
कर्णाली, २१ असोजः कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले विगतमा भएको राजनीतिक परिवर्तन र आन्दोलनका कारण नेपाली जनताले अधिकार पाएको बताउनुभएको छ ।
दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ चुप्रामा आयोजित सांस्कृतिक महोत्सवको आज उद्घाटन गर्नुहुँदै उहाँले विगतमा केही भएन भनेर गरिएको प्रचारमा कुनै सत्यता नभएको बताउनुभयो । विगतले नेपाली जनतालाई अधिकारसम्पन्न बनाएको र विकासको लहर ल्याएको मुख्यमन्त्री शाहीले दाबी गर्नुभयो ।
मुख्यमन्त्री शाहीले कर्णालीजस्तो विकट भूगोल सङ्घीयताकै कारण राज्यको मूल प्रवाहमा जोडिन सक्षम भएको जनाउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा गणतन्त्र र सङ्घीयता आउँथेन भने डुङ्गेश्वर गाउँपालिका यो संरचनामा तयार हुँदैनथ्यो । पछिल्लो दश वर्षको अवधिमा जुन स्तरमा विकास भएको छ, त्यसबाट स्थानीय तह अधिकारसम्पन्न भएका छन् । यो सङ्घीयताकै देन हो ।”
कर्णाली प्रदेशको भौतिक पूर्वाधारमन्त्री हुँदा नै प्रदेश राजधानीबाट पालिका केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने योजना अघि सारेको स्मरण गर्दै उहाँले अगाडि भन्नुभयो, “मैले एकपटक अनुगमन पनि गरेको थिए । अहिले कालोपत्रे भइसकेको छ ।”
उहाँले डुङ्गेश्वर गाउँपालिकाको समग्र विकासका लागि प्रदेश सरकारसँग अनुरोध भएमा आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो । महोत्सवमा गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसी, वडाध्यक्ष श्याम रानालगायतका जनप्रतिनिधिको उपस्थिति थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |