Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खोटाङ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै सडक मर्मत गरी यातायातका साधन सञ्चालनयोग्य बनाउन आग्रह गरेको छ
रासस ९७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १८, आईतबार (२ घण्टा अघि)
Post Thumbnail

खोटाङ, १८ असोजः जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै सडक मर्मत गरी यातायातका साधन सञ्चालनयोग्य बनाउन आग्रह गरेको छ । समितिले नजिकिँदै गरेको दसैँ, तिहार तथा छट पर्वमा यात्रुलाई आवागमनमा सहजता पुर्याउनका लागि सबै सडक यातायात सञ्चालनयोग्य बनाउन स्थानीय तह र सम्बन्धित कार्यालयले आवश्यक व्यवस्थापन गर्ने/गराउने निर्णय गरेको हो ।

मध्यपहाडी लोकमार्गबाहेक सबै ग्रामीण सडक कच्ची अवस्थामा रहेकाले वर्षा हुनासाथ अवरुद्ध बन्ने गरेका छन् । १० स्थानीय तह रहेको जिल्लाका सबै स्थानीय तहको वडा–वडामा ग्रामीण सडक पुगे पनि कालोपत्र नहुँदा दिउँद्को समयमा करिब छ महिना मात्र यातायातका साधन सञ्चालन हुने गरेका छन् ।

जिल्लामा निर्माण गरिएका ग्रामीण सडकलाई तत्काल मर्मत गरेर दसैँअघि नियमित सञ्चालनमा ल्याएमा धेरै जिल्लावासीले राहत महसुस गर्ने भएकाले सम्बन्धित निकायले मर्मत गर्ने/गराउने निर्णय गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले जानकारी दिनुभयो ।

“आफ्नो क्षेत्रको सडक निर्माण, मर्मत तथा सञ्चालनमा ल्याउने जिम्मेवारी सम्बन्धित पालिको हो । यसमा हामी पनि समन्वय गर्ने काम गर्छौँ”, उहाँले भन्नुभयो, “चाडपर्व मान्न आफ्नो गाउँ आएका कुनै पनि व्यक्तिले दुःख पाउनुभएन । अवरुद्ध सडक सञ्चालनमा ल्याउन प्रशासनको तर्फबाट सक्दो सहयोग उपलब्ध हुनेछ ।”

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल-हलेसी-जयरामघाट खण्डलाई २४सै घण्टा सञ्चालनमा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको प्रजिअ गुरुङले जानकारी दिनुभयो । उक्त खण्ड खोटाङसहित छिमेकी जिल्ला भोजपुरका स्थानीयले समेत प्रयोग गर्दै आएकाले सडक मर्मतसम्भारका लागि मध्यपहाडी लोकमार्ग आयोजना, सडक डिभिजन कार्यालय हर्कपुर, गाईघाट-दिक्तेल सडक आयोजना र सम्बन्धित पालिकाले समन्वय तथा आवश्यक सामग्रीसहित व्यवस्थापन गर्ने/गराउने निर्णय गरिएको छ ।

प्रशासनद्वारा आयोजित विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाको विभिन्न पालिकामा निजी आवास पुनःनिर्माण तथा प्रवलीकरणका लागि प्राप्त भएको दोस्रो किस्तावापतको रकम अनुमोदन गर्ने निर्णय गरेको छ । निजी आवास पुनःनिर्माण तथा प्रवलीकरणका लागि दोस्रो किस्तावापत रु तीन लाख ४० हजार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ का सुविन श्रेष्ठ र कुमार श्रेष्ठलाई वितरण भएकाले अनुमोदन गरिएको प्रजिअ गुरुङले जानकारी दिनुभयो ।

त्यस्तै, गत साउन १५ र २५ गते तथा भदौ १ गते आएको अविरल वर्षाका कारण क्रमशः दिक्तेल रुपाकोट मझुवागढी-२ सोल्मा, वडा नं १० पाथेका र वडा नं ११ खार्मीका सडकमा लगाइएको तटबन्धमा क्षति पुर्याएकाले मर्मतका लागि बजेट व्यवस्थापन गर्न कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गरिएको सिफारिसलाई अनुमोदन गरिएको छ । जिल्लामा हुनसक्ने विपद्का घटनाको प्रतिकार्यका लागि जिल्ला विपद् व्यवस्थापन समिति र सम्बन्धित पक्षको सहभागितामा व्यवहारिक अभ्यास गर्ने निर्णय गरिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • खोटाङ
  • भोजपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    देशभर विपद्का १९ घटना, १२ घाइते

  • Post Thumbnail

    ‘जलवायु न्याय दया र परोपकार नभई मौलिक अधिकार’

  • Post Thumbnail

    कोरियाली चिकित्सकद्वारा बाढीपीडितलाई राहत सामग्री

  • Post Thumbnail

    तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कांग्रेस १५औँ महाधिवेशनः निर्वाचन कार्यतालिका सार्वजनिक

    Post Thumbnail

    देशभर विपद्का १९ घटना, १२ घाइते

    Post Thumbnail

    ‘जलवायु न्याय दया र परोपकार नभई मौलिक अधिकार’

    Post Thumbnail

    भट्टराईको ‘कलेजी प्रेम’ विमोचित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution