
विराटनगर, १९ असोजः सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागुऔषध गाँजा बोकेको ट्रकसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार गए राति ट्राफिक प्रहरी कार्यालय इनरुवा र अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम राजमार्गतर्फ जाँदै गरेको ना ७ ख १८२५ नं को ट्रक जाँच गर्ने क्रममा बन्दाकोबीले छोपेको अवस्थामा ८३ वटा प्लास्टिकका बोरामा दुई हजार ५६६ किलो ५६० ग्राम गाँजा बरामद भएको हो ।
प्रहरीले सो ट्रकसहित गाँजा ओसारपसारमा संलग्न चालक धनकुटा सहिदभूमि गाँउपालिका–२ का राजु राई र सहचालक सन्दीप राईलाई नियन्त्रणमा लिएको छ । अहिले बरामद गरिएको गाँजासहित पक्राउ परेका व्यक्तिका बारेमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो ।
राष्ट्रिय समाचार समिति (रासस)

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |