Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खोटाङ

खोटाङ्गेको सामूहिक प्रयासः स्वाद र स्वास्थ्यका लागि ‘रैथाने खाजा’ घर सञ्चालन

सामाजिक, राजनीतिक, शैक्षिक तथा पत्रकारिताका क्षेत्रमा क्रियाशील खोटाङ्गे युवाले सामूहिक लगानी गरेर दिक्तेल बजारमा ‘रैथाने खाजा’ घर सञ्चालनमा ल्याएका छन् ।
रासस ४०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २४, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

खोटाङ, २४ असोज : सामाजिक, राजनीतिक, शैक्षिक तथा पत्रकारिताका क्षेत्रमा क्रियाशील खोटाङ्गे युवाले सामूहिक लगानी गरेर दिक्तेल बजारमा ‘रैथाने खाजा’ घर सञ्चालनमा ल्याएका छन् । सालपा कृषि कम्पनी प्रालि खोटाङमा आबद्ध युवाले ‘स्वाद र स्वास्थ्यका लागि रैथाने खाजा’ नारा दिएर जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित किरातचोकमा रैथाने खाजा घर सञ्चालनमा ल्याएका हुन् ।

आयातीत खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेकाले रैथाने खाजा घर सञ्चालन गरिएको सालपा कृषि कम्पनी प्रालिका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो । “आयातीत खाद्यान्न तथा दैनिक उपभोग्यवस्तुको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ । यसलाई निरुत्साहित गर्दै पुस्तौँदेखि हाम्रा पुर्खाले उपभोग गर्दै आएको खानेकुरालाई गाउँघरकै स्वादमा पस्कन कोसिस गरेका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो यो प्रयासले सचेत ग्राहकको रैथाने स्वादप्रतिको रुचिलाई सम्बोधनमात्र नगरी मन्द विषका रूपमा युवा एवं केटाकेटीमा देखिएको आयातीत खानेकुराप्रतिको आकर्षणलाई कम गर्न उल्लेख्य योगदान गर्ने विश्वास लिएका छौँ । दिक्तेल बजारमा स्थापना गरिएको रैथाने खाजालाई राजधानी काठमाडौँलगायत सहरमा विस्तार गर्ने योजना छ ।”

‘हरेक बार, फरक परिकार’ नारा दिएर सुरुआत गरिएको रैथाने खाजा घरमा मकै, कोदो तथा फापरको डाम्रेरोटी, चामलको पिठोको सेलरोटी, चाम्रे, फाल्गी मकै, भुटेको मकै–भटमास, गुन्द्रुक–किनीमा, ढिँडो, मकैको ठेप्ले तथा च्याँख्ले भातलगायत परिकार पाउने जनाइएको छ ।

यस्तै, शनिबार र आइतबार रक्ति हालेको सुँगुरको मासुमा याङमेन र रैथाने कुखुराको वाचिपा, सोमबार र मङ्गलबार नेवारी खाजा र राँगाको भुटन, बुधबार र बिहीबार हाँडीको पक्कु र भुटेको मासु तथा शुक्रबार र शनिबार सुँगुरको मेखे, माछा तारेको र कुखुराको पाङ्ग्रा साँधेको उपलब्ध हुने रैथाने खाजा घर सञ्चालन समिति संयोजक लालबहादुर मगर ‘एलबी’ले जानकारी दिनुभएको छ ।

प्राङ्गारिक खेती प्रणाली तथा रैथाने प्रजातिका बालीनाली लोप हुँदै गएका अवस्थामा सालपा कृषि कम्पनी प्रालि खोटाङले यसअघि दिक्तेलबजारमा रैथाने कृषि मार्टसमेत सञ्चालनमा ल्याएको छ । स्थानीय कृषकलाई जैविक एवं प्राङ्गारिक खेती प्रणालीसँग सम्बन्धित आवश्यक बीउ, प्रविधि, सीप तथा औजार उपलब्ध गराउँदै कृषकको उत्पादनदेखि विश्व बजारसम्मको पहुँच स्थापनामा सहजीकरण गर्ने उद्देश्यसहित सालपा कृषि कम्पनीले दिक्तेलबजारमा कृषि मार्ट सञ्चालनमा ल्याएको हो ।

युवा जनशक्तिको पलायन, जनसङ्ख्या वृद्धिदरमा कमी, बसाइँसराइ तथा कृषिउपजले बजारको पहुँच प्राप्त गर्न नसक्दा खेतबारी बाँझिनेक्रम बढ्नुका साथै आयातीत खाद्यान्नमा निर्भरता बढ्दै गएकाले त्यसलाई निराकरण गर्न सामूहिक प्रयास गरिएको कम्पनीका व्यवस्थापक देवकुमार राईले जानकारी दिनुभएको छ । “कृषकले उत्पादन गरेका जुनसुकै कृषिउपज पनि हामी खरिद गरिदिन्छौँ । कृषकले बजार छैन भनेर हतोत्साहित हुनु पर्दैन”, उहाँले भन्नुभयो, “कृषकले उत्पादन गरेका कृषिउपज सहरबजारदेखि विदेशसमेत निर्‍यात गर्दै आएका छौँ । दिक्तेलबजारमा सञ्चालन गरिएको कृषि मार्टलाई निकट भविष्यमै राजधानी काठमाडौँलगायत सहरमा विस्तार गर्ने योजना छ ।”

गत वैशाख २ गते औपचारिक उद्घाटन गरिएको रैथाने कृषि मार्टमा लेकाली सिमी, कालो दाल, सेतो ड्वाङ्गे दाल, लेकाली मकै, भटमास, सातु, कागुनो, नफलेको (ब्राउन) स्थानीय अटेमार्सी चामल, फलेको अटेमार्सी चामल, मकैको च्याख्ला, जुवाइँ कोदोको पिठो, फापरको पिठो, कालो गहत, खैरो गहत, गुन्द्रुक, पिँडालुको सिम्टा र भुजुरी, जौ, आलुको मस्यौरा, रावाखोलाको असला माछाको सुकुटी, तिल, बदाम, सुकेको अकबरे खुर्सानी, सुकेको जिरे खुर्सानी, बेसार, स्थानी तोरीको तेल, उसिनेको लेकाली मकै, घ्यु, मेहेलको सर्वत्, सखर, जुनेलोलगायत कृषिउपज बिक्रीका लागि राखिएको छ । बीउबिजनमा भटमास, जुवाइँ कोदो, लेकाली सिमी, मकै, जौ, कागुनो, जुनेलो, गहतहरू, दालहरू, मुला, गाँजर, गोलभेँडा, प्याज, लसुन, धनियाँ, रायोसागलगायत कृषिउपज उपलब्ध रहेको भण्डारण तथा सङ्कलन शाखा प्रमुख भीम राईले जानकारी दिनुभएको छ ।

कृषिजन्य सामग्री उत्पादन, प्रवर्द्धन र बजारीकरणका लागि रैथाने तथा गुणस्तरीय बीउबिजन, मल, सीप औजार र प्रविधिसम्बन्धी किसानसँग सहकार्य गरेर दीगो कृषि विकासका लागि विभिन्न कार्यक्रम तथा योजना सञ्चालन गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

यस्तै, कृषिजन्य वस्तुको सङ्कलन, प्रशोधन र प्याकेजिङ गरी गुणस्तयुक्त उत्पादन बजारमा पुर्‍याउन, स्थानीय कृषिउपजका बीउबिजन सङ्कलन, संरक्षण गर्ने तथा जैविक अर्गानिक कृषि उत्पादनलाई सुरक्षित भण्डारण तथा चिस्यान केन्द्र व्यवस्थापन गरी बिक्रीवितरण गर्ने, कृषक र कृषक समूहको कृषि उत्पादन खरिद गरी बजारीकरण गर्ने, रैथाने कृषि उत्पादनलाई स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्मको पहुँच विस्तार गर्ने जनाइएको छ ।

जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्दै आएका १५ जना व्यक्तिको शेयर लगानीमा स्थापना गरिएको कृषि कम्पनीले सरकारी तथा गैरसरकारी कार्यालय, सहकारी संस्था, किसान समूह, बैंक तथा वित्तिय संस्था र उद्देश्य मिल्ने अन्य व्यवसायीसँग साझेदारी र सहकार्य गर्ने, वातावरणमैत्री प्रविधि, जैविकखेती र दिगो कृषि अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ ।

यस्तै, स्थानीय प्रविधिको नवप्रर्वतन, अध्ययन, अनुसन्धान र प्रयोगमार्फत उत्पादन प्रणालीमा सुधार गर्ने, कृषि फार्म, कृषि पर्यटन, कृषि उद्योग, कृषिउपज बिक्री केन्द्र र तालिम तथा प्रशिक्षण सञ्चालन गर्ने, पशुपालन, पशुजन्य उत्पादन तथा प्रशोधन, प्याकेजिङ र बजारीकरण गर्ने कम्पनीले जनाएको छ ।

प्रतिव्यक्ति रु दुई लाखका दरले शेयर रकम जम्मा गर्नेगरी स्थापना गरिएको सालपा कृषि कम्पनीमा ६० जना युवा आबद्ध भइसकेका छन् । शेयर सदस्य आफैँ खट्नेगरी स्थापना गरिएको रैथाने कृषि मार्ट र रैथाने खाजा घरमा सात जना पूर्णकालीन कर्मचारीसमेत नियुक्त गरिएको छ ।

  • काठमाडौँ
  • खोटाङ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

  • Post Thumbnail

    आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

  • विभिन्न विधाका फोटो पत्रकार सम्मानित

    विभिन्न विधाका फोटो पत्रकार सम्मानित

  • Post Thumbnail

    दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन

    Post Thumbnail

    दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

    धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता

    धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता

    Post Thumbnail

    बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution