Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुदूरपश्चिम

स्वास्थ्य अधिकार कार्यान्वयन र गुणस्तरीय सेवा प्रवाहमा ऐक्यबद्धता

संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी अधिकारको प्रभावकारी कार्यान्वयन तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सरोकार भएकाहरूले ऐक्यबद्धता जनाएका छन् ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २२, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

सुदूरपश्चिम, २२ असोजः संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी अधिकारको प्रभावकारी कार्यान्वयन तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सरोकार भएकाहरूले ऐक्यबद्धता जनाएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा आज धनगढीमा भएको स्वास्थ्य क्षेत्रका सरोकारवालाबचीको समन्वय बैठक तथा छलफलमा स्वास्थ्य अधिकार र सेवा प्रवाहसँग सम्बन्धित संवैधानिक, कानुनी तथा नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्धता जनाइएको हो ।

बैठकमा नेपालको संविधानको धारा ३५ मा व्यवस्था गरिएको स्वास्थ्यसम्बन्धी हकको कार्यान्वयन अवस्थाका साथै जनस्वास्थ्य सेवा ऐन, २०७५, जनस्वास्थ्य सेवा नियमावली, २०७७ र स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को कार्यान्वयन स्थितिबारे समीक्षा गरिएको थियो । यस्तै, प्रदेश जनस्वास्थ्य ऐन, २०७५ को कार्यान्वयन तथा त्यसको अनुगमनका विषयमा पनि छलफल भएको थियो ।

कार्यक्रममा आयोगका सुदूरपश्चिम कार्यालय प्रमुख सहसचिव प्रकाशदत्त भट्टले नेपालको मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (आव २०८३/८४–२०८७/८८) मा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँच उद्देश्य र १९ वटा क्रियाकलापको कार्यान्वयनका विषयमा सबैको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले कार्ययोजनामा समेटिएका स्वास्थ्यसम्बन्धी लक्ष्य तथा क्रियाकलापलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक लाग्न आग्रह गर्नुभयो ।

कार्यालय प्रमुख भट्टले स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र समानताका साथै स्वास्थ्य क्षेत्रमा मानव अधिकारको संरक्षण, सम्वर्द्धन तथा कार्यान्वयनको अवस्थाबारे संयुक्त अनुगमन, अध्ययन तथा अनुसन्धान गर्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । उहाँले दैनिक रूपमा स्वास्थ्य सेवा प्रवाह भइरहे पनि त्यसलाई संविधानको भावना, मानव अधिकारका मान्यता, स्वास्थ्यसम्बन्धी राज्यका नीति तथा नेपालले गरेका अन्तरराष्ट्रिय प्रतिबद्धतासँग जोडेर हेर्नुपर्नेमा जोड दिनुभयो ।

अन्य सरोकार भएकाहरूले स्वास्थ्य अधिकार सुनिश्चित गर्न सङ्घ, प्रदेश र स्थानीय तहसँगै गैरसरकारी संस्था, निजी क्षेत्र तथा नागरिक समाजबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

सामाजिक विकास मन्त्रालय, अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा निरज अर्यालले स्वास्थ्य सेवा प्राप्त गर्ने विषयलाई केवल सेवा उपलब्ध गराउने प्रक्रियाका रूपमा नभई नागरिकको मौलिक अधिकारका रूपमा बुझ्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले संविधानको मर्मअनुसार नागरिक स्वास्थ्य सेवामा पहुँच तथा उपाचारको सुनिश्चितताका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको बताउनुभयो ।

डा अर्यालले मन्त्रालय मातहतका ३५ वटा स्वास्थ्य संस्थाबाट सेवा प्रवाह र यस क्षेत्रमा क्रियाशील निजी स्वास्थ्य संस्थासँग सहकार्य गरेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिइएको बताउनुभयो ।

बैठकमा नेपालको संविधानको धारा ४८ मा उल्लिखित नागरिकका कर्तव्यको कार्यान्वयन अवस्थाबारे समेत चर्चा भएको थियो । स्वास्थ्य अधिकारको उपभोगसँगै नागरिकले स्वास्थ्यसम्बन्धी कानुन, नीति तथा सार्वजनिक स्वास्थ्यका मापदण्डको पालना, स्वास्थ्य संस्थाको सम्पत्ति संरक्षण तथा स्वस्थ वातावरण निर्माणमा सहयोग गर्नुपर्ने अवस्था सिर्जना गर्न सबै लाग्न आग्रह गरिएको थियो ।

सेती प्रादेशिक अस्पताल धनगढीका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेले अस्पतालले सीमित स्रोतसाधनका बाबजुत नागरिकमैत्री सेवा प्रवाहको वातावरण बनाउन प्रयत्न गरिरहेको बताउनुभयो । उहाँले सेवाग्राहीको अत्यधिक चापका कारण जनगुनासो आउने गरेको बताउँदै अस्पतालको स्तरोन्नत्ति गर्दै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पताललाई पूर्ण क्षमतामा सञ्चालनका लागि पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक योगेशप्रसाद भट्ट, प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीका निमित्त प्रमुख डा ओमप्रकाश कलौनी, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका वरिष्ठ प्रयोगशाला प्राविधिक निरीक्षक कृष्ण गौतम, स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कँुवर, धनगढी उपमहानगरपालिका मानवअधिकार सम्पर्क व्यक्ति टङ्कबहादुर विष्टले स्वास्थ्य मापदण्डको पालना, औषधि व्यवस्थापन, स्वास्थ्य सेवा प्रवाहलगायत विषयका साथै स्वास्थ्य क्षेत्रका समस्याबारे आफ्नो धारणा राखेका थिए ।

विकास साझेदार संस्था विश्व स्वास्थ्य सङ्गठनका अरुण जोशी, वल्र्ड भिजन इन्टरनेश्नल, नेपालका चेतराज भट्टराईलगायतले सरकारको स्वास्थ्य नीति कार्यान्वयनमा आफूहरूको सधैँ सकारात्मक सहकार्य रहने बताउनुभयो । उहाँहरूले अस्पतालबाट सहज सेवा प्रवाह, अधिकारका साथै जवाफदेहिताको नियमित अनुगमन तथा मूल्याङ्कन आवश्यक रहेको धारणा राख्नुभयो ।

बैठकमा नेपाल औषधि व्यवसायी सङ्घ सुदूरपश्चिमका वरिष्ठ उपाध्यक्ष जनकराज जोशी, सङ्घका कैलाली अध्यक्ष प्रेमराज बिसीलगायतले आफूहरू सरकारका स्वास्थ्य नीति तथा कानुनअनुसार काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँहरूले सरकारले विभिन्न मापदण्डका नाममा निजी क्षेत्रलाई समस्यामा पार्न नहुनेमा जोड दिँदै व्यवसायी र व्यवसायको सुरक्षामा गम्भीर बन्न आग्रह गर्नुभयो ।

बैठकले स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि अब रहेक महिना नियमित समन्वय बैठक बस्ने र त्यसको समन्वय आयोग तथा प्रदेशको सामाजिक विकास मन्त्रालयले गर्ने निर्णयसमेत गरेको छ । सहभागीहरूले स्वास्थ्यसम्बन्धी मौलिक हकको सुनिश्चितताका लागि आ–आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

  • कैलाली
  • सुदूरपश्चिम
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

  • Post Thumbnail

    इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सेवा सञ्चालन

  • Post Thumbnail

    चितवनको बधस्थल अस्तव्यस्त : ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका

  • आज  विश्व दृष्टि दिवस

    आज विश्व दृष्टि दिवस

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विराटनगर किङ्ग्सको प्रशिक्षकमा श्रीलङ्काका धम्मिका प्रसाद नियुक्त

    अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न युवक पक्राउ

    अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न युवक पक्राउ

    Post Thumbnail

    आजै रातिदेखि नयाँ बसपार्कमा टिकट लिन यात्रुको लाइन

    Post Thumbnail

    सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution