Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गण्डकी

पोखरामा आगलागीजन्य विपद् उद्धार अभ्यास

पोखरामा आगलागीजन्य विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी संयुक्त अभ्यास गरिएको छ । जिल्ला सुरक्षा समिति, कास्की र रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान), पोखराको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, कास्कीको सहयोगमा बुधबार पोखरा महानगरपालिका–७ स्थित कोमागाने उद्यानमा नमूना उद्धार अभ्यास गरिएको हो ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार (२ घण्टा अघि)
Post Thumbnail

गण्डकी, २१ असोजः पोखरामा आगलागीजन्य विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी संयुक्त अभ्यास गरिएको छ । जिल्ला सुरक्षा समिति, कास्की र रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान), पोखराको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, कास्कीको सहयोगमा बुधबार पोखरा महानगरपालिका–७ स्थित कोमागाने उद्यानमा नमूना उद्धार अभ्यास गरिएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, रेडक्रसकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवकलगायतको सहभागितामा आगलागी नियन्त्रण, व्यवस्थापन तथा उद्धार सम्बन्धी कृत्रिम अभ्यास गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

सुरक्षाकर्मीलाई आगलगीजन्य विपद्को उद्धार कार्यमा दक्ष र सीपयुक्त बनाउन नमूना अभ्यास आयोजना गरिएका उहाँको भनाइ छ । उक्त अवसरमा सुरक्षाकर्मीले खाना पकाउने एलपी ग्यासमा लाग्ने आगलागी नियन्त्रणका उपायबारे अभ्याससहित होटल तथा रेष्टुराँमा काम गर्ने कर्मचारीसहित सर्वसाधारणलाई जानकारी गराएका थिए ।

आगलागी नियन्त्रणमा यन्त्र, उपकरणको प्रयोग, मानवसंसाधन परिचालन, आगलागी नियन्त्रण, घाइतेको उद्धार तथा प्राथमिक उपचारलगायतको कृत्रिम अभ्यास गरिएको थियो । सुरक्षाकर्मीले आगलागी नियन्त्रण तथा उद्धार कार्यमा प्रयोग भइरहेका नयाँनयाँ सीप र प्रविधिको प्रदर्शन गरेका थिए ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले नमूना अभ्यासले आगलागीका घटना न्यूनीकरण तथा व्यवस्थापनमा पूर्वतयारीसँगै जनस्तरमा सचेतना अभिवृद्धि हुने बताउनुभयो । पोखरा पर्यटकीय राजधानीसमेत भएकाले यस सहर हरेक हिसाबले सुरक्षित छ भन्ने सन्देश अन्तरराष्ट्रिय जगत्मासमेत पुर्‍याउनुपर्ने प्रजिअ गुरुङले बताउनुभयो ।

विपद्सम्बन्धी सम्भावित घटनाको उद्धार तथा कृत्रिम अभ्यासमार्फत आमनागरिकमा सचेतना अभिवृद्धि हुने विश्वास लिइएको उहाँको भनाइ छ । जिल्ला सुरक्षा समितिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सम्बद्ध सङ्घसंस्थासँगको समन्वय र सहकार्यमा प्रत्येक वर्ष विपद् पूर्वतयारी तथा कृत्रिम अभ्यास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

उक्त अवसरमा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)का तर्फबाट जिल्ला विपद् व्यवस्थापन समितिलाई ११ थान आगो निभाउने यन्त्र (फायर एक्स्टिङ्गुइसर) र ११ थान ‘फाइर ब्ल्याङ्केट’ प्रदान गरिएको थियो । ‘रेवान’ पोखराका अध्यक्ष वसन्त गौतमले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा समाजका सबै पक्षको एकताबद्ध पहल आवश्यक हुने बताउनुभयो ।

  • कास्की
  • गण्डकी
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सङ्घीयताका कारण कर्णाली राज्यको मूल प्रवाहमा आयोः मुख्यमन्त्री शाही

  • Post Thumbnail

    घूस लिएको अभियोगमा मुद्दा दायर

  • दुई वर्षमा टरिगाउँमा १४ सय मिटर धावनमार्ग बन्छः मन्त्री पौडेल

    दुई वर्षमा टरिगाउँमा १४ सय मिटर धावनमार्ग बन्छः मन्त्री पौडेल

  • Post Thumbnail

    मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सङ्घीयताका कारण कर्णाली राज्यको मूल प्रवाहमा आयोः मुख्यमन्त्री शाही

    Post Thumbnail

    घूस लिएको अभियोगमा मुद्दा दायर

    दुई वर्षमा टरिगाउँमा १४ सय मिटर धावनमार्ग बन्छः मन्त्री पौडेल

    दुई वर्षमा टरिगाउँमा १४ सय मिटर धावनमार्ग बन्छः मन्त्री पौडेल

    Post Thumbnail

    लागुऔषधसहित नौ जना पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution