Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । विश्व
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलबार (२ घण्टा अघि)
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता

काठमाडौँ, २० असोजः अर्थमन्त्री डा स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएका अर्थमन्त्री डा वाग्ले र अध्यक्ष बाङ्गाबीच अमेरिकाको वासिङ्टनडिसीमा भेटवार्ता भएको हो ।

भेटघाटका क्रममा अर्थमन्त्री वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, बृहत् आर्थिक सुधार र बिमा एवं सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे छलफल गर्नुभएको अर्थमन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ ।

विश्व बैंकका अध्यक्ष बाङ्गाले नेपालमा बाढी विपद्बाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

साथै, नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि चालेका कदमहरूको प्रशंसा गर्दै उहाँले पूर्वाधारमा लगानी विस्तार र स्वदेशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक र अन्तरराष्ट्रिय वित्त निगमलगायतका विकास साझेदारहरूसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारी दिनुभयो ।

नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार विगत तीन दशकको अवधिमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो नै पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो । उक्त भेटघाट कार्यक्रममा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदलगायतका उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

  • Post Thumbnail

    परराष्ट्रमन्त्री खनाल टुभालुमा

  • Post Thumbnail

    बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

  • झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित

    झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    उद्योग व्यवसायीद्वारा नारायणगढ बजार  जोगाउन माग

    उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

    Post Thumbnail

    धनगढीमा चट्याङको झिल्का लागेर सात जना घाइते

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution