Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

कांग्रेस महाधिवेशनमा आधा दर्जन पत्रकार उम्मेदवार

नेपाली कांग्रेसको १५औँं महाधिवेशनमा पत्रकार पृष्ठभूमिका छ जनाले विभिन्न पदमा उम्मेदवारी दिनुभएको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २१ असोजः नेपाली कांग्रेसको १५औँं महाधिवेशनमा पत्रकार पृष्ठभूमिका छ जनाले विभिन्न पदमा उम्मेदवारी दिनुभएको छ ।

महाधिवेशन निर्वाचन समितिले निर्धारण गरेको तालिकाअनुसार मङ्गलबार सम्पन्न उम्मेदवारी दर्ताका क्रममा उहाँहरूको उम्मेदवारी परेको हो ।

समितिका अनुसार यसअघि कांग्रेसको केन्द्रीय सदस्य रहिसक्नुभएका पत्रकार अजयबाबु शिवाकोटीले सहमहामन्त्री (खुला) पदमा उम्मेदवारी दिनुभएको छ ।

यस्तै, वरिष्ठ पत्रकार कविर राणाले केन्द्रीय सदस्य (खुला), समिरजङ्ग शाह, शिव लम्साल र बाला अधिकारीले केन्द्रीय सदस्य (पेसागततर्फ) र कमला हमालले केन्द्रीय सदस्य (युवा, महिला ३५ वर्षमुनि)मा उम्मेदवारी दिनुभएको हो ।

अधिकारी यसअघि कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुहुन्थ्यो । उहाँहरू सबै जना कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनसँग समेत सम्बद्ध हुनुहुन्छ । राणा युनियनको केन्द्रीय सल्लाहकार हुनुहुन्छ भने शाह पूर्वअध्यक्ष, लम्साल वर्तमान अध्यक्ष, अधिकारी पूर्वअध्यक्ष र हमाल वर्तमान केन्द्रीय सदस्य हुनुहुन्छ ।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन यही असोज १८ गते भएको थियो भने नयाँ नेतृत्व चयनका लागि भोलि बिहान ७ः३० देखि साँझ ५ः०० बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • नेपाली कांग्रेस
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट

    सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट

  • राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

  • Post Thumbnail

    कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

  • Post Thumbnail

    नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    अर्थ मन्त्रालयको सहमति र बजेटमा समावेश बिनै स्थानीय तहद्वारा ऋण परिचालन : वित्त आयोग प्रतिवेदन

    सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट

    सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट

    Post Thumbnail

    सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution