Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राष्ट्रिय समाचार समिति (रासस)

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीलाई समाधान गर्दै अगाडि बढेको छ । श्रमिकका हक, अधिकार, पारिश्रमिक,
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

राँझा (बाँके), १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीलाई समाधान गर्दै अगाडि बढेको छ । श्रमिकका हक, अधिकार, पारिश्रमिक, श्रमसम्बन्धी विवाद तथा श्रम कानुन कार्यान्वयनसँग सम्बन्धित विषयमा उजुरी पर्ने गरेको श्रम कार्यालय नेपालगञ्जका प्रमुख पिन्टुकुमार रजकले जानकारी दिनुभयो ।

उहाँका अनुसार, गत आर्थिक वर्ष २०८२/०८३ मा कार्यालयमा परेका श्रमसम्बन्धी ४० उजुरीमा ३० वटा उजुरी फछ्र्यौट भएका छन् भने बाँकी उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढिरहेको छ । श्रमसम्बन्धी विवाद समाधान तथा कानुन कार्यान्वयनका लागि कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र रहेर आवश्यक कारबाही गर्दै आएको छ ।

गत आर्थिक वर्षमा फछ्र्याैट हुन नसकेको हाल श्रम कार्यालय नेपालगञ्जमा २१ मुद्दा दर्ता रहेका छन् । तीमध्ये आधाजसो मुद्दा फछ्र्यौट भइसकेको र बाँकी उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढिरहेको कार्यालय प्रमुख रजकले जानकारी दिनुभयो ।

कार्यालयले श्रमसम्बन्धि विवाद समाधानका लागि गत आर्थिक वर्षमा बाँकेसहित आफ्नो कार्यक्षेत्रमा रहेका ३०० भन्दाबढी प्रतिष्ठानको अनुगमन तथा निरीक्षण गरेको छ । विशेषगरी श्रमिकलाई कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराइएको छ वा छैन, बालश्रमको अवस्था, श्रम कानुनको पालना तथा श्रमिकका आधारभूत अधिकारको अवस्थाबारे कार्यालयले नियमित अनुगमन गर्दै आएको कार्यालय प्रमुख रजकले बताउनुभयो ।

बाँके., बर्दिया, दाङ र पूर्वीरुकुम गरी चार जिल्ला कार्यक्षेत्र रहेको श्रम कार्यालय नेपालगञ्जले श्रम कानुन कार्यान्वयन तथा श्रमिकका अधिकार संरक्षणका लागि काम गरिरहेको कार्यालय प्रमुख रजकको भनाइ छ ।

श्रम तथा रोजगार कार्यालय नेपालगञ्जले तोकिएको समयभित्र दर्ता नवीकरण नगर्ने विभिन्न १९ वटा प्रतिष्ठानस्तरका ट्रेड युनियनको दर्ता खारेजी गरेको छ । ट्रेड युनियन ऐन, २०४९ को दफा १७ तथा ट्रेड युनियन नियमावली, २०५० को नियम ९ बमोजिम म्यादभित्र र थप दस्तुरसहित नवीकरण गर्न नआएका १९ वटा प्रतिष्ठानस्तरका ट्रेड युनियनको दर्ता खारेजी भएको श्रम तथा रोजगार कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख रजकले जानकारी दिनुभयो ।

उहाँका अनुसार, शक्ति पोलिप्लेट प्रालि, जानकी गाउँपालिका–४ बाँके, लक्ष्मी प्लास्टिक प्रालि, नेपालगञ्ज, बिन्द्रावासिनी सेक्युरिटी प्रालि नेपालगञ्ज, राजलक्ष्मी ग्यास इण्डष्ट्रिज प्रालि नेपालगञ्ज, मनकामना ग्यास उद्योग नेपालगञ्ज, मनकामना फुटवेयर इण्डष्ट्रिज प्रालि नेपालगञ्ज, ज्ञान फूड प्रोडक्ट्स प्रालि पार्वतीपुर, बाँकेमा रहेका प्रतिष्ठानस्तरका ट्रेड युनियनहरु खारेजीमा परेका छन् ।

यसैगरी नेपाल रिपब्लिक मिडिया प्रालि नेपालगञ्ज, हलवल ग्रुप फाइभ सेक्युरिटी प्रालि कोहलपुर बाँके, केटिप ग्रुप प्रालि कोहलपुर बाँके, विदुषी विजी एण्ड सामाजिक प्रालि कोहलपुर बाँके, नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङ, घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालि घोराही दाङ, तुल्सीपुर यातायात प्रालि दाङ, ह्याप्पी हावर प्रालि नेपालगञ्ज, होटल डायमण्ड प्यालेस प्रालि नेपालगञ्ज, भेरी ग्यास उद्योग प्रालि नेपालगञ्ज र कर्णाली डिष्टिलरी प्रालि खजुरा बाँकेमा रहेका प्रतिष्ठानस्तरका ट्रेड युनियन खारेजीमा परेको श्रम तथा रोजगार कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख रजकले जानकारी दिनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • बर्दिया
  • बाँके
  • राँझा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

  • Post Thumbnail

    मेकाडेमिया नट खेतीमा किसानको आकर्षण

  • Post Thumbnail

    धानबालीमा रोग–कीराको समस्या ः किसान चिन्तित

  • Post Thumbnail

    जेनजी आन्दोलनका सहिद परिवार र घाइतेको पुनःस्थापनाका लागि ‘प्रोफाइल’ बनाउन सुरु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    Post Thumbnail

    निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

    अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

    अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

    Post Thumbnail

    मेकाडेमिया नट खेतीमा किसानको आकर्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution