Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बागलुङ

निसीखोलामा बाढीपहिरोबाट रु १० करोडको क्षति

बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै रु १० करोडको क्षति पुगेको छ । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाले गाउँपालिकाले ठूलो धनजनको क्षति व्यहोर्नु परेको हो ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २४, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

बागलुङ, २४ असोजः बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै रु १० करोडको क्षति पुगेको छ । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाले गाउँपालिकाले ठूलो धनजनको क्षति व्यहोर्नु परेको हो ।

अविरल वर्षासँगै आएको बाढीपहिरोले बागलुङको निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ भने करिब रु १० करोड बराबरको भौतिक क्षति पु¥याएको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरले बताउनुभयो ।

निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकैपरिवारका चार जनाको मृत्यु भएको छ । पहिरोमा परी श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश तथा निसान विकको ज्यान गएको हो । यस्तै निसीखोला–६ मा गोठ पुरिँदा गोठभित्र सुतिरहेका सुर्ज घर्तीमगरको मृत्यु भएको थियो ।

गाउँपालिका–४ स्थित कानाबगर र झिवाखोला बजारको केही भाग बगरमा परिणत भएको छ । मध्यपहाडी लोकमार्गको निसीखोला खण्डमा ठूलो क्षति बनाएको छ । झिवाखोला बजारको पुरानो बजार, हाडवर्यर, फर्निचर, किराना पसल तथा लिटिल रोज बोर्डिङसहित प्रहरी चौकीमा क्षति पु¥याएको छ ।

गाउँपालिकामा सडक पूर्वाधार, निजी आवास, विद्यालय तथा स्वास्थ्य चौकी भवन, खानेपानी, सिँचाइ, लघु विद्युत्, पुल र कृषि क्षेत्रमा ठूलो क्षति भएको छ । गाउँपालिका भरमा निसीखोलामा आएको बाढी र विभिन्न क्षेत्रमा खसेको पहिरोले रु नौ करोड ९२ लाख २९ हजार ९५० को भौतिक क्षति गराएको छ । सडक पूर्वाधारमा रु तीन करोड ४० लाख, भवन तथा आवासमा रु पाँच करोड ३० लाख, खानेपानीमा रु पाँच लाख १२ हजार, सिँचाइमा रु ३५ लाख ३८ हजार, विद्युत्मा रु ३७ लाख ४० हजार, झोलुङ्गे पुलमा रु २० लाख, कृषि क्षेत्रमा रु ३३ लाख २८ हजार नोक्सानी भएको छ ।

बाढीपहिरोले सडक पूर्वाधारमा क्षति पुर्याउँदा ग्रामीण क्षेत्रको जनजीवन नै प्रभावित बनाएको छ । कालोपत्र सडक, ढलान सडक, ग्याबिन पर्खाल र नालीमा क्षति पुगेको छ ।

  • बागलुङ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

  • विभिन्न विधाका फोटो पत्रकार सम्मानित

    विभिन्न विधाका फोटो पत्रकार सम्मानित

  • Post Thumbnail

    दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

  • Post Thumbnail

    वरिष्ठ मूर्तिकार कुमालेलाई मरणोपरान्त ‘ग्लोबल अवार्ड’ प्रदान गरिने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

    पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

    Post Thumbnail

    आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

    विभिन्न विधाका फोटो पत्रकार सम्मानित

    विभिन्न विधाका फोटो पत्रकार सम्मानित

    Post Thumbnail

    दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution