Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गुल्मी

हुरीले गोलभेँडा खेतीमा क्षति

गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा खेतीमा क्षति पुगेको छ । व्यावसायिकरुपमा निर्माण गरिएका करिब चार सय टनेलमध्ये ८० वटामा क्षति पुगेको हो ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २२, बिहिबार (२ घण्टा अघि)
हुरीले गोलभेँडा खेतीमा क्षति

गुल्मी, २२ असोजः गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा खेतीमा क्षति पुगेको छ । व्यावसायिकरुपमा निर्माण गरिएका करिब चार सय टनेलमध्ये ८० वटामा क्षति पुगेको हो ।

सत्यवती गाउँपालिका–३ का वडाध्यक्ष जितबहादुर त्रामु मगरका अनुसार हुरीले टनेलको प्लास्टिक च्यातिएपछि गोलभँेडा खेतीमा क्षति पुगेको हो । टनेलमा किसानले गोलभेँडा, बन्दा, काउली, सिमी, काँक्रा, सिमलामिर्च, तिते करेलालगायतका तरकारी उत्पादन गर्दै आएका छन् ।

एउटा टनेलबाट चारदेखि पाँच क्वीन्टलसम्म गोलभेँडा उत्पादन हुने त्यहाँका किसान बताउँछन् । टनेलको प्लास्टिक च्यातिएपछि गोलभेँडाका साथै अन्य तरकारीमा समेत क्षति पुगेको छ । उक्त क्षेत्रमा सबैभन्दा बढी गोलभेँडा उत्पादन हुने गरेको छ । ठूलोलुम्पेकमा उत्पादित तरकारी बिक्री गर्न स्थानीय बजारसँगै बुटवलसम्म लैजाने गरिएको छ ।

बजारमा गोलभेँडाको माग अत्यधिक भए पनि पछिल्लो समय माग अनुसार उत्पादन गर्न नसकिएको वडाध्यक्ष मगरले बताउनुभयो । हुरीका कारण रु आठ लाखभन्दा बढीको गोलभेँडामा क्षति पुगेको छ । स्थानीय बजारमा गोलभेँडा प्रतिकिलो रु ५० देखि रु ६० सम्ममा तथा थोकमा रु ३५ देखि रु ४० सम्म बिक्री हुने गरेको छ ।

वडाध्यक्ष मगरका अनुसार ठूलोलुम्पेकमा इन्द्र विश्वकर्मा, लिलस राहडी, हेमराज थापा, मोतीप्रसाद श्रीस, चेतमान राहडीलगायत किसानले व्यावसायिकरुपमा तरकारी खेती गर्दै आउनुभएको छ । वर्खामा सडक अवरुद्ध हुँदा यहाँका किसानलाई यतिबेला तरकारी बजारसम्म पुर्याउन सकस भएको छ । अहिले किसानले करिब एक घण्टा लामो वैकल्पिक सडक प्रयोग गरेर सङ्कलन केन्द्रसम्म तरकारी पुर्याउनु पर्ने बाध्यता छ ।

किसानलाई बजारको समस्या नहोस् भन्ने उद्देश्यले सत्यवती गाउँपालिकाले बुटवलको कृषि उपज तथा तरकारी थोक बिक्री केन्द्रमा सटर भाडामा लिएर तरकारीको व्यवस्थापन गर्दै आएको छ । तीन वर्षदेखि गाउँपालिकाले सटरको भाडा व्यहोर्दै तरकारी बिक्रीको चाँजोपााजो मिलाउँदै आएको गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताउनुभयो ।

तरकारी उत्पादनमा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले उत्पादनमा आधारित अनुदान उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । यस अन्तर्गत कृषकलाई प्रतिकिलो दुई रुपैयाँ र त्यसको व्यवस्थापन गर्ने समूहलाई प्रतिक्विन्टल २० रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

  • गुल्मी
  • प्रतिक्रिया दिनुहोस
    आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    अनुदान पाएपछि मालारानीका कृषक सामूहिक बजारीकरणमा

  • Post Thumbnail

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

  • Post Thumbnail

    फलफूलखेतीः बगैँचा बढे तर उत्पादन न्यून

  • Post Thumbnail

    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

    मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

    हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की

    हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की

    Post Thumbnail

    आलेखः शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय

    Post Thumbnail

    लुटपाटमा संलग्न चार जना पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution