Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक वर्षको अवधिमा सात दशमलव दुई कलोमिटर सडक कालोपत्र, १० किलोमिटर
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार (२ घण्टा अघि)
Post Thumbnail

दमौली (तनहुँ), १९ असोजः तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक वर्षको अवधिमा सात दशमलव दुई कलोमिटर सडक कालोपत्र, १० किलोमिटर ग्रावेल र नौ किलोमिटर नयाँ सडकको ट्रयाक निर्माण गरेको छ ।

गाउँपालिकाले सडक, पुल, खानेपानी तथा सिँचाइ, नदी नियन्त्रण, पार्कलगायत भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । पछिल्लो एक वर्षमा मात्रै गाउँपालिकाभित्र चार वटा पार्क निर्माण भएका छन् भने सात किलोमिटर ढल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

यस अवधिमा एक किमी नदी नियन्त्रण, छ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार र तीन वटा पोखरी निर्माण गरिएको छ । त्यस्तै एउटा नयाँ विद्यालय भवन र चार वटा प्रतीक्षालय निर्माण गरिएको छ । सामुदायिक पूर्वाधारतर्फ चार वटा सामुदायिक वनसम्बन्धी काम भएको थापाले बताउनुभयो ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि हालसम्म बन्दीपुर गाउँपालिकामा ३७ दशमलव दुई किमी सडक कालोपत्र भएको छ । त्यस्तै ७० किमी सडक ग्रावेल र ७९ किमी नयाँ सडकको ट्रयाक खोलिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

गाउँपालिकाका विभिन्न बस्ती तथा ग्रामीण क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यले नयाँ ट्रयाक खोल्ने, पुराना सडक स्तरोन्नति गर्ने र आवश्यकता तथा प्राथमिकताका आधारमा कालोपत्र गर्ने कामलाई निरन्तरता दिइएको थापाको भनाइ छ ।

सडकसँगै यातायात आवागमन सहज बनाउन गाउँपालिकाले पुल निर्माणलाई प्राथमिकता दिएको छ । हालसम्म २५ वटा मोटरेबल पुल र १२ वटा झोलुङ्गे पुल निर्माण भएको गाउँपालिकाले जनाएको छ । यसबाट सडक सञ्जाल पुगेका स्थानमा खोलानाला तथा नदीका कारण हुने आवागमनको समस्या न्यूनीकरण भएको थापाले उल्लेख गर्नुभयो ।

बन्दीपुर गाउँपालिकाले पूर्वाधार विकाससँगै सार्वजनिक तथा पर्यटकीय क्षेत्रको सौन्दर्यीकरणलाई प्राथमिकता दिएको छ । हालसम्म ४९ वटा पार्क निर्माण गरिएको छ । वर्षाको पानी तथा घरबाट निस्कने फोहोर पानीको व्यवस्थापनका लागि ७८ किमी ढल निर्माण गरिएको छ । बाढी तथा कटानको जोखिम न्यूनीकरणका लागि पाँच किलोमिटर नदी नियन्त्रणको काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

कृषि उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले सिँचाइ पूर्वाधार निर्माणमा पनि लगानी गरेको छ । हालसम्म एक हजार ८६२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

कृषियोग्य जमिनमा सिँचाइको पहुँच विस्तार भएपछि वर्षामा मात्र निर्भर हुनुपर्ने अवस्थालाई कम गर्न सहयोग पुगेको गाउँपालिकाको अपेक्षा छ । पछिल्लो एक वर्षमा मात्रै थप छ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको छ ।

गाउँपालिकाले जलस्रोत संरक्षण तथा स्थानीय पूर्वाधार विकासअन्तर्गत हालसम्म छ वटा ताल निर्माण तथा संरक्षणसम्बन्धी काम गरेको जनाएको छ । पछिल्लो एक वर्षमा तीन वटा पोखरी निर्माण गरिएको छ ।

फोहर व्यवस्थापनका लागि गाउँपालिकामा एउटा डम्पिङ साइट र एउटा स्यानिटरी ल्याण्डफिल्ड निर्माण गरिएको छ । बढ्दो बस्ती तथा पर्यटकीय गतिविधिसँगै उत्पादन हुने फोहरको व्यवस्थित व्यवस्थापनका लागि यी संरचना निर्माण गरिएको थापाको भनाइ छ ।

गाउँपालिकाले सडक तथा भौतिक पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यका आधारभूत संरचना निर्माणलाई पनि प्राथमिकता दिएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि हालसम्म छ वटा विद्यालय भवन र सात वटा स्वास्थ्य चौकी निर्माण गरिएको छ ।

त्यस्तै गाउँपालिकाका विभिन्न स्थानमा ५४ वटा प्रतीक्षालय निर्माण भएका छन् । स्थानीय समुदायका कार्यक्रम तथा सामाजिक गतिविधिका लागि आवश्यक ७४ वटा सामुदायिक भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष थापाले गाउँपालिकाले उपलब्ध स्रोतसाधनलाई प्राथमिकताका क्षेत्रमा परिचालन गर्दै पूर्वाधार निर्माणलाई विकासको आधारका रूपमा अघि बढाएको बताउनुभयो । उहाँका अनुसार सडक, पुल, सिँचाइ, नदी नियन्त्रण, शिक्षा, स्वास्थ्य र सार्वजनिक संरचनाको विकासले स्थानीय बासिन्दाको दैनिक जीवन सहज बनाउने मात्र नभई आर्थिक गतिविधि विस्तारमा सहयोग पुर्‍याउनेछ ।

बन्दीपुर पर्यटकीय क्षेत्रका रूपमा परिचित भएकाले सडक, पार्क, प्रतीक्षालयलगायतका पूर्वाधार निर्माणले पर्यटन गतिविधिलाई सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • तनहुँ
  • दमौली
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

  • Post Thumbnail

    दसैँअघि निकुञ्जमा जिप सफारी

  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    Post Thumbnail

    शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

    Post Thumbnail

    सेवा विस्तारसँगै प्रदेश अस्पतालमा सेवाग्राही बढ्दै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution