Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

परराष्ट्रमन्त्री खनाल टुभालुमा

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) को आगामी ३१औँ सम्मेलन (कोप–३१) को पूर्वसन्ध्यामा टुभालुको
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २० असोजः परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) को आगामी ३१औँ सम्मेलन (कोप–३१) को पूर्वसन्ध्यामा टुभालुको राजधानी फुनाफुतीमा आयोजित उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज सहभागिता जनाउनुभएको छ ।

उच्चस्तरीय कार्यक्रममा विभिन्न राष्ट्रका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा प्रतिनिधिमण्डलका नेताहरूसँगै सहभागी हुनुभएका उहाँले पर्वतीय तथा साना टापु विकासोन्मुख राष्ट्रहरूले जलवायु परिवर्तनका कारण सामना गरिरहेका साझा चुनौती तथा प्राथमिकताका विषयमा नेपालको धारणा राख्नुभएको थियो ।

कार्यक्रमका विभिन्न औपचारिक सत्रमा सहभागिता जनाउँदै उहाँले जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट प्रभावित मुलुकहरूको साझा सरोकारलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

मन्त्री खनाल र टुभालुका प्रधानमन्त्री फेलेटी तेओबीच भेटवार्ता

यसैबीच टुभालुका प्रधानमन्त्री फेलेटी तेओसँग भएको भेटवार्तामा मन्त्री खनालले नेपाली प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यताप्रति आभार व्यक्त गर्नुभएको थियो । भेटमा उहाँले हिमाली क्षेत्र तथा प्रशान्त महासागरका साना टापु राष्ट्रहरूले जलवायु परिवर्तनका कारण सामना गरिरहेका जोखिम र चुनौतीहरूमा समानता रहेको उल्लेख गर्दै दुवै पक्षबीच जलवायुका क्षेत्रमा सहकार्य थप सुदृढ गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

मन्त्री खनाल र टोङ्गाका प्रधानमन्त्री लर्ड फाकाफानुआबीच भेटवार्ता

फुनाफुतीस्थित टुभालु ’कोस्टल एडाप्टेसन प्रोजेक्टझको स्थलगत अवलोकनका क्रममा परराष्ट्रमन्त्री खनालले टोङ्गाका प्रधानमन्त्री लर्ड फाकाफानुआसँग भेटवार्ता गर्नुभएको थियो ।

सो अवसरमा दुवै नेताबीच उच्च हिमाली पारिस्थितिकीय प्रणाली तथा तल्लो तटीय टापु राष्ट्रहरूले जलवायु परिवर्तनबाट सामना गरिरहेका जोखिमहरूबीचको अन्तरसम्बन्धका विषयमा विचारविमर्श भएको थियो ।

भेटमा जलवायु वित्त, जलवायु अनुकूलन तथा हानि–नोक्सानीसम्बन्धी कोषको प्रभावकारी कार्यान्वयनका लागि पर्वतीय तथा साना टापु राष्ट्रहरूले अन्तरराष्ट्रिय मन्चमा साझा आवाजलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिइएको थियो ।

मन्त्री खनाल र मौरिसस र राष्ट्रपति गोखुल

त्यस्तै सोही अवसरमा परराष्ट्रमन्त्री खनालले मौरिससका राष्ट्रपति धरमवीर गोखुल तथा प्रथम महिला बृन्दा गोखुलसँग पनि सौहार्दपूर्ण भेटवार्ता गर्नुभएको थियो । भेटका क्रममा मन्त्री खनालले परराष्ट्रमन्त्रीका रूपमा आफ्नो पहिलो विदेश भ्रमणका क्रममा मौरिसस भ्रमण गरेको सुखद स्मरण गर्दै नेपाल र मरिससबिच विद्यमान मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्धका विविध पक्षको स्मरण गर्नुभएको थियो ।

भेटमा आगामी दिनमा अन्तरराष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तन तथा जलवायु कार्यका विषयमा नेपाल र मौरिससबीचको सहकार्यलाई अझ सुदृढ गर्दै लैजाने विषयमा समेत छलफल भएको थियो ।

स्थलगत अवलोकनका क्रममा नेपाली प्रतिनिधिमण्डलले समुद्री सतह वृद्धि तथा तीव्र सामुद्रिक छालका प्रभाव न्यूनीकरणका लागि टुभालुले अवलम्बन गरेका तटीय इन्जिनियरिङ तथा जलवायु अनुकूलनसम्बन्धी उपायहरूको प्रत्यक्ष जानकारी लिएको थियो ।

सो अवसरमा मन्त्री खनालले हिमालय क्षेत्रमा तीव्र गतिमा भइरहेको हिमनदी पग्लिने तथा हिमक्षयको समस्या र समुद्री सतह वृद्धिबीचको अन्तरसम्बन्धतर्फ ध्यानाकर्षण गराउनुभएको थियो ।

उहाँले पर्वतीय राष्ट्र तथा साना टापु राष्ट्रहरूको जलवायु भविष्य परस्पर अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका प्रतिकूल प्रभाव सामना गर्न अन्तरराष्ट्रिय समुदायले जलवायु वित्तसम्बन्धी आफ्ना प्रतिबद्धताहरू समयमै, पर्याप्त र न्यायोचित रूपमा पूरा गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।

नेपालले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण देखापरिरहेका प्रतिकूल प्रभाव तथा प्रशान्त क्षेत्रका साना टापु राष्ट्रहरूले सामना गरिरहेका समुद्री सतह वृद्धि, तटीय क्षयलगायतका चुनौतीलाई साझा जलवायु सरोकारका रूपमा प्रस्तुत गर्दै आएको छ ।

टुभालुमा आयोजित उच्चस्तरीय प्रि–कोप लिडर्स इभेन्टमा नेपालको सहभागिताले जलवायु न्याय, हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षण तथा साना टापु विकासोन्मुख राष्ट्रका साझा सरोकारप्रति नेपालको प्रतिबद्धतालाई अन्तरराष्ट्रियस्तरमा थप प्रभावकारी रूपमा अभिव्यक्त गरेको देखिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • पर्वत
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा नुवाकोटका बाढीपीडितसँग छलफल

  • Post Thumbnail

    दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

  • बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

  • Post Thumbnail

    बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा नुवाकोटका बाढीपीडितसँग छलफल

    Post Thumbnail

    दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution