Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ आजदेखि लागू गरेको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २२, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २२ असोजः सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ आजदेखि लागू गरेको छ ।

चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानमा अप्रिय घटना हुन नदिन २८ हजार १२६ जनशक्ति परिचालित गरिएको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो । सशस्त्रका चार हजार ५०० जनशक्तिलाई तत्कालै खटाउन सक्ने गरी तयारी अवस्थामा राखिएको छ ।

सशस्त्र प्रहरीले अन्तरराष्ट्रिय सीमा जोडिएका भारत र चीनका समकक्षी सुरक्षा निकायसँगको समन्वयमा १४१ स्थानमा नागरिक सहायता कक्ष, १६ स्थानमा नागरिक स्वास्थ्य कक्ष र १३ स्थानमा पर्यटक सहायता कक्ष सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

समकक्षी सुरक्षा निकायसँगको समन्वयमा सीमावर्ती इलाकामा संयुक्त गस्ती सञ्चालन गरिएको छ भने झापाको काँकडभिट्टा, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया र बाँकेको जमुनाह नाकामा अवैध हातहतियार, विष्फोटक पदार्थ र लागूऔषध पहिचान गर्न सक्ने तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।

बडादसैँ, तिहार, नेपाल संवत् र छठ तथा अन्य चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण, मुख्य राजमार्गमा हुनसक्ने दुर्घटना न्यूनीकरण र शीघ्र उद्धारका लागि ३७ स्थानमा एम्बुलेन्ससहितको टोली परिचालन गरिएको छ ।

ठूला दुर्घटनाको जोखिमलाई ध्यानमा राखी एकैपटक ठूलो सङ्ख्यामा घाइतेलाई अस्पतालसम्म लैजान सकिने खालका सवारी साधन उपत्यकासहित सातै प्रदेशमा तैनाथ गरिएका छन् ।

विपद्को अवस्थामा तत्काल परिचालन हुनसक्ने गरी धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, म्याग्दीको बेनी, दाङको भालुवाङ, सुर्खेतको चिप्ले, डडेल्धुराको अमरगढी र सिन्धुलीको खुर्कोटलगायत देशभर ५५ वटा अस्थायी मनसुन विपद् प्रतिकार्य वेश तथा १६ वटा स्थायी विपद् वेशमा आवश्यक स्रोतसाधनसहित तालिम प्राप्त दक्ष जनशक्ति तयारी हालतमा राखिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत दैनिक पिकेट, चेक प्वाइन्ट, पैदल र मोबाइल तथा लामो दूरीको गस्ती, विस्फोटक पदार्थ निष्क्रिय गर्ने टोली तथा गोताखोरसहितका विपद् उद्धार टिमलाई २४सै घण्टा तैनाथ गरिएको छ ।

सीमावर्ती क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आवश्यक गस्ती तथा समकक्षी सुरक्षा सङ्गठनसँगको समन्वयमा ९२४ वटा संयुक्त सीमा गस्ती गर्ने सशस्त्रको योजना छ ।

संवेदनशील स्थानको सुरक्षा निगरानीका लागि २१ वटा ड्रोन परिचालन गरिएको छ, भने सीमा नाकाका महत्वपूर्ण स्थानमा जडान गरिएका ४१२ वटा सिसिटिभी क्यामेरामार्फत २४सै घण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

  • काठमाडौँ
  • झापा
  • धनकुटा
  • धादिङ
  • बारा
  • सिन्धुली
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    अख्तियारद्वारा नापी अधिकृत वलीविरुद्ध आरोपपत्र दायर

  • Post Thumbnail

    ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’

  • पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

    पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

  • Post Thumbnail

    ‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    अख्तियारद्वारा नापी अधिकृत वलीविरुद्ध आरोपपत्र दायर

    सिड्नीमा परराष्ट्रमन्त्री खनालसँग न्यू साउथ वेल्सका प्रिमियर मिन्सको भेट

    सिड्नीमा परराष्ट्रमन्त्री खनालसँग न्यू साउथ वेल्सका प्रिमियर मिन्सको भेट

    स्थानीय बीउ संरक्षणका लागि धनकुटामा जिन बैङ्क स्थापना

    स्थानीय बीउ संरक्षणका लागि धनकुटामा जिन बैङ्क स्थापना

    Post Thumbnail

    स्वास्थ्य अधिकार कार्यान्वयन र गुणस्तरीय सेवा प्रवाहमा ऐक्यबद्धता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution