Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

विभिन्न विधाका फोटो पत्रकार सम्मानित

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारणसभाले फोटो पत्रकारिताको व्यावसायिक विकास, पेसागत सुरक्षा, तस्बिरको प्रतिलिपि अधिकार संरक्षण तथा फोटोको रोयल्टी सुनिश्चित गर्न पहल गर्नुपर्नेमा जोड दिएको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २४, शनिबार (२ घण्टा अघि)
विभिन्न विधाका फोटो पत्रकार सम्मानित

काठमाडौँ, २४ (रासस) : राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारणसभाले फोटो पत्रकारिताको व्यावसायिक विकास, पेसागत सुरक्षा, तस्बिरको प्रतिलिपि अधिकार संरक्षण तथा फोटोको रोयल्टी सुनिश्चित गर्न पहल गर्नुपर्नेमा जोड दिएको छ । आज यहाँ सम्पन्न साधारणसभाले संस्थालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउँदै फोटो पत्रकारको हकहित संरक्षण र क्षमता अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेको हो ।

साधारणसभामा अध्यक्ष प्रदीपराज वन्तले प्रस्तुत गरेको अध्यक्षीय प्रतिवेदनमा फोटो पत्रकारिताको व्यावसायिक विकाससँगै पेसागत सुरक्षा, तस्बिरको उचित मूल्य, प्रतिलिपि अधिकारको संरक्षण र ऐतिहासिक तस्बिरको अभिलेखीकरणलाई प्रमुख मुद्दाका रूपमा उठाइएको छ । साधारणसभामा सहभागी पूर्वअध्यक्ष मीनरत्न बज्राचार्यले फोटो पत्रकारिताको व्यावसायिक विकाससँगै तस्बिरको संरक्षण र उचित प्रयोगमा ध्यान दिनुपर्ने बताउनुभयो । फोटो पत्रकारिताका विद्यमान चुनौती सामना गर्न संस्थागत पहल आवश्यक रहेको उहाँको भनाइ थियो ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालका विकास रौनियारले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढिरहेको अवस्थामा फोटो पत्रकारितामा यसको प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने धारणा राख्नुभयो । साधारणसभामा महासचिव घनश्याम श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सङ्गठन विस्तार, क्षमता अभिवृद्धि, अन्तरराष्ट्रिय सहकार्य तथा फोटो पत्रकारहरूको पेसागत हकहित संरक्षणका क्षेत्रमा भएका गतिविधिबारे जानकारी गराउनुभयो ।

फोटो पत्रकार सम्मानित

साधारणसभाको अवसरमा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ पाँच विधामा प्रदान गरिएको छ । साहसिक विधामा अनुप प्रधान, पर्यावरण–पर्यटन विधामा तनहुँका सागर गिरी, मनोरञ्जन विधामा वद्री थापा, सांस्कृतिक विधामा प्रकाश गोपाली र खेलकुद विधामा पोखराका वसन्त शेर्पा सम्मानित हुनुभएको छ ।

पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाद्वारा स्थापित ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार–२०८३’ हरिश सिंह नगाललाई नगद रु पाँच हजारसहित प्रदान गरिएको छ । ‘एनएफपिजे प्रेसिडेन्ट अवार्ड–२०८३’ संस्थाका सदस्य रामशरण महर्जन ‘अजय’लाई प्रदान गरिएको छ भने उत्कृष्ट शाखाका रूपमा रामेछाप शाखालाई सम्मान गरिएको छ ।

अन्तरराष्ट्रिय फोटोग्राफी समिट

अध्यक्ष वन्तले आगामी वैशाख १३ गते नेपालमा अन्तरराष्ट्रिय फोटोग्राफी समिट आयोजना गर्ने घोषणा गर्नुभएको छ । समिटमा विश्वका विभिन्न देश तथा एसियाबाट करिब १०० जना फोटो पत्रकार र फोटोग्राफरलाई आमन्त्रण गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो ।

विश्व फोटोग्राफी तथा फोटो पत्रकारितामार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्नु समिटको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो । नेपालको हिमाल, वनजंगल, वातावरण, वन्यजन्तु तथा सांस्कृतिक सम्पदालाई अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने लक्ष्यसमेत समिटले राखेको छ ।

  • काठमाडौँ
  • तनहुँ
  • रामेछाप
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

  • Post Thumbnail

    खोटाङ्गेको सामूहिक प्रयासः स्वाद र स्वास्थ्यका लागि ‘रैथाने खाजा’ घर सञ्चालन

  • Post Thumbnail

    आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

  • Post Thumbnail

    दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

    धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता

    धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता

    Post Thumbnail

    बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

    Post Thumbnail

    खोटाङ्गेको सामूहिक प्रयासः स्वाद र स्वास्थ्यका लागि ‘रैथाने खाजा’ घर सञ्चालन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution