Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खोटाङ

लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण

भूमि प्रशासन कार्यालय खोटाङका सेवाग्राहीलाई लेखापढी व्यवसायीबाट हुनेसक्ने ठगी नियन्त्रण गर्ने उद्देश्यले सेवा शुल्क निर्धारण गरिएको छ ।
रासस १०७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २२, बिहिबार (१ दिन अघि)
Post Thumbnail

खोटाङ, २२ असोजः भूमि प्रशासन कार्यालय खोटाङका सेवाग्राहीलाई लेखापढी व्यवसायीबाट हुनेसक्ने ठगी नियन्त्रण गर्ने उद्देश्यले सेवा शुल्क निर्धारण गरिएको छ । जिल्लास्थित भू-सेवा केन्द्र व्यवस्थापन तथा सहजीकरण समितिले आजदेखि लागू हुनेगरी भू-सेवा केन्द्रमा आवद्ध लेखापढी व्यवसायीका लागि सेवा शुल्क निर्धारण गरेको हो ।

समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको अध्यक्षतमा बसेको बैठकले जग्गा राजीनामा/बकसपत्र तथा दानपत्रका लागि रु एक हजार ५००, अंशबण्ड/अंश भर्पाइ नगदसहित रु एक हजार, कित्ताकाट भएमा थप रु ४००, दुई जनाभन्दा बढी अंशियारप्रति अंशियार रु ४००, मानो जोडिएको तथा छुट्टिएको रु एक हजार ५००, प्रतिअंशियार थप रु २००, सट्टापट्टा लिखत रु एक हजार ५००, कित्ताकाट भएमा थप रु २०० निर्धारण गरिएको छ ।

हकहिस्सा बाँडफाँट/छोडपत्र तथा सँगोलमा रु एक हजार ५००, कित्ताकाट भएमा थप रु २००, नामसारी प्रतिफाइल रु एक हजार ५००, श्रेस्ता कायम/२०६२ सालमा जलेको हकमा प्रतिश्रेस्ता रु ५००, दर्ताफारी तथा दृष्टि बन्धक व्यक्ति-व्यक्तिबीच/रोक्का रु एक हजार ५०० निर्धारण गरिएको भू-सेवा केन्द्र व्यवस्थापन तथा सहजीकरण समितिले जनाएको छ ।

शेषपछिको बकसपत्र रु एक हजार ५००, अदालतको फैसला मिलापत्रबमोजिम दाखा रु एक हजार ५००, एकभन्दा बढी तथा कित्ताकाट भएमा प्रतिव्यक्ति थप रु २००, अष्टलोह/धर्मपुत्र प्रतिफाइल रु एक हजार ५००, सर्तनामा/करारनामा/लेनदेनको तमसुक तथा बैनाबट्टा रु एक हजार, हकबन्दी/रोक्का फुकुवा/अंशियार प्रमाणित प्रति अंशियार रु एक हजार ५००, श्रेस्ता/जग्गाधनी प्रतिलिपी/संशोधन तथा घर कायमका लागि रु ५०० निर्धारण गरिएको समितिका संयोजक राईले जानकारी दिनुभयो ।

हकसाफी प्रतिफाइल रु एक हजार ५००, लगतकट्टा/मोही लगतकट्टालगायत निवेदनका लागि रु एक हजार, नहर घटीबढी प्रतिफाइल रु ५००, कित्ता एकीकरण/हाल साविक रु ५००, बेजिल्ले दाखा प्रतिफाइल रु एक हजार ५०० र सम्झौता करार नामाका लागि रु एक हजार ५०० कायम गरिएको भू-सेवा केन्द्र व्यवस्थापन तथा सहजीकरण समितिले जनाएको छ ।

भूमि प्रशासन कार्यालयका सेवाग्राहीले आफूहरू लेखापढी व्यवसायीबाट ठगीमा परेको भन्ने गुनासा आएपछि भू–सेवा केन्द्र व्यवस्थापन तथा सहजीकरण समितिको बैठक बसेर सेवा शुल्क निर्धारण गरिएको संयोजक राईले जानकारी दिनुभयो । “जिल्लामा लेखापढी व्यवसायीका लागि सेवा शुल्क निर्धारण नहुँदा सेवाग्राही ठगीमा पर्दै आएका थिए । यसलाई नियन्त्रण गर्न जिल्लामा पहिलोपटक लेखापढी व्यवसायीका लागि सेवा शुल्क निर्धारण गरिएको छ”, उहाँले भन्नुभयो, “तोकिएको सेवा शुल्कभन्दा बढी लिएको खण्डमा कानुनबमोजिम कारबाही गर्छौं । यसमा सेवाग्राही पनि सजग हुन आवश्यक छ ।”

कुनै पनि लिखत तयार गरी पेस भइसकेको तर, व्यक्तिगत कारणले कार्यसम्पादन हुन नसकेको अवस्थामा उल्लेखित सेवा शुल्कको अधिकतम २५ प्रतिशतसम्म पारिश्रमिक लिन सकिने जनाइएको छ । प्रत्येक आर्थिक वर्षमा आवश्यकतानुसार समितिको निर्णयबाट शुल्क परिमार्जन गर्न सकिने भूमि प्रशासन निर्देशिका, २०८१ को दफा ३८७ (१) सम्बन्धी व्यवस्थामा उल्लेख छ ।

समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ, भूमि प्रशासन अधिकृत ध्रुवकुमार कार्की, नापी अधिकृत सुमन श्रेष्ठ, नेपाल लेखापढी व्यवसायी एसोसिएसनका पर्शुराम विश्वकर्मा, भू-सेवा प्रतिनिधि पर्शुराम खत्री, उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यलगायतको सहभागिता थियो ।

बैठकमा सहभागी सरोकारवालाका प्रमुख तथा प्रतिनिधिहरुले समितिको निर्णय पालना गर्न/गराउन आफूहरू प्रतिबद्ध रहेको जनाउँदै सामूहिक हस्ताक्षर गरेका छन् ।

  • खोटाङ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

  • Post Thumbnail

    त्रिभुवन राजपथमा सवारी आवागमनको नयाँ समयतालिका लागू

  • Post Thumbnail

    सडक सुरक्षामा विशेष ध्यान दिन प्रहरीको आग्रह

  • कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा खत्री नियुक्त

    कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा खत्री नियुक्त

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

    Post Thumbnail

    कांग्रेसको १५औँ महाधिवेशन : सात हजार ३९ प्रतिनिधिद्वारा मतदान

    Post Thumbnail

    त्रिभुवन राजपथमा सवारी आवागमनको नयाँ समयतालिका लागू

    Post Thumbnail

    आरन पेशालाई आयआर्जनको माध्यम बनाउँदै चक्रबहादुर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution