Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
महोत्तरी

फलफूलखेतीः बगैँचा बढे तर उत्पादन न्यून

मधेस आँप, लिची र केरासहितका फलफूल उत्पादनको उर्वर ठाउँ मानिन्छ । यहाँ ती फलफूलखेतीले खासै गति लिएको छैन
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार (५२ मिनेट अघि)
Post Thumbnail

महोत्तरी, २१ असोजः मधेस आँप, लिची र केरासहितका फलफूल उत्पादनको उर्वर ठाउँ मानिन्छ । यहाँ ती फलफूलखेतीले खासै गति लिएको छैन । जिल्लामा आँप र लिचीका बगैँचा बर्सेनि केही बढेका देखिए पनि उत्पादनले भने उत्साह दिन नसकेको किसानको गुनासो छ ।

“बगैँचा त बढेका छन्, तर उत्पादन बढेन”, बर्दिबास–५ चेरुका किसान होतराज घिमिरे भन्नुहुन्छ, “खासगरी विभिन्न रोगव्याध, सुक्खा र वर्ष बिराउने क्रमले आँप र लिचीको उत्पादन बढ्न नसकेको हो, आफ्ना करिब २०० आँपका रुखमा पछिल्ला तीन वर्षयता झन्झन् उत्पादन घटेको छ ।”

मधेसमा फलको राजा मानिने आँपखेती यसपालि जिल्लामा पाँच हजार हेक्टरको सेरोफेरोमा पुगेको जिल्लास्थित कृषि ज्ञान केन्द्र कार्यालयको तथ्याङ्क छ । यो गत वर्षभन्दा ५०० हेक्टरले बढी हो । आव २०८२÷८३ मा जिल्लामा आँपखेती चार हजार ५६० हेक्टरमा रहेको कार्यालयको तथ्याङ्क छ । बितेको सिजनको सो वर्ष आँप २९ हजार ७०० मेट्रिक टन उत्पादन भएको थियो । जुन आव २०८०/८१ भन्दा निकै कम हो । आव २०८०÷८१ मा चार हजार ५०० हेक्टरमा रहेको आँप बगैँचाबाट ४७ हजार २५० मेट्रिक टन उत्पादन भएको थियो । आव २०८१÷८२ मा भने माथिका दुवै वर्षभन्दा निकै कम उत्पादन भएको तथ्याङ्क छ । सो वर्ष चार हजार ५०० हेक्टरमै रहेको बगैँचाबाट १३ हजार ४६० मेट्रिक टनमात्र आँप उत्पादन भएको तथ्याङ्कले देखाएको छ ।

वर्ष–वर्षमा आँप उत्पादनमा यति धेरै फरक पर्नुमा ‘अफइयर’ (वर्ष बिराउने), सुक्खाखडेरी र मधुवा (आँपको पूmलमा लाग्ने डढुवा रोग)को प्रकोप मुख्य कारण भएको बागवानी विज्ञसमेत रहनुभएका कृषि ज्ञान केन्द्र कार्यालय जलेश्वरका सूचना अधिकारी अविरलकुमार महतोको भनाइ छ । आँपमा प्रत्येक दुईतीन वर्षमा ‘अफइयर’ हुनेहुँदा सो वर्ष उत्पादन घट्ने गरेको महतोले स्पष्ट पार्नुभयो । मधेसको माटो र हावापानी आँपका लागि अनुकूल भए पनि बजारको अनिश्चितताले यो खेती महोत्तरीमा खासै बढ्न नसकेको विज्ञहरु स्वीकार गर्छन् । मधेसमा आँप रोप्ने समय असारदेखि असोजसम्म र पछि फागुन उपयुक्त मानिन्छ । यसपालि चालु आवको अन्त्यसम्म पाँच हजार हेक्टरको सेरोफेरोमा आँपखेती पुग्ने कार्यालयको अनुमान छ ।

यसैगरी मधेसको अर्को प्रसिद्ध फल लिचीका बगैँचा पनि जिल्लामा सामान्य रूपमा बढ्दो छ । आव २०८०/८१ मा १०५ हेक्टरमा मात्र रहेको लिची सो वर्ष एक हजार ५० मेट्रिक टन उत्पादन भएको थियो । सोलगत्तै पछिको आव २०८१/८२ मा खेती १२० हेक्टर र आव २०८२/८३ मा १४० हेक्टर पुगेको कार्यालयले जनाएको छ । यी दुई वर्षमा उत्पादन क्रमशः एक हजार २२५ र एक हजार ४५० मेट्रिक टन पुगेको तथ्याङ्क रहेको महतोले स्पष्ट पार्नुभयो । चालु आवमा लिची केही बढेर २०० हेक्टरमा पुग्ने कार्यालयको अड्कल छ । थोरथोरै बढेको क्षेत्रफलमा उत्पादन पनि केही बढेको देखिए पनि रुखको अनुपातमा उत्पादन कमै भएको विज्ञको भनाइ छ ।

त्यसैगरी, बजारैपिच्छे केराको बजार सदाबहार जमे पनि महोत्तरीमा केराखेती खासै बढेको छैन । बरु तीन वर्षअघिभन्दा अहिले केराखेती घटेको छ । आव २०८०÷८१ मा ३०० हेक्टरमा रहेको केराखेती २०८१÷८२ मा २८० हेक्टरमा झरेको तथ्याङ्कमा देखिन्छ । आव २०८२÷८३ मा भने अलिकति बढेर २९० हेक्टरमा पुगेको खेती यसपालि ४०० हेक्टरको हाराहारी पुग्ने बागवानीविज्ञ महतोले बताउनुभयो ।

केराको उत्पादन आव २०८०÷८१ मा चार हजार ७२९, आव २०८१÷८२ मा चार हजार ४८० र आव २०८२÷८३ मा चार हजार ४९५ मेट्रिक टन उत्पादन भएको महतोले तथ्याङ्क केलाउँदै स्पष्ट पार्नुभयो । मधेसका प्रत्येकजसो चाडबाडमा अनिवार्यजस्तै मानिएको केरा यहाँका सबैजसो बजारमा दिनहुँ बिक्री हुन्छ । यो सबै केरा अन्य जिल्ला र भारततिरबाट समेत आउने फलपूmल व्यापारी नै बताउँछन् । केराका लागि पनि यहाँको माटो, हावापानी अनुकूल भए पनि यस आधारमा खेती भने नबढेको देखिन्छ ।

आँप, लिची र केराको यो व्यावसायिक खेतीको तथ्याङ्क हो । मधेसमा थोरै जग्गा हुनेले पनि घरकरेसामै एकदुईवटा आँप, लिची र एकाध झाङ केरा लगाएका बाक्लै देखिन्छ । आफ्नो घरको प्रयोजनका लागि यसरी आँप, लिची र केरा लगाउने किसान भने आम रूपमै पाइने गरेको महतो बताउनुहुन्छ ।

जिल्लामा ७१ हजार हेक्टर खेतीयोग्य जग्गा रहेको कार्यालयको तथ्याङ्क छ । यसबाहेक अन्य बाली राम्ररी नहुर्कने पाखा÷ढड्यान ठाउँमा पनि सामान्य मेहनत र सम्भारमा आँप, लिची र केरा हुर्काउन सकिन्छ । मधेसको माटो र हावापानी यी फल खेतीका लागि अनुकूल भए पनि यसबाट जीवनयापन र राम्रो आर्जनको भरोसा जगाउन नसकिँदा खेती अपेक्षित बढ्न नसकेको कृषि क्षेत्रकै सरकारी सेवाको सहसचिबबाट अवकाश लिनुभएका बागवानीविज्ञ भङ्गाहा–५ सीतापुरका रामबहादुर भुजेलको विगत अनुभव छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • महोत्तरी
  • प्रतिक्रिया दिनुहोस
    आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

  • Post Thumbnail

    राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

  • सुनको मूल्य स्थिरः चाँदीको घट्यो

    सुनको मूल्य स्थिरः चाँदीको घट्यो

  • काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

    काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट

    सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट

    Post Thumbnail

    सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    Post Thumbnail

    फलफूलखेतीः बगैँचा बढे तर उत्पादन न्यून

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution