Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
चितवन

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा मत्स्य विकास निर्देशनालय हेटाैँडाले जनाएको छ । हरेक वर्ष
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १८, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

चितवन, १८ असोजः मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा मत्स्य विकास निर्देशनालय हेटाैँडाले जनाएको छ । हरेक वर्ष मानिसमा पाँच वटा नयाँ रोग भेटिने गरेकामा जसमध्ये तीन वटा रोग पशुबाट उत्पत्ति हुने गरेको पाइएको निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा सन्तोष घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार मानिसमा लाग्ने सङ्क्रामक रोगमध्ये ६० प्रतिशत जुनोटिक रहेका छन् । उहाँले नयाँ सङ्क्रामक रोगहरूमा ७५ प्रतिशत पशुबाट हुने गरेको जनाउँदै पशुको मासु र दूधबाट ती रोगहरू सङ्क्रमित हुने बताउनुभयो । जसका कारण मासु जाँच अनिवार्य रहेको उहाँको भनाइ छ ।

पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ र नियमावली, २०५७ कार्यान्वयन आवश्यक रहेको पशु विकास अधिकृत डा घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मानिसमा सर्ने रोग नियन्त्रणका लागि स्वच्छ मासु आवश्यक पर्छ ।” चितवनमा मात्रै दैनिक ८० देखि ९० हजार कुखुरा, ३५ गोटा भँैसी, ४०० देखि ५०० बाख्रा, २५ गोटा बङ्गुर वध हुने गरेको उहाँको भनाइ छ । यसलाई व्यवस्थित वधशालाको आवश्यक रहेको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिकाका पशु सेवा शाखाका डा रविन वस्ताकोटीका अनुसार महानगरमा मात्रै ४०० भन्दा बढी वधस्थल भए पनि व्यवस्थित र जनहित अनुसारका छैनन् । तिनीहरूलाई व्यवस्थित गर्दै स्वच्छ मासुको खपत वढाउन आवश्यक रहेको उहाँले बताउनुभयोे ।

अहिले सबै मासु पसलहरुलाई सरसफाइको कुरा मात्रै गर्दै आएको बताउँदै उहाँले अब ऐन कार्यान्वयन गर्दा कोलचेन (मासु राख्ने कोठाको तापक्रम) समेतका कुराहरुमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । यस नियमावलीले मासु बिक्री गर्दा छालारहित मात्र बिक्री गर्न भनेको उहाँले जानकारी दिनुभयो ।

पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेले ऐन कार्यान्वयनमा लैजान स्थानीय तह सक्रिय रूपमा लाग्नुपर्ने बताउनुभयो । दसैँ अघिनै ऐन कार्यान्वयनमा ल्याउने गरी कामलाई अघि बढाउन स्थानीय तहलाई उहाँले आग्रह गरिएको बताउनुभयो । पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ र नियमावलीले दिएको अधिकार प्रयोग गरी आम जनतालाई स्वच्छ मासु खुवाउनु पर्ने उहाँको भनाइ छ ।

पशुको स्रोत, स्वास्थ्य अवस्था, वध र मासु ढुवानी तथा भण्डारण अनियन्त्रित हुनु, जथाभावी पशु वध गर्ने, मरेका वा बिरामी पशुपन्छीको मासु बिक्री गर्ने, सडेगलेका मासु बिक्री गर्ने गर्दा मानिसमा रोगको सङ्क्रमण फैलने गरेको उहाँले जानकारी दिनुभयो । मिसावट गर्ने, छाला हड्डी लगायतका उपपदार्थ जथाभावी फाल्ने, फ्रिजभन्दा बाहिर धेरै मासु राख्नेलगायत कामले स्वच्छ मासु पाउन मुस्किल हुने गरेकाले ऐन र नियमावली कार्यान्वयनमा ल्याउन लागिएको उहाँको भनाइ छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • चितवन
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

  • Post Thumbnail

    सात लाख ३२ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध

  • Post Thumbnail

    चितवनका १०१ पत्रकारको आँखा परीक्षण

  • Post Thumbnail

    लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जङ्गली हात्ती मृत फेला

    जङ्गली हात्ती मृत फेला

    Post Thumbnail

    कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे

    Post Thumbnail

    कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो होः उपसभापति भुसाल

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution