबाट जल ल्याउन कलशयात्राको तयारी छ । कन्या कुमारीहरू (अविवाहित किशोरी)ले आज धार्मिक महत्वका नदी र तलाउबाट नयाँ घडामा भरेर ल्याएका पूर्ण कलशको जलले देवी प्रतिमा र मन्दिर परिसर सिञ्चित गर्दै सोही जलको कलश स्थापना गरेर घटस्थापना विधि सम्पन्न गरिने मिथिला परम्परा छ ।

यस क्रममा महोत्तरीका प्रसिद्घ देवी शक्तिपीठ औरही–७ भोइलस्थित सोनासती (सोनामाई) स्थान, बर्दिबास–४ स्थित पञ्चधुरा माईस्थान, जलेश्वर–१ स्थित सन्सारी माई र राजदेवी मन्दिरमा एक हजार आठ कन्याले रातु नदी र लक्ष्मीसागर, पुरन्दर, वरुण, ध्रुवकुण्ड एवं भार्गवसरलगायतका धार्मिक महत्वका तलाउबाट नयाँ शुुद्ध घडामा भरेका पवित्र जल कलशयात्रासहित मन्दिर परिसरमा पुर्याउँदैछन् । सामान्यतया नवरात्र प्रतिपदादेखि नवमीसम्म नौ दिन हुने भए पनि यसपालि तिथिको घटबढले १० दिनको छ । आज सुरु नवरात्र आउने कात्तिक ३ गते मङ्गलबारसम्म रहने मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चा¬ङ्गमा उल्लेख छ । मिथिला क्षेत्रमा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गकै आधारमा चाडपर्व, लग्न र मुहूर्त पहिल्याउने चलन छ ।

यसबाहेक पर्वविशेषमा यस क्षेत्रका विभिन्न ठाउँमा बनाइएका देवी प्रतिमास्थलमा पनि आज कलशयात्रासँगै घटस्थापना सम्पन्न गरिँदै छ । आजै मन्दिरमा जौँ, तिल, गहुँ, धान, मकैसहितको जमरा राखिने छ । महोत्तरीमा नवरात्रको दुर्गामेला ४० ठाउँमा आयोजित छन् । जसमा सोनामाई, जलेश्वर, मटिहानी, रामगोपालपुर, गौशाला र सीतापुरबजारका विशेष मानिन्छन् ।

पर्वका अवसरमा मिथिलाका गाउँ÷नगर बस्तीका कैयौँ ठाउँमा देवी प्रतिमा बनाइएका छन् । खासमा मधेस प्रदेशका मिथिला क्षेत्रमा महोत्तरीका पञ्चधुरा माई, सोनामाई, सप्तरी जिल्लाका सकरा भगवती, कङ्कालिनी माई, छिन्नमस्ता, जनकपुरस्थित राजदेवी मन्दिर (परापूर्वमा राजा जनकले पूजापाठ गर्ने कूलदेवी मानिएको) र बारा जिल्लाको गढीमाई मन्दिर प्रसिद्ध शक्तिपीठका रूपमा पूजित छन् ।

मैथिल हिन्दू परम्परामा घरघरै देवी दुर्गाको पूजाअर्चना गरिने र चण्डी पाठ गरिने परम्परा छ । दशहरा प्रारम्भसँगै महोत्तरीका गाउँ÷नगर बस्तीमा धमाधम लिङ्गे पिङ गाड्ने तयारीमा युवापुस्ता लागेका छन् ।

दशहरा पर्वमा ‘दुर्गा मेला’ आयोजन गरिने मैथिल परम्परा छ । यसअनुसार बस्तीबस्तीमा देवी दुर्गाका प्रतिमा बनाइएर उत्सवमय रूपमा ‘दुर्गा मेला’को आयोजना गरिँदै छ । नवरात्र अवधिमा क्रमशः देवी दुर्गाका नौ रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुश्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको आराधना क्रमशः प्रतिपदा (घटस्थापना)का दिनदेखि नवमीसम्म गरिन्छ । दशमीका दिन देवी पूजन विसर्जन गरेर प्रसादस्वरुप जमरा लगाएर मैथिल परम्पराको शारदीय नवरात्र सम्पन्न गरिन्छ ।

पर्वका अवसरमा महोत्तरीमा सुरक्षा प्रबन्धका लागि जिल्ला सुरक्षा समितिले एकीकृत सुरक्षा योजना लागू गरेको छ । यसअन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित एक हजार ३३१ सुरक्षाकर्मी परिचालित गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभएको छ ।

असत्यमाथि सत्यको विजयको प्रतीक मानिने यसै पर्वअवधिमा देवी दुर्गाले चण्ड–मुण्ड, शुम्भ–निशुम्भ र महिषासुरसहितका राक्षसको संहार गर्नुभएको देवीभागवतमा वर्णित छ । यस अवधिमा देवी दुर्गाको उपासनाले मन, वचन र कर्ममा शुद्धता आउने र सधैँ सत्कर्म, सद्विचार र सद्आचरणमा प्रवृत हुइने हिन्दू मैथिल जनविश्वास छ ।

  • नेपाल प्रहरी
  • बारा
  • महोत्तरी
  • सप्तरी
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

  • सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

    सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

  • ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

  • Post Thumbnail

    दुई कलाकारका एकल चित्रकला प्रदर्शनी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

    Post Thumbnail

    नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै

    Post Thumbnail

    मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution