Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
मुस्ताङ

मुस्ताङका तीन स्थानीय तहद्वारा छ ब्यारेल इन्धन सहयोग

राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले छ ब्यारेल इन्धन (डिजेल) उपलब्ध गराएका छन् । यही असोज ११ देखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनार्थ ईन्धन अभाव नहोस् भनेर इन्धन उपलब्ध गराएको हो ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार (१ घण्टा अघि)
Post Thumbnail

मुस्ताङ, २१ असोजः राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले छ ब्यारेल इन्धन (डिजेल) उपलब्ध गराएका छन् । यही असोज ११ देखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनार्थ ईन्धन अभाव नहोस् भनेर इन्धन उपलब्ध गराएको हो ।

यसअघि बेनी–जोमसोम सडक पुनर्निर्माणका लागि आयोजनाबाट पर्याप्त मात्रामा इकुमेन्ट र जनशक्ति परिचालन गरिएको भए पनि सडक अवरुद्धले ईन्धनको व्यवस्थापन गर्न नसक्दा सडक मर्मतको काम प्रभावित भएको थियो । नेपाली सेनाको सहयोगमा म्याग्दीको कुनौटे सडकमा ड्रोनमार्फत इन्धन ढुवानी गरिएको थियो ।

यही असोज ८ देखिको भारी वर्षाले बेनी–जोमसोम–कोरला सडकमार्गको दर्जनौँ स्थान सडक क्षतविक्षेत भएको छ । जसका कारण बेनी–जोमसोम सडक पछिल्लो दश दिनदेखि सडक अवरुद्ध छ । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङमा नराम्रो असर परेको छ । राष्ट्रिय गौरवको सडक मुस्ताङसँगको सडक कनेक्टिभिटी टुटेसँगै मुस्ताङम पर्यटन र कृषि क्षेत्रमा ठूलो नोक्सानी भएको छ ।

बेनी–जोमसोम सडकको सीधा यातायात सम्पर्कविच्छेद भएसँगै मुस्ताङमा दैनिक उपभोग्य वस्तु तथा इन्धनको समस्या परेको छ । सडक अवरुद्धका कारण प्रभावित बनेको मुस्ताङको जनजीवन सहज बनाउन तथा सडक मर्मतलाई गति प्रदान गर्न मुस्ताङको घरपझोङ २२० लिटर (एक ब्यारेल), वारागुङ मुक्तिक्षेत्रले ६६० लिटर (तीन ब्यारेल) र लोघेकर दामोदरकुण्डले २२० लिटर (एक ब्यारेल इन्धन (डिजेल) मुस्ताङबाट ढुवानी गरी सहयोग पुर्‍याएका छन् ।

वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामगेल गुरुङ, घरपझोङका अध्यक्ष मोहनसिंह लालचन र लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टलगायतले मुस्ताङबाट इन्धन ढुवानी गरी आयोजनालाई हस्तान्तरण गर्नुभएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । योसँगै बेनी–जोमसोम सडक मर्मतका लागि सडक उपकरण चलाउन इन्धनको समस्या टरेको उहाँको भनाइ छ ।

अवरुद्ध बेनी–जोमसोम सडकको अधिकांश स्थानमा सडक मर्मत भई सञ्चालनमा आइसकेको भए पनि म्याग्दीको पोखरेबगरमा कालीगण्डकी नदीको पुल एप्रोज सडक र कुनौटो सडकको सडक मर्मत तीव्र पारिएको छ । आयोजना प्रमुख शर्माले बेनी–जोमसोम अवरुद्ध सडक छिट्टै सञ्चालनमा ल्याउने बताउनुभयो ।

भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक ध्वस्त हुँदा मुस्ताङ पूर्ण रूपमा प्रभावित भएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले उल्लेख गर्नुभयो । सडक अवरुद्धले दसैँ–तिहारअघिको छेकोमा हुने पर्यटन व्यवसाय र स्याउको बजारीकरणमा समस्या परेको उहाँले बताउनुभयो ।

कोरलानाकाको निकासी तथा पैठारी व्यापार पूर्ण रूपमा प्रभावित भएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङमा सयौँ कन्टेनर तथा विद्युतीय सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्न नसकेको लोघेरक दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिनुभयो ।

बेनी–जोमसोम–कोरला सडक गण्डकी प्रदेश र मुस्ताङ जिल्लाकै आर्थिक समृद्धिको मेरुदण्ड भएकाले यो सडकलाई यथाशीघ्र मर्मत गरी सडक सञ्चालन गराउन सबै पक्षको उत्तिकै साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

  • नेपाली सेना
  • मुस्ताङ
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग

  • Post Thumbnail

    हाइटेरा र अडिडेलद्वारा सुरक्षा निकायलाई सञ्चार प्रविधि हस्तान्तरण

  • Post Thumbnail

    सार्वजनिक सञ्चार संस्थाको संरचना चुस्त बनाउन आवश्यक छ : सञ्चारमन्त्री

  • Post Thumbnail

    नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

    कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

    Post Thumbnail

    कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

    Post Thumbnail

    सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग

    Post Thumbnail

    भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद् अध्ययन समितिको सभापतिमा पौडेलको मात्र उम्मेदवारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution