Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते शनिबार आयोजना हुने ‘काठमाडौँ म्याराथन’ लाई सुरक्षित, व्यवस्थित र भव्य बनाउन विशेष ट्राफिक सचेतना तथा सडक सुरक्षा योजना अघि सारेको छ ।
रासस ४०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २३, शुक्रबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २३ असोज ः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते शनिबार आयोजना हुने ‘काठमाडौँ म्याराथन’ लाई सुरक्षित, व्यवस्थित र भव्य बनाउन विशेष ट्राफिक सचेतना तथा सडक सुरक्षा योजना अघि सारेको छ ।

म्याराथनमा ठूलो सङ्ख्यामा धावक, दर्शक तथा सर्वसाधारणको सहभागिता हुने भएकाले प्रतियोगिता हुने सडकमा सवारी आवागमन प्रभावित हुनसक्ने भन्दै ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले म्याराथनका क्रममा तोकिएका सडक तथा मार्गमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो ।

“काठमाडौँ म्याराथनलाई सुरक्षित, व्यवस्थित र भव्य बनाउन हामीले विशेष ट्राफिक सचेतना तथा सडक सुरक्षा योजना अघि सारेका छौँ”, उहाँले भन्नुभयो, “बृहत् नागरिक सचेतना अभियानअन्तर्गत ट्राफिक प्रहरीले जनचेतनामूलक सन्देशसहित म्याराथनमा विषेश सहभागिता जनाउने छ ।”

म्याराथन धावकको टिसर्ट पछाडिको भागमा ट्राफिक प्रहरीको लोगो र ‘फलो ट्राफिक रुल्स, सेभ लाइफ’ भन्ने नारा राखिएको ट्राफिक प्रहरी प्रमुख काफ्लेले बताउनुभयो ।

ट्राफिक प्रहरी प्रवक्ता नरेशराज सुवेदीका अनुसार म्याराथनको रुटमा आवश्यक ट्राफिक सुरक्षा व्यवस्थापनको तयारी पूरा भएको छ । उहाँले धावकलाई निर्धारित मार्ग र लेनको प्रयोग गर्न तथा ट्राफिक प्रहरी र स्वयंसेवकले दिएको निर्देशन पालना गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “दर्शक तथा सर्वसाधारणलाई सडकमा जथाभावी नउभिन, धावकको मार्ग अवरुद्ध नगर्न तथा सडक पार गर्दा तोकिएको स्थान र जेब्राक्रसिङको प्रयोग गर्न अनुरोध गरेका छौँ । सवारी चालकलाई प्रतियोगिताका क्रममा धैर्य र संयमता अपनाएर सवारी सञ्चालन गर्न हाम्रो आग्रह छ ।”

म्याराथनका कारण केही स्थानमा सवारी चाप बढ्नसक्ने भएकाले अत्यावश्यक कामबाहेक वैकल्पिक मार्ग प्रयोग गर्न र गन्तव्यमा पुग्नुपर्ने यात्रुलाई केही समयअगावै घरबाट निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

सडकको सही प्रयोग, ट्राफिक नियमको पालना तथा धावक, दर्शक, सवारी चालक र सर्वसाधारणको सहयोगबाट म्याराथनलाई सुरक्षित र व्यवस्थित बनाउन सकिने भएकाले सडक सुरक्षा अभियानमा सहयोग गर्न ट्राफिक प्रहरी प्रमुख काफ्लेले आग्रह गर्नुभएको छ ।

सन् २००७ देखि निरन्तर आयोजना हुँदै आएको उक्त प्रतियोगितालाई नेपालकै ठूलो सिटी म्याराथनका रूपमा लिइन्छ । प्रतियोगिताको व्यवस्थापन एनआरएस स्पोट्र्स फाउन्डेसनले गरिरहेको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • डोको बुन्दै, सीप सिकाउँदै

    डोको बुन्दै, सीप सिकाउँदै

  • विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

  • तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

    तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

  • स्थानीय बीउ संरक्षणका लागि धनकुटामा जिन बैङ्क स्थापना

    स्थानीय बीउ संरक्षणका लागि धनकुटामा जिन बैङ्क स्थापना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

    डोको बुन्दै, सीप सिकाउँदै

    डोको बुन्दै, सीप सिकाउँदै

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    Post Thumbnail

    काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution