Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भोजपुर

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

षडानन्द नगरपालिका–१ नेपालेडाँडाका किसान जीवन थापाले व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याउनुभएको छ । व्यावसायिक रूपमा
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार (१ घण्टा अघि)
व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

भोजपुर, २१ असोजः षडानन्द नगरपालिका–१ नेपालेडाँडाका किसान जीवन थापाले व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याउनुभएको छ । व्यावसायिक रूपमा कृषि पेसामा लाग्नुभएका ७१ वर्षीय थापाले कृषि उपजको भण्डारण तथा गुणस्तर कायम राख्ने उद्देश्यले आफ्नै लगानीमा केन्द्र निर्माण गर्नुभएको हो ।

कृषि उत्पादनलाई व्यवस्थित गर्दै उत्पादनपछिको क्षति न्यूनीकरण गर्ने उद्देश्यले करिब रु १५ लाखको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको थापाले बताउनुभयो । उहाँका अनुसार केन्द्रमा एकपटकमा करिब १० हजार किलोग्रामसम्म कृषि उपज भण्डारण गर्न सकिने क्षमता छ ।

किसानले उत्पादन गरेको कृषि उपज तत्कालै बिक्री गर्न नसक्दा बिग्रने तथा उचित मूल्य नपाउने समस्या हुने भएकाले त्यसको समाधानका लागि चिस्यान केन्द्र निर्माण गरिएको उहाँले बताउनुभयो । “कृषि उत्पादन गरेर मात्र हुँदैन । त्यसलाई सुरक्षित रूपमा भण्डारण गरेर उचित समयमा बिक्री गर्न सक्ने व्यवस्था पनि आवश्यक हुन्छ, केन्द्र सञ्चालनमा आएपछि उत्पादनको गुणस्तर जोगाउन र बजार व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरेको छु”, थापाले भन्नुभयो ।

उहाँले २०७६ सालदेखि कृषि क्षेत्रमा व्यावसायिक रूपमा काम गर्दै आउनुभएको छ । उहाँले स्थानीयस्तरमा उत्पादन हुने विभिन्न कृषि उपजलाई सुरक्षित राख्न सकिनेगरी चिस्यान केन्द्र निर्माण गर्नुभएको हो । केन्द्र सञ्चालनमा आएपछि किसानले उत्पादन गरेको उपज तत्काल बिक्री गर्नुपर्ने बाध्यतासमेत कम हुने उहाँको विश्वास छ ।

चिस्यान केन्द्रमा मौसम अनुसारको कृषि उत्पादन भण्डारण गरेर बेमौसममा तुम्लिङटार, धरान इटहरी विराटनगरलगायतका शहरमा लगेर बिक्री गर्दै आएको थापाले जानकारी दिनुभयो । स्थानीयस्तरमा कृषि उपजको उत्पादन बढ्दै गए पनि भण्डारणको उचित व्यवस्था नहुँदा किसानले उत्पादनको उचित मूल्य पाउन नसक्ने अवस्था रहेको थापाले बताउनुभयो । उत्पादनलाई सुरक्षित राखेर बजारको माग र मूल्यअनुसार बिक्री गर्नसके किसानको आम्दानी बढाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

व्यक्तिगत लगानीमा निर्माण गरिएको चिस्यान केन्द्रले स्थानीय किसानलाई पनि कृषि उपज भण्डारणका लागि सहयोग पुग्ने उहाँले बताउनुभयो । गाउँका इच्छुक किसानले ल्याएर आफ्नो कृषि उपज भण्डारण गर्न सक्ने उहाँले जानकारी दिनुभयो । यसबाट उत्पादनपछिको क्षति कम गर्नुका साथै कृषि क्षेत्रमा व्यावसायिक गतिविधि बढाउन सहयोग पुग्ने थापाले बताउनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • भोजपुर
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

  • मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

    मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

  • Post Thumbnail

    नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

  • बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

    बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

    Post Thumbnail

    छ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ

    बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

    बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

    Post Thumbnail

    आश्विन कृष्ण द्वादशी : फर्पिङ हरिशङ्करको मुख्य जात्रा मनाइँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution