Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

भोटेकोशी बाढी प्रभावितका लागि पाँच लाख बढी सहयोग

पोखराको पुरानो सामाजिक संस्था सिद्धार्थ क्लबले गत भदौ १० गतेको भोटेकोशी बाढी पीडितका लागि रु पाँच लाख २०
रासस १०७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (१ दिन अघि)
Post Thumbnail

कास्की, १७ असोजः पोखराको पुरानो सामाजिक संस्था सिद्धार्थ क्लबले गत भदौ १० गतेको भोटेकोशी बाढी पीडितका लागि रु पाँच लाख २० हजार ३३६ सहयोग गरेको छ । मानवीय भावना र सामाजिक उत्तरदायित्वबापत सो सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको क्लबको आज पोखरामा सम्पन्न ४१औँ पदस्थापन समारोहमा जानकारी दिइएको हो ।

यसैगरी, क्लबको वार्षिक साधारणसभा तथा पदस्थापना समारोहबाट आगामी कार्यकालका लागि सुनील श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरिएको हो । क्लबको प्रथम उपाध्यक्षमा नवराज गोठाजु, द्वितीय उपाध्यक्षमा प्रकाशमान श्रेष्ठ, निर्देशकमा ज्ञानेश्वरराज श्रेष्ठ, सचिवमा अनिल श्रेष्ठ, कोषाध्यक्षमा मदन मुल्मी र सहसचिवमा जमुना अधिकारी चयन हुनुभयो । यसैगरी सदस्यमा शशि मर्सानी र वीरेन्द्र बाटाजु रहनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गर्दै आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुने बालबालिकालाई सहयोग गर्ने उद्देश्यले आफ्ना स्व बुबा डिलबहादुर श्रेष्ठको स्मृतिमा रु दुई लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । सो अक्षयकोष सिद्धार्थ क्लब पोखरामार्फत सञ्चालन गरिने र त्यसबाट आर्थिक रूपमा कमजोर बालबालिकाको शिक्षामा सहयोग गरिने श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठले आगामी वर्षमा रकम थप गर्दै लैजाने प्रतिबद्धतासमेत जनाउनुभयो ।

विसं २०४१ मा स्थापना भएको सिद्धार्थ क्लबले शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका सशक्तीकरण, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । समारोहमा गैरसरकारी संस्था महासङ्घ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष पदम पहारी, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, सल्लाहकार समिति संयोजक सचिन श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्त लगायतको उपस्थिति थियो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • कास्की
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    वर्षाका कारण अवरुद्ध सडक दसैँअघि नैै सञ्चालनमा आउने

  • Post Thumbnail

    भन्सार छलीका सामान बरामद

  • Post Thumbnail

    देशभर विपद्का १९ घटना, १२ घाइते

  • Post Thumbnail

    ‘जलवायु न्याय दया र परोपकार नभई मौलिक अधिकार’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

    Post Thumbnail

    पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री पुन

    Post Thumbnail

    पक्की पुल अलपत्रः झोलुङ्गे पुलबाट ट्रान्सफर्मर बोक्नुपर्ने बाध्यता

    Post Thumbnail

    वर्षाका कारण अवरुद्ध सडक दसैँअघि नैै सञ्चालनमा आउने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution