Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर

जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले निलम्बित अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का पदाधिकारीविरुद्ध भ्रष्टाचार, ठगी र खेलमा मिलेमतोसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २३, शुक्रबार (१ दिन अघि)
Post Thumbnail

काठमाडौँ, २३ असोजः जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले निलम्बित अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का पदाधिकारीविरुद्ध भ्रष्टाचार, ठगी र खेलमा मिलेमतोसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ ।

बिहीबार सरकारी वकिलको कार्यालयले ललितपुर जिल्ला अदालतमा एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

प्रतिवादीमध्ये कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे हिरासतमा छन् भने अध्यक्ष नेम्वाङ र महासचिव राई फरार छन् । एन्फामा आर्थिक अनियमितता, म्याच फिक्सिङ (खेल मिलोमतो) र फिफा विश्वकपका टिकट अपचलन गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रअनुसार उनीहरूविरुद्ध रु ९३ लाख ९०० बिगो कायम गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एन्फामा भएको आर्थिक अनियमिततालगायतका विषयमा अनुसन्धान गरेको थियो ।

फिफा विश्वकप, २०२६ र एएफसी एसियन कप छनोटअन्तर्गत सन् २०२४ मार्च २१ मा काठमाडौँको दशरथ रङ्गशालामा हुनुपर्ने नेपाल र बहराइनबीचको घरेलु मैदानको खेल नियतवश बहराइनमा सारिएको अभियोगमा उल्लेख गरिएको छ । उक्त खेल बहराइनमा खेलाएबापत त्यहाँको फुटबल सङ्घबाट टिकट बिक्रीको राजस्वअन्तर्गत एन्फाले पाउनुपर्ने २० हजार अमेरिकन डलर संस्थाको बैंक खातामा दाखिला नगरी अपचलन गरेको अनुसन्धानबाट देखिएको अभियोग पत्रमा उल्लेख छ ।

अभियोगपत्रमा रु १० लाखभन्दा माथिको खरिदमा अनिवार्य टेन्डर प्रक्रिया अपनाउनुपर्नेमा एउटै स्वामित्वका तीनवटा नक्कली फर्महरू खडा गरी कोटेशनमार्फत खेल सामग्री खरिद गरिएको पाइएको अनुसन्धानमा देखिएको छ । एन्फाको आर्थिक कार्यविधि, २०७५ अनुसार १० लाखभन्दा बढीको खरिदमा टेन्डर प्रक्रिया अपनाउनुपर्ने हुन्छ ।

फिफाले सन् २०२६ को विश्वकपका लागि एन्फालाई उपलब्ध गराएको ३३० थान अनलाइन टिकट पारदर्शी रूपमा वितरण नगरी कालोबाजारी र व्यक्तिगत रूपमा किनबेच गराएको पनि अभियोगमा उल्लेख छ । शेर्पा आउटडोरसँग भएको प्रायोजन सम्झौताबमोजिम एन्फाको खातामा आउनुपर्ने रकम संस्थाको खातामा नहाली महासचिव किरण राईले रु २५ लाख व्यक्तिगत रूपमा बुझेर अपचलन गरेको पनि अनुसन्धानबाट देखिएको छ ।

अभियोगपत्रमा फरार रहेका एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईका हकमा अदालतबाट म्याद जारी गर्न अनुरोध गरिएको छ । चारैजनालाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१ मा परिभाषित खेलमा मिलोमतो तथा अनियमितता गर्न नहुने कार्य गरी ऐनको दफा ३२ (ग) बमोजिमको कसुर गरेको, सोही ऐनको दफा ३३ को (ग) बमोजिम सजाय हुन तथा निज प्रतिवादीहरूले मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) मा परिभाषित कसूर गरेको भन्दै संहिताको दफा २४९ को उपदफा ३ (क) बमोजिम सजाय मागदाबी लिइएको छ ।

अखिल नेपाल फुटबल सङ्घलाई अमेरिकी डलर ५० हजारको हुन आउने नेपाली रकम ६६ लाख ५३ हजार ९०० तथा अमेरिकी डलर २० हजारको हुन आउने नेपाली रकम २६ लाख ४७ हजार (सम्झौता भएको मिति सन् २०२४ मार्च ४ मा को दररेट रु १३२.३५ बमोजिम) गरी ९३ लाख नौ सय बराबर क्षतिपूर्ति मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजिम दिलाई भराई दिन मागदाबी लिइएको छ ।

अपराधपीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिमपीडित राहत कोषमा प्रतिवादीहरूबाट क्षतिपूर्ति शुल्क जम्मा गराई पाउन समेत सरकारी वकिल कार्यालयले अभियोग पत्रमा माग दाबी लिएको छ ।

अन्य पदाधिकारी, कर्मचारीहरू तथा अन्य कोही कसैको संलग्नता रहेको भनी यकिन प्रमाणसहित खुल्न आएका बखत साथै प्रस्तुत वारदातमा अन्य कोही कसैको संलग्नता रहेको तथ्य पछि खुली आएमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम थप दाबी लिइने उल्लेख गरिएको छ ।

प्रतिवादीहरूले कसुरजन्य कार्य गरी सम्पत्ति आर्जन गरी सम्पत्तिलाई अन्यत्र प्रयोग गरेको तथ्य प्रमाणहरूबाट देखिएमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ सम्बन्धी कसुरमा थप अनुसन्धान हुनेछ ।

  • काठमाडौँ
  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

  • Post Thumbnail

    खोटाङ्गेको सामूहिक प्रयासः स्वाद र स्वास्थ्यका लागि ‘रैथाने खाजा’ घर सञ्चालन

  • Post Thumbnail

    आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

  • विभिन्न विधाका फोटो पत्रकार सम्मानित

    विभिन्न विधाका फोटो पत्रकार सम्मानित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

    धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता

    धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता

    Post Thumbnail

    बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

    Post Thumbnail

    खोटाङ्गेको सामूहिक प्रयासः स्वाद र स्वास्थ्यका लागि ‘रैथाने खाजा’ घर सञ्चालन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution