Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बागमती

आलेखः शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय

हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा आजभन्दा १० वर्षअघिसम्म शिक्षण पेसामा आबद्ध हुनुहुन्थ्यो । गणित विषयमा स्नातक तथा योजना व्यवस्थापनमा स्नातकोत्तरसम्म अध्ययन गर्नुभएका लामाले मनहरी गाउँपालिका–१ मकरीस्थित बालजीवन ज्योति माध्यमिक विद्यालयमा अध्यापन गरिहँदा उहाँमा कृषि उद्यमतर्फको रुचि जागेर आयो ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २२, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

बागमती, २२ असोजः हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा आजभन्दा १० वर्षअघिसम्म शिक्षण पेसामा आबद्ध हुनुहुन्थ्यो । गणित विषयमा स्नातक तथा योजना व्यवस्थापनमा स्नातकोत्तरसम्म अध्ययन गर्नुभएका लामाले मनहरी गाउँपालिका–१ मकरीस्थित बालजीवन ज्योति माध्यमिक विद्यालयमा अध्यापन गरिहँदा उहाँमा कृषि उद्यमतर्फको रुचि जागेर आयो ।

आफ्नो रुचि र जाँगरसँगै परिवारको साथ र समर्थनका जगमा कृषिको व्यावसायिकतामा लागेका लामा अहिले हेटौँडाकै एउटा नमुना कृषि उद्यमीका रुपमा परिचित हुनुहुन्छ । विसं २०७३ देखि बाख्रापालन थाल्नुभएका उहाँ छ वर्षदेखि ड्रागनकोे खेती गर्दै आउनुभएको छ ।

पदमपोखरीमा एमएनएस एग्रो प्रालि सञ्चालन गर्दै उहाँले त्यसै कम्पनिमार्फत करिब ३० कट्ठा जमिनमा ड्रागनखेती गरिहनुभएको छ । त्यस्तै उहाँले ड्रागनखेतीसँगै विभिन्न अन्तरबाली पनि लगाउनुभएको छ । उहाँको फार्ममा करिब १० मेट्रिकटन क्षमताको शीतभण्डार, पोलीहाउस संरचना, सिँचाइ पूर्वाधार तथा मिनीटिलर र ट्र्याक्टरसहितको यान्त्रिकीकरण उपयोग गरिएको छ । उहाँले फार्मसँगै कृषि सामग्रीका लागि मिमा सप्लायर्स र पशु स्वास्थ्यका लागि मिमा भेट फार्म पनि सञ्चालन गर्दै आउनुभएको छ ।

समाजमा आधुनिक कृषि प्रविधिको विकाससँगै कृषि पर्यटन, रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ सुरुमा बाख्रापालनबाट उहाँले व्यावसायिकतामा हात हाल्नुभएको हो । सुरुमा घरमा नै १५ वटा बाख्रा रहेकामा उहाँले क्रमशः बाख्रा थप्दै १०० वटासम्म बाख्रा पालेको अनुभव सुनाउनुभयो ।

बुबा रत्नकुमार लामाले २०५३ सालदेखि पदमपोखरीमा सञ्चालन गर्नुभएको एग्रेभेटले जगाएको कृषिप्रतिको इच्छा, बुबासँगै आमा सुमित्राकुमारीको प्रेरणा र श्रीमती सपनाको निरन्तरको साथ र सहयोगले उहाँ कृषिका बहुविकल्पलाई अँगाल्ने कृषिउद्यमीका रुपमा परिचित बन्नुभएको छ । शिक्षण पेसाबाट व्यावसायिक कृषिमा लम्कनका लागि पदमपोखरी चोकमा बुबा रत्नकुमारले सञ्चालन गर्दै आउनुभएको एग्रोभेट पसल महत्वपूर्ण माध्यम बन्न पुगेको उहाँको भनाइ छ ।

उक्त एग्रेभेटमा किसान सधैँ आफ्ना समस्या र समाधान खोज्दै आउने र त्यहाँ बस्दा किसानका कुरा सुनेपछि आफूहरू उत्पादनमा लाग्नुपर्छ भन्ने भावना जागृत बनेको उहाँले अनुभव सुनाउनुभयो । नेपाल पूर्ण रूपमा आयातमा निर्भर भएका अवस्थामा उत्पादनमा नलाग्ने हो भने देशमा परिवर्तन आउन नसक्ने ठहरसहित आफू व्यावसायिक कृषिमा होमिएको उहाँको तर्क छ ।

कृषिको व्यावसायिकता तथा उत्पादनमूलक क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोचका साथ बाख्रापालनबाट यस क्षेत्रमा लाँदैगर्दा ड्रागन फलको बजारमा उच्च मूल्य, बोयर बाख्राको उन्नत जात र सयपत्री फूलको बढ्दो माग आदिलाई दृष्टिगत गर्दै यसतर्फ आकर्षित बन्न पुगेको उहाँले बताउनुभयो । ड्रागनबाट व्यावसायिक उत्पादन लिन कम्तीमा पाँच वर्षको धैर्यता चाहिने बताउँदै उहाँले फल पाक्नेबेला चराचुरङ्गीले करिब १० प्रतिशतसम्म क्षति पु¥याउने, ढुसीजन्य रोगको प्रकोप देखिनेजस्ता विभिन्न समस्या आउने बताउनुभयो ।

आफ्नो फार्ममा चराबाट बचाउन ‘बर्ड नेट’ र फललाई सुरक्षित राख्न ‘ब्यागिङ’को काम गरिएको उहाँले जानकारी दिनुभयो । अन्तरबालीअन्तर्गत मेवा, सयपत्री आदिको समेत उत्पादन गर्दै आएका उहाँले वार्षिक ड्रागन फलबाट वार्षिक ३० लाख रुपैयाँ बराबरको उत्पादन गर्नुभएको छ भने पाँच लाख रुपैयाँ बराबरको मेवा उत्पादन गर्नुभएको छ ।

त्यस्तै, उहाँले वार्षिक एक लाख रुपैयाँसम्मको सयपत्रीको उत्पादन गरिहनुभएको छ । उहाँको फार्ममा हाल १० हजार बोट ड्रागन फलका बोटसँगै ५०० को सङ्ख्यामा मेवाका बोट रहेका छन् ।

लामाकोे फार्म पूर्ण रूपमा पारिवारिक जनशक्ति र ज्ञानमा आधारित रहेको छ । प्राविधिक अनुभवसहित उहाँका बुबा यसमा सक्रिय हुनुहुन्छ भने श्रीमतीको कृषिकै अध्ययन र आफू पनि स्नातकोत्तर गरेपछि जेटिए पढेर कृषिसम्बन्धी विशेष तालिम लिनुभएको छ । उहाँहरूको परिवार सबै एकताबद्ध रुपमा फार्ममा खटिरहेको छ भने अन्य चार जना स्थायी कामदार रहेका छन् । मुख्य याममा भने थप ४०० जनासम्मका मजदुर खटाउने गरिएको छ ।

पछिल्ला वर्षमा फार्ममार्फत अरूलाई पनि सिकाएर कृषिमा काम गर्नसक्ने दक्ष बनाएको उहाँले बताउनुभयो । यहाँको सफलता देखेर पछिल्ला समयमा ठाउँठाउँबाट उहाँसँग जान्न र सिक्न आउनेको सङ्ख्या पनि बढ्दो छ । जान्न तथा बुझ्न चाहनेलाई आफूले जानेका, भोगेका सीप र अनुभव बाँड्दै आउनुभएको छ ।

निरन्तरको लगाव र मेहनतकै कारण उहाँले स्थानीय तहदेखि प्रदेश र राष्ट्रियस्तरसम्मका विभिन्न उत्कृष्ट कृषक सम्मानसमेत प्राप्त गरिसक्नुभएको छ । उहाँले २०७९ सालमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त गर्नुभएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मकवानपुरको आयोजनामा सञ्चालित जिल्लास्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लाबाट उक्त वर्षको उत्कृष्ट कृषकमा उहाँ छनोट हुनुभएको थियो ।

हेटौँडा उपमहानगरपालिकाको ५५औँ नगर दिवसका अवसरमा उहाँलाई एम एन एस एग्रो प्रालि स्थापना गरी ड्रगन फल, मेवा, खरबुजा, एभोकाडोलगायतका फलफूल, सयपत्री फूल, तरकारीखेती, नर्सरी र बाख्रापालन व्यावसायिक रूपमा सञ्चालन गरी स्वदेशमै रोजगारी सिर्जना गरी युवाका लागि प्रेरणाको स्रोत बनेको भन्दै सिर्जनकशील कृषक सम्मान २०८० बाट उहाँलाई सम्मान गरिएको थियो ।

प्रदेश कृषि थोकबजार हेटौँडा–११, थानाभ¥याङमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश र हेटौँडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा यसैवर्ष असार ११–१३ गते सम्पन्न ड्रागन फ्रुट महोत्सव–२०८३ को प्रविधि प्रदर्शन विधामा एम एन एस एग्रो प्रालिका सञ्चालकका रूपमा उहाँले प्रथम पुरस्कार प्राप्त गर्नुभएको थियो । लामाले आगामी दिनमा केबल उत्पादनमा मात्र नभई उत्पादित वस्तुको प्रशोधन गरी अन्य बहु प्रकृतिका उत्पादनलाई बजारमा लैजाने सोच राख्नुभएको छ । उहाँले ड्रागन फलबाट जुस, क्यान्डी र वाइन बनाउने सोच अघि सार्नुभएको छ ।

राज्यका प्रणालीगत समस्या समाधान गर्नुपर्ने सुझाव

कृषि क्षेत्रका प्रणालीगत रुपमा देखिएका समस्या समाधानका लागि राज्यको चासो पुग्नुपर्ने उहाँको भनाइ छ । कृषिप्रतिको आकर्षण बढाउनका लागि समयमा मल नपाइनु, गुणस्तरीय बीउको अभाव, कृषि बिमाको झन्झट र स्थिर बजार नहुनेलगायतका समस्या समाधानका लागि राज्यको चासो पुग्नुपर्ने उहाँको भनाइ छ ।

राज्यको नीतिहरू कृषकमैत्री बन्नुपर्ने बताउँदै उहाँले कृषिउपजको न्यूनतम समर्थन मूल्य निर्धारणसँगै डिजिटल बजारको पहुँच बढाउनु जरुरी रहेको बताउनुभयो । राम्रो उत्पादनका लागि गुणस्तरीय बीउ आवश्यक हुने आफ्नो अनुभवले देखाएको बताउँदै उहाँले आफ्नो फार्ममा करिब पाँच हजार पुराना ड्रागन फलका बोट फालेर नयाँ बोट लगाएको जानकारी दिनुभयो ।

कृषिकर्मका लागि पारिवारिक सहयोग तथा समर्थन पनि उत्तिकै अपरिहार्य हुने उहाँको अनुभव छ । “मैले शिक्षण पेसा छोडेर कृषिमा लाग्दा सुरुसुरुमा धेरैले धेरै कुरा भने”, उहाँले विगत सम्झँदै भन्नुभयो, “आफ्नो व्यावसायिक यात्रामा बाहिरका व्यक्तिले के भन्छन्भन्दा पनि आफ्नो निरन्तरको लगाव र परिवारको साथ सहयोगले नै मलाई यो अवस्थामा पु¥याएको हो ।”

लामाले गरेको व्यावसायिक कृषिको सिको पछिल्लो समयमा यहाँका धेरै स्थानीयले गर्न थालेका छन् । पछिल्ला समयमा पदमपोखरीमा व्यावसायिक कृषिको विकासका लागि हेटौँडा उपमहानगरपालिकासहित सरकारी निकायले पनि निरन्तर साथ सहयोग पु¥याइरहेको उहाँले बताउनुभयो ।

पदमपोखरीमा व्यावसायिक कृषिप्रतिको आकर्षण र सम्भावना देखेर नै कृषि विकास कार्यालय चितवनमार्फत समुदायमा आधारित ‘एक वडा एक कृषि उत्पादन’ कार्यकमअन्तर्गत मेवाखेती गरिएको छ । आधामा र कृषक समूहका रुपमा यहाँका यहाँका १०४ जना कृषक समूहमा आबद्ध भई मेवाखेती गरिरहेको समूहका अध्यक्षसमेत रहेका लामाले जानकारी दिनुभयो । उहाँका अनुसार पदमपोखरीमा मात्रै हाल ३० हजार सङ्ख्यामा मेवाका बोट रहेका छन् ।

राम्रो मेहनत गर्नसकेमा रोजगारीका लागि विदेशिनुपर्ने अवस्था नरहेको बताउँदै उहाँले स्वदेशमा नै व्यावसायिक कृषिबाट स्वरोजगार बन्दै अरुलाई पनि रोजगारी दिन सकिने अनुभव सुनाउनुभयो । “यहीँ केही गर्नसकेमा इज्जतसँगै पैसा पनि कमाउन सकिन्छ”, उहाँले थप्नुभयो, “हाम्रो यहाँको भूगोलमा व्यावसायिक कृषिका धेरै सम्भावना रहेका छन्, तर यसप्रतिको लगाव तथा समर्पण भने अपरिहार्य छ ।” कृषिउद्यमलाई पर्यटनसँग पनि जोड्न सकिने बताउँदै उहाँले देशको आर्थिक समृद्धिका लागि कृषि उपयुक्त विकल्प भएको बताउनुभयो ।

  • चितवन
  • बागमती
  • मकवानपुर
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    पाइडल रिक्सा चालकको रोजीरोटीमा क्रमशः समस्या

  • विचारः लोकतन्त्रको अबको यात्रा परिणाममुखी लोकतन्त्र

    विचारः लोकतन्त्रको अबको यात्रा परिणाममुखी लोकतन्त्र

  • Post Thumbnail

    पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

  • चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ऊर्जामन्त्रीद्वारा ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा जोड

    ऊर्जामन्त्रीद्वारा ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा जोड

    Post Thumbnail

    एमाले स्थायी कमिटीः वरिष्ठ नेता भण्डारीको शपथ

    Post Thumbnail

    क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छः मन्त्री पोखरेल

    Post Thumbnail

    विश्व वरियतामा नेपाल १६औँ स्थानमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution