Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नारायणगढ

‘सरकारलाई काम गर्ने अवसर दिनुपर्छ’

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका साथ वर्तमान सरकारलाई काम गर्ने अवसर दिनुपर्ने बताउनुभएको छ ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २४, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

नारायणगढ (चितवन), २४ असोजः उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका साथ वर्तमान सरकारलाई काम गर्ने अवसर दिनुपर्ने बताउनुभएको छ ।

आज चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सरकारले केही सकारात्मक काम गरिरहेकाले सबैले सकारात्मक समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण तथा बन्द स्वदेशी उद्योग सञ्चालनमा ल्याउने विषयमा गरेका प्रयासलाई सकारात्मक रूपमा लिइएको उहाँले बताउनुभयो ।

अध्यक्ष घिसिङले सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा गरेका प्रयास सकारात्मक भए पनि सबै काम कानुनबमोजिम हुनुपर्नेमा जोड दिनुभयो । सरकारले जनताको दैनिक जीवनसँग जोडिएका समस्या पनि प्रभावकारी रूपमा समाधान गर्नुपर्ने उहाँको भनाइ छ । महँगी नियन्त्रण, कृषि क्षेत्रमा मल तथा बीउको सहज उपलब्धता र करसम्बन्धी निर्णयमा सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

विद्युत्, शिक्षा, स्वास्थ्य तथा राइड सेयरिङलगायत क्षेत्रमा थप कर लगाउन नहुने भन्दै अध्यक्ष घिसिङले जनतालाई प्रत्यक्ष प्रभाव पार्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । कानुन निर्माण गर्दा जनताको हित र देशका विभिन्न क्षेत्रमा सुधार गर्ने उद्देश्य राख्नुपर्ने उहाँको भनाइ छ ।

कानुन बनाउनु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उहाँले त्यसको कार्यान्वयन पनि उचित ढङ्गले हुनुपर्ने बताउनुभयो । विगतमा देखिएको निराशा अन्त्य भएर आशा जाग्ने जनअपेक्षा हालसम्म पूरा हुन नसकेको उहाँको भनाइ छ ।

यसैबीच, अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीको सङ्गठन तथा सदस्यता विस्तारको काम देशभर व्यापक रूपमा अघि बढिरहेको जानकारी दिनुभयो । पार्टीको संरचनागत सुधार गर्दै सङ्गठन विस्तारलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।

  • चितवन
  • नारायणगढ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    ‘अपाङ्गता समावेशी विकास’सम्बन्धी सचिवहरूसँग छलफल

  • मुख्यमन्त्री र नगर प्रमुखलाई सम्मान, पत्रकार थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार

    मुख्यमन्त्री र नगर प्रमुखलाई सम्मान, पत्रकार थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार

  • Post Thumbnail

    चितवनमा तीन हजार ३६२ मतदाता घटे

  • भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

    भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

    सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

    Post Thumbnail

    ‘अपाङ्गता समावेशी विकास’सम्बन्धी सचिवहरूसँग छलफल

    ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ डा पोखरेललाई प्रदान

    ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ डा पोखरेललाई प्रदान

    Post Thumbnail

    बाढी प्रभावितको मानसिक स्वास्थ्यमा ध्यान दिन जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution