Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राँझा

रामलीला मञ्चनमा युवा पुस्ताको साथ खोजिँदै

नेपालगन्जमा १५० वर्षदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला संस्कृतिको विरासत जोगाउन युवापुस्ताको साथ खोजिएको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार (२ घण्टा अघि)
Post Thumbnail

राँझा (बाँके), २१ असोजः नेपालगन्जमा १५० वर्षदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला संस्कृतिको विरासत जोगाउन युवापुस्ताको साथ खोजिएको छ ।

यस वर्ष रामलीला मञ्चनको १५९औँ संस्करणलाई आकर्षण बढाउन युवा पुस्तालाई समेत साथमा लिएर जिम्मेवारी दिइएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिनुभयो ।

“पहिले युवा पुस्ताले रामलीलाका बारेमा त्यति धेरै चासो र चिन्ता गरेका थिएनन्, अहिले आकर्षण र साथ बढ्दै गएको छ”, रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाले भन्नुभयो, “हाम्रो निरन्तरको प्रयासले नयाँ पुस्ता पनि रामलीलामा जोडिदै गएका छन् ।”

युवा पुस्तालाई रामलीलाको इतिहास र यसको सन्देशका बारेमा अझ धेरै प्रचारप्रसार गरेर संस्कृति संरक्षणमा नयाँ पुस्तालाई पनि साथमा लैजाने योजना रहेको उहाँले बताउनुभयो । रामलीला सञ्चालक समितिमा पनि रिक्त स्थानमा युवा पुस्तालाई समेट्दै गएको कनोडियाको भनाइ छ ।

प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगन्जको रामलीला मैदानमा रामलीला महोत्सव मञ्चन हुँदै आएको छ । यो वर्ष रामलीलाको १५९औँ संस्करणको लागि आवश्यक तयारी सुरु गरिएको रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाले जानकारी दिनुभयो ।

“विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि रामीलला महोत्सव सञ्चालन गर्ने तयारी गरेका छौँ”, अध्यक्ष कनोडियाले भन्नुभयो, “रामलीला मञ्चनका लागि भारतको वृन्दावनबाट कलाकार बुक गरिसकेका छौँ ।”

रामलीला मञ्चनका लागि बर्सेनि लाखौँ खर्च गरेर भारतबाट कलाकार ल्याइन्छ । नेपालमै कलाकार उत्पादन गर्ने प्रयास गरिए पनि सफल हुन नसकेको अध्यक्ष कनौडियाले बताउनुभयो । नेपालमै कलाकार उत्पादन गर्न तालिम सञ्चालन गर्ने सोच बनाएको उहाँले उल्लेख गर्नुभयो । एउटा आयोजनामा कम्तीमा रु १५ लाख खर्च हुने गर्दछ । अध्यक्ष कनोडियाले समुदायस्तरबाट डेढ सय वर्षदेखिको यो अद्भूत कलालाई निरन्तरता दिन भइरहेको प्रयास चुनौतीपूर्ण रहेको बताउनुभयो ।

“शतप्रतिशत समुदायको सहयोगबाट चलेको छ । नितान्त समुदायको अग्रसरतामा यहाँसम्म आइपुगेको यो ऐतिहासिक विरासतलाई निरन्तरता दिन र जीवन्त राख्न स्थानीय कलाकार उत्पादनलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्न स्थानीय सरकारको सहयोग आवश्यक देखिन्छ”, कनोडियाले भन्नुभयो ।

सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ः०० देखि १२ः०० बजेसम्म रामलीला मञ्चन गरिन्छ । नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।

यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगन्जलाई चिनाएको उहाँको भनाइ छ । सञ्चालक समितिका अध्यक्ष कानोडियाका अनुसार विश्वनाथ टण्डन, बद्रीनाथ टण्डन, पाटनदिन गुप्ता, जगदीशप्रसाद वैश्य, पन्नालाल गुप्ता, जयेन्द टण्डन, भाइलाल हल्वाईलगायतले नेपालगन्जमा रामलीला महोत्सवको सुरुआत गर्नुभएको थियो ।

नेपालगन्जको परम्परालाई जोगाइराख्नका लागि सहयोग सङ्कलन गरेर रामलीला महोत्सव गर्दै आएको स्थानीय अगुवा द्वारिकाप्रसाद वैश्यले बताउनुभयो । विसं १९२५ देखि नेपालगन्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हँुदै आएको यो कला सीमावर्ती भारतीयहरूबीच लोकप्रिय छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • बाँके
  • राँझा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

    रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

  • Post Thumbnail

    गौरमा स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण

  • Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

  • Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आश्विन कृष्ण द्वादशी : फर्पिङ हरिशङ्करको मुख्य जात्रा मनाइँदै

    व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

    व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    Post Thumbnail

    सोह्र लाखबराबरको अवैध पटाका बरामद

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution