Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बागलुङ

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार (२ घण्टा अघि)
मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ, २१ असोजः यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ । सडक डिभिजन कार्यालय पोखराले पुल दसैँअघि नै सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम दु्रतगतिमा गरिरहेको छ भने हाललाई बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोगको व्यवस्था मिलाएको छ ।

चाडबाडअघिको आवागमनका साथै पर्यटकीय गतिविधिलाई लक्षित गरी मालढुङ्गा पुलको विकल्पमा मालढुङ्गा–बेनी हुँदै बागलुङ र पर्वतको फलेवास–जैमिनीघाट हुँदै बागलुुङ मार्ग प्रयोग भइरहेको छ । एक सय १४ मिटर लामो पुलको पहुँचमार्गको झन्डै ३० मिटर सडकमा क्षति पुगेपछि १० दिनदेखि दुई जिल्लाबीचको सम्पर्क सहज बन्न सकेको छैन । सुरुमा सम्पर्कविच्छेद नै भए पनि अहिले भने वैकल्पिक मार्गबाट आवतजावत भइरहेको छ ।

यसबाट मध्यपहाडी लोकमार्ग हँुँदै बागलुङ, रुकुम, रोल्पाको सम्पर्क सूत्र पनि टुटेको छ । सडक डिभिजन कार्यालय पोखराले पुल मर्मतकार्य २४सै घण्टा गरिएकाले अबका केही दिनमै पुल सञ्चालनमा आउने जनाएको छ । बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको अवस्था अवलोकन गर्न पुग्नुभएका नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङको पर्यटन र आयातनिर्यातका लागि पुल छिट्टै सञ्चालनमा ल्याउनुपर्ने हाललाई भने बागलुङ पुग्ने वैैकल्पिक मार्गका बारेमा पर्यटक र यात्रुलाई जानकारी दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मालढुङ्गा पुल राष्ट्रिय महत्वका रूपमा रहेको छ । उक्त पुल जतिसक्दो चाँडै सञ्चालनमा ल्याउनुपर्छ । कामको प्रगति पनि राम्रै भइरहेकाले चाँडै नै निर्माण हुने पनि देखिएको छ । यसका साथै वैकल्पिक मार्गलाई पनि थप चलायमान बनाउन सकिएमा यसबाट यस क्षेत्रको पर्यटन र आयात–निर्यात सहज बन्नेछ ।

यो एउटा पुलमात्रै नभएर बागलुङलाई राष्ट्रिय राजमार्गमा जोड्ने सेतु नै रहेको र भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोर तथा पहाडलाई छिचोलेको मध्यपहाडी लोकमार्गकै सङ्गमस्थल रहेको ढकालको भनाइ थियो ।

सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले बागलुङ आउने मुख्य नाकाका रूपमा रहेको मालढुङ्गा पुल ठप्प भएपछि वैकल्पिक मार्ग प्रयोग हुँदै आएको जानकारी दिँदै सुवेदीले भन्नुभयो, “दसैँअघि नै पुल सञ्चालनमा आउँछ, बागलुङसहित रुकुमपश्चिमसम्मका यात्रुले सहज यात्रा गर्न सक्नेछन् ।”

पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत र बागलुङ जोड्ने कालीगण्डकीमाथिको मालढुङ्गा मोटरेबल पुल मर्मतकार्य जियोब्याग र जियोग्रेड प्रविधिमा २४सै घण्टा भइरहेको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर अमर अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीले चाडबाडसमेत नजिकिँदै गएको तथा बागलुङमा खाद्यान्न, ग्यासलगायत उपभोग्य सामानको अभावसमेत देखिन थालेकाले २४सै घण्टा काम गरेर भए पनि छिटो पुल सञ्चालनमा ल्याउने प्रयास गरिएको जानकारी दिनुभयो ।

बागलुङका पर्यटन व्यवसायी अर्जुन चोखालका अनुसार बागलुङ बजारमा ग्यास, पेट्रोलियम पदार्थ र खाद्यन्न वैकल्पिक मार्गबाट नियमित आयात भइरहेको छ । उहाँले बैकल्पिक मार्गको प्रयोगबारे स्थानीय, पर्यटक र अन्य यात्रुलाई पनि जानकारी दिइएको बताउनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • पर्वत
  • बागलुङ
  • रुकुम
  • रोल्पा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

    व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

  • मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

  • Post Thumbnail

    नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

  • बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

    बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आश्विन कृष्ण द्वादशी : फर्पिङ हरिशङ्करको मुख्य जात्रा मनाइँदै

    व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

    व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    Post Thumbnail

    सोह्र लाखबराबरको अवैध पटाका बरामद

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution