Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ललितपुर

वरिष्ठ मूर्तिकार कुमालेलाई मरणोपरान्त ‘ग्लोबल अवार्ड’ प्रदान गरिने

नेपाली परम्परागत मूर्तिकलाका वरिष्ठ कलाकार, नेपालका प्रथम ललितकला उपाधिप्राप्त कलाकार तथा ‘क्रोधकला शिरोमणि’ स्व कालु कुमालेलाई मरणोपरान्त ‘ग्लोबल अवार्ड’ प्रदान गरिने भएको छ ।
रासस १०२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २४, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

ललितपुर, २४ असोजः नेपाली परम्परागत मूर्तिकलाका वरिष्ठ कलाकार, नेपालका प्रथम ललितकला उपाधिप्राप्त कलाकार तथा ‘क्रोधकला शिरोमणि’ स्व कालु कुमालेलाई मरणोपरान्त ‘ग्लोबल अवार्ड’ प्रदान गरिने भएको छ ।

ललितपुरमा आज आयोजित कुमालेको श्रद्धाञ्जलीसभाका अवसरमा इन्फिनिटी सर्भिस संस्थाकातर्फबाट उक्त जानकारी दिइएको हो । कार्यक्रम आगामी नोभेम्बर १ तारिखमा हुनेछ ।

विसं १९९० जेठ २७ गते ललितपुरको ऐतिहासिक ओकुबाहलमा जन्मनुभएका कालु कुमालेको ९४ वर्षको उमेरमा यही असोज ६ गते निधन भएको थियो । स्वभावले अत्यन्त शान्त भए पनि रौद्ररूपी क्रोधमुद्राका मूर्ति निर्माणमा सिद्धहस्त उहाँले नेपाली परम्परागत मूर्तिकलालाई विश्वमञ्चमा चिनाउन ऐतिहासिक भूमिका निर्वाह गर्नुभएको थियो ।

विसं २०१८ मै उहाँका कलाकृति बेलायतस्थित विश्वप्रसिद्ध ‘भिक्टोरिया एण्ड अल्बर्ट म्युजियम’ मा पुगेका थिए । आफ्नो जीवनकालमा ६०० भन्दाबढी उत्कृष्ट मूर्ति सिर्जना गर्नुभएका उहाँका कलाकृति विश्वका ५५ भन्दाबढी राष्ट्रमा पुगेका छन् ।

कुमालेका सिर्जनामा चतुर्भुज भैरव, बाराही, गणेश भैरव, अष्टमातृकागण, वज्र तथा नागदेवताका विभिन्न प्रतिष्ठित मन्दिरमा स्थापित मूर्ति रहेका छन् । अर्घौं दरबारमा रहेको २१ फिट अग्लो भगवतीको मूर्ति र पाटन दरबार सङ्ग्रहालयमा रहेको साढे छ फिट अग्लो बाराही जोगिनीको मूर्ति उहाँका उत्कृष्ट कलाकृतिका रूपमा परिचित छन् । उहाँको कलात्मक उचाइको चर्चा गर्दै विसं २०३० मै विश्वविख्यात लेखकद्वय इयान इसप र जिल्लि काल्र्टनले त्रिभुवन विश्वविद्यालयबाट प्रकाशित मुखपत्रमा विशेष लेख प्रकाशन गर्नुभएको थियो ।

इन्ष्टिच्युट फर सोसियो एण्ड एनालासिस संस्थाद्वारा लिखित तथा २०७९ सालमा प्रकाशित उहाँको जीवनीमा आधारित पुस्तक ‘देउता बनाउने मान्छे’ उपराष्ट्रपति रामसहायप्रसाद यादवबाट विमोचन भएको थियो ।

स्व कुमालेको आत्मवृत्तान्त समेटिएको उक्त पुस्तकमा उहाँले निष्ठा, धैर्य र इमानदारीलाई सफलताको मूल मन्त्र मान्ने गरेको उल्लेख छ । “हातमा काम लिइ भगवान्को नाम जप्दै मर्न पाउनु, मानिसले आफ्ना कुकृत्य अरूबाट लुकाए पनि मनबाट कहिल्यै लुकाउन नसक्ने र मरेर लैजाने भनेको कुशल तथा अकुशल कर्म मात्र हो”, भन्ने जीवनदर्शन उहाँले अगाल्नुभएको थियो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, बागमती प्रदेश हस्तकला सङ्घ, नेपाल व्यावसायिक कलाकार सङ्घ, पाटन सङ्ग्रहालय विकास समिति, नेपाल कलापरिषद्, ज्यापू समाज ललितपुर र नेपाल सम्पदा सङ्घको संयुक्त आयोजनामा शोकसभा सम्पन्न भएको थियो । शोकसभामा स्व कुमालेको तस्वीरमा माल्यार्पण गर्नुका साथै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै मौनधारण गरिएको थियो ।

शोकसभामा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य आस्था, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी कुलपति एरिना ताम्राकार, कमर्शियल आर्टिस्ट एशोसिएसन नेपालका अध्यक्ष प्रेम श्रेष्ठ, पाटन सङ्ग्रहालयका कार्यकारी निर्देशक रमेशराज पौडेल, नेपाल सम्पदा सङ्घका अध्यक्ष धर्मराज शाक्य, ज्यापू समाज ललितपुरका अध्यक्ष सन्तमान महर्जन तथा स्व कुमालेका निकट सहयोगी एवं साइला छोरा मूर्तिकार राकेश अवालेले मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँहरूले वरिष्ठ मूर्तिकार कुमालेले नेपाली परम्परागत कला र धातु मूर्तिकलामा पु¥याउनुभएको अतुलनीय योगदानको स्मरण गर्नुभयो ।

कार्यक्रममा स्व कुमालेका छोरा राजेश अवाले तथा छोरीहरू पुनमाया र शोभासहित परिवारका सदस्य, बागमती प्रदेश हस्तकला सङ्घका अध्यक्ष नवीन शाक्य, ललितकलामा कार्यरत विभिन्न व्यक्तित्व, कलाप्रेमी तथा अन्य प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा लोककवि जकःमिले कुमालेको योगदानबारे नेपाल भाषामा कविता प्रस्तुत गर्नुभएको थियो ।

  • त्रिभुवन विश्वविद्यालय
  • बारा
  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

  • विभिन्न विधाका फोटो पत्रकार सम्मानित

    विभिन्न विधाका फोटो पत्रकार सम्मानित

  • Post Thumbnail

    दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

  • Post Thumbnail

    निसीखोलामा बाढीपहिरोबाट रु १० करोडको क्षति

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

    पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

    Post Thumbnail

    आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

    विभिन्न विधाका फोटो पत्रकार सम्मानित

    विभिन्न विधाका फोटो पत्रकार सम्मानित

    Post Thumbnail

    दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution