Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
महेन्द्रनगर

चाडपर्व लक्षित प्रतियोगिताले खेलकुदमय कञ्चनपुर

कञ्चनपुरमा दसैँ, दीपावली र छठपर्वलगायतका चाडपर्व नजिकिएसँगै जिल्ला खेलकुद प्रतियोगितामय बनेको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार (२ घण्टा अघि)
Post Thumbnail

महेन्द्रनगर, २१ असोजः कञ्चनपुरमा दसैँ, दीपावली र छठपर्वलगायतका चाडपर्व नजिकिएसँगै जिल्ला खेलकुद प्रतियोगितामय बनेको छ ।

चाडपर्वको अवसरमा पारेर यहाँ फुटबल, ब्याडमिन्टनलगायतका प्रतियोगिता खेलकुद समिति र क्लबहरुको आयोजनामा सञ्चालन हुँदैछ । कञ्चनपुरको महेन्द्रनगरमा तेस्रो बासुदेव स्मृति सेभन ए साइड यू–१६ अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता जारी छ ।

प्रतियोगिताका संयोजक गौरव बोहराले प्रतियोगितामा जिल्लाभरका सामुदायिक र संस्थागत गरी ३२ विद्यालय सहभागी रहेको जानकारी दिनुभयो । उक्त प्रतियोगिता कञ्चनपुर जिल्ला फुटबल सङ्घको समन्वयमा भइरहेको छ । त्यस्तै, कञ्चनपुरको कृष्णपुर–२ मा दीपेन्द्र स्मृति सामुदायिक वन उपभोक्ता समितिले पनि मङ्गलबारदेखि दसैँ, दीपावली तथा छठपर्वको अवसरमा अयोजना गरेको फुटबल प्रतियोगितामा भेट्रान, यू–१६ र युवातर्फ गरी तीन विधामा फुटबल हुँदैछ ।

वन संरक्षणसँगै खेलकुदको सम्मान, भेट्रान फुटबल स्वास्थ्य र एकताको अभियान भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगितामा भेट्रानतर्फ १३, यू–१६ मा १३ र युवा विधामा १६ टिम सहभागी रहेको प्रतियोगिता संयोजक धर्मबहादुर थापाले बताउनुभयो । प्रतियोगितामा भेट्रानमा उपाधि विजेतालाई रु ५१ हजार तथा यू–१६ र युवातर्फको उपाधि विजेता टिमलाई रु २० हजार नगद प्रदान गरिनेछ ।

त्यस्तै शुक्लाफाँटा ब्याडसिमन्टन सङ्घले शुक्रबारदेखि झलारीमा तीन दिने सुदूरपश्चिम प्रदेशस्तरीय ब्याडमिनटन प्रतियोगिता आयोजना गर्दैछ । सङ्घका अध्यक्ष पुष्पराज भट्टले खेलकुदका माध्यमबाट सद्भाव कायम गर्दै स्वास्थ्य समाज निर्माण गर्ने, समाजमा विद्यमान कुरीति, विसङ्गतिको अन्त्य गर्ने, युवा पिँढीलाई लागुऔषधबाट टाढा राखेर समाज रुपान्तरणमा युवाको सक्रिय सहभागिता गराउने उद्देश्यले आयोजना गरिएको बताउनुभयो ।

“अहिले टिम दर्ताको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेश स्तरीय र कञ्चनपुर निर्वाचन क्षेत्र नं २ स्तरीय व्याडमिन्टन प्रतियोगिता हँुदैछ ।” त्यस्तै कञ्चनपुरको दोधारा चादँनीमा पनि दशैं शुभदिवापलीको अवसरमा तेस्रो मेयर कप फुटबल प्रतियोगिता एक सातादेखि सञ्चालन भइरहेको छ । दोधारा चाँदनी नगर खेलकुद समितिद्वारा आयोजित प्रतियोगितामा नगरभित्रका २० टिम सहभागी छन् । समितिका अध्यक्ष रवि गिरीले प्रतियोगितको उपाधि विजेता टिमले रु एक लाख एक हजार नगदसहित पुरस्कृत हुने जानकारी दिनुभयो ।

त्यसैगरी, यहाँको बेल्डाडी गाउँपालिकामा पनि घटस्थापनाको दिन कञ्चनपुर निर्वाचन क्षेत्र नं १ स्तरीय फुटबल प्रतियोगिता आयोजना हुँदैछ । डेढ दर्जन हाराहारी टिम सहभागी हुने उक्त प्रतियोगिता बेल्डाडी फुटबल एकेडेमीले आयोजना गर्न लागेको हो । प्रतियोगिताको उपाधि विजेता टिमले रु ८५ हजार नगहसहित सम्मानित हुनेछ ।

त्यसैगरी कञ्चनपुरकै ठूलो बृहत् १६ औँ रनिङ्ग चाँदीकप खुला फुटबल प्रतियोगिता कञ्चनपुरको पुनर्वासमा शनिबारबाट सुरु हुँदैछ । आयोजक सिद्धार्थ युवा क्लबका अध्यक्ष प्रकाश तामाङले प्रतियोगितामा सुदूरपश्चिम प्रदेश भरका २९ टिम सहभागी हुने जानकारी दिनुभयो ।

“६४ तोला चाँदी जडित ट्रफिसहित उपाधि विजेता टिम पुरस्कृत हुनेछ”, अध्यक्ष तामाङले भन्नुभयो, “यो यस क्षेत्रकै ठूलो र नियमित भइरहेको फुटबल प्रतियोगिता हो ।” उहाँले दसैँ दीपावलीको अवसर पारेर यस वर्ष ‘लागुऔषध नियन्त्रणमा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ प्रतियोगिता आयोजनाको तयारी भइसकेको बताउनुभयो । कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले यहाँ लामो समयदेखि चाडपर्वको बेला प्रतियोगिता जिल्लाभर सञ्चालन हँुदै आएको बताउनुभयो ।

“यसले खेलकुदको विकासमा पनि टेवा पुगेको छ”, अध्यक्ष सिंहले भन्नुभयो, “चाडपर्वका बेला मनोरञ्जनसँगै समाजमा युवाहरुलाई सक्रिय बनाउन पनि प्रतियोगिताका आयोजना गर्नु आवश्यक छ ।”

राष्ट्रिय समाचार समिति (रासस)

  • कञ्चनपुर
  • महेन्द्रनगर
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य

  • Post Thumbnail

    एनपिएलको तयारी अन्तिम चरणमा

  • Post Thumbnail

    पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता

  • रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कांग्रेस १५औँ महाधिवेशनः उपसभापतिका उम्मेदवार चालिसेद्वारा उम्मेदवारी फिर्ता

    कांग्रेस १५औँ महाधिवेशनः उपसभापतिका उम्मेदवार चालिसेद्वारा उम्मेदवारी फिर्ता

    Post Thumbnail

    हाइटेरा र अडिडेलद्वारा सुरक्षा निकायलाई सञ्चार प्रविधि हस्तान्तरण

    कांग्रेस १५औँ महाधिवेशनः सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता

    कांग्रेस १५औँ महाधिवेशनः सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता

    Post Thumbnail

    धुलिखेल एकीकृत जग्गा विकास आयोजना अघि बढ्ने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution