Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सवको तयारी

पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा यस वर्षको नवदुर्गा महोत्सव घटस्थापनादेखि महानवमीसम्म विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित आयोजना हुने भएको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २३, शुक्रबार (२ घण्टा अघि)
Post Thumbnail

कास्की, २३ असोजः पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा यस वर्षको नवदुर्गा महोत्सव घटस्थापनादेखि महानवमीसम्म विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित आयोजना हुने भएको छ ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी नवदुर्गा महोत्सव र ज्ञान महायज्ञका बारेमा जानकारी दिएको हो । महोत्सवअन्तर्गत विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा र श्रीमद् देवीभागवत ज्ञान महायज्ञ मुख्य आकर्षणका रूपमा रहनेछ ।

समितिका अनुसार विजयादशमीको अवसरमा २०६४ सालदेखि नवदुर्गा महोत्सव आयोजना हुँदै आएको छ । विसं २०८१ मा सरकारले राष्ट्रिय शोक बिदा घोषणा गरेको तथा २०८२ साल भदौ २३ र २४ गते भएको नवपुस्ताको आन्दोलन र त्यसपछिको विषम परिस्थितिका कारण पूर्वतयारी प्रभावित भएपछि दुई वर्ष विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा स्थगित भएको थियो ।

यस वर्ष भने नवदुर्गा महोत्सव तथा श्रीमद् देवीभागवत ज्ञान महायज्ञलाई निरन्तरता दिइने समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार घटस्थापनाको दिन बिहान विन्ध्यवासिनी पार्कबाट शोभायात्रा सुरु हुनेछ । शोभायात्रा मोहोरियाटोल, भैरवटोल, भीमसेनटोल, नालामुख, तेर्सापट्टी, पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोल, नालामुख, भैरवटोल हुँदै विन्ध्यवासिनी मन्दिरको प्राङ्गणमा पुगेर समापन हुनेछ ।

त्यसैगरी महायज्ञतर्फ सोही दिनदेखि सङ्गीतमय कथा प्रवचन, भजनकीर्तन तथा सङ्गीतमय कथा प्रवचन सञ्चालन हुनेछ । प्रत्येक दिन साँझ ६ः०० बजे महाआरती गरिने समितिले जनाएको छ ।

विजयादशमीको अवधिभर मन्दिरमा नित्य पूजा बिहान ४ः०० बजेदेखि सुरु हुने र भक्तजनका लागि दर्शन गर्न मन्दिर बिहान ५ः०० बजेदेखि खुला गरिनेछ । महायज्ञमा गणेश पर्वत पौडेल कथावाचक तथा स्वामी निर्भयानन्द र अनकुल ढकाल उपवाचक रहनुहुने छ ।

महोत्सवलाई व्यवस्थित, सुरक्षित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइएको छ । समितिले महोत्सवका क्रममा धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्वास्थ्य, सामाजिक सेवा, संस्कृति संरक्षण तथा स्थानीय समुदायको सहभागितालाई प्राथमिकता दिएको जनाएको छ ।

समितिले महोत्सव केवल एउटा धार्मिक कार्यक्रम नभई विन्ध्यवासिनी क्षेत्रको धार्मिक, सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक महत्वलाई उजागर गर्ने अवसरका रूपमा लिएको छ । धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, परम्पराको पुस्तान्तरण र सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र पोखराको धार्मिक आस्थाको केन्द्र मात्र नभई गलेश्वर–मुक्तिनाथ जाने धार्मिक यात्राको मुख्य प्रवेशद्वार रहेकाले यसको संरक्षण र विकासलाई समग्र गण्डकी प्रदेशको धार्मिक पर्यटनसँग जोडेर अघि बढाउनुपर्नेमा समितिले जोड दिएको समितिका महासचिव सुशीला बराल रेग्मीले जानकारी दिनुभयो ।

समितिले महोत्सवका क्रममा ठूलो सङ्ख्यामा भक्तजन तथा श्रद्धालु आउने भएकाले सुरक्षा, यातायात व्यवस्थापन, स्वास्थ्य सेवा, सरसफाइ, खानेपानी, विद्युत्, विपद् व्यवस्थापन तथा भीड व्यवस्थापन प्रभावकारी बनाउन सम्बन्धित सबै निकायसँग समन्वय गरिने जनाएको छ ।

समितिले महोत्सवलाई शान्तिपूर्ण, सुरक्षित, सभ्य, भव्य र मर्यादित रूपमा सम्पन्न गर्न सबै पक्षसँग सहयोग र सहकार्यका लागि आग्रह गरेको छ । पत्रकार, सरकारी निकाय, सुरक्षा निकाय, धार्मिक सङ्घसंस्था तथा स्थानीय समुदायको सुझाव, मार्गदर्शन, समन्वय र सहयोगले महोत्सवलाई थप व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको समितिले जनाएको छ ।

अज्ञात समयदेखि शक्तिपीठका रूपमा पूजा हुँदै आएको हालको विन्ध्यवासिनी मन्दिर अढाई शताब्दी पुरानो रहेको अनुमान गरिएको छ । यसको स्थापना कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहको पालामा भएको भनाइ छ । मन्दिरको संरक्षण, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले २०४३ सालमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको गठन गरिएको हो ।

  • कास्की
  • पर्वत
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • म्याग्दीका छवटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

    म्याग्दीका छवटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

  • Post Thumbnail

    अख्तियारद्वारा नापी अधिकृत वलीविरुद्ध आरोपपत्र दायर

  • Post Thumbnail

    सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

  • Post Thumbnail

    ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

    तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

    तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

    Post Thumbnail

    विन्ध्यवासिनीमा नवदुर्गा महोत्सवको तयारी

    Post Thumbnail

    मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution