Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राष्ट्रिय समाचार समिति (रासस)

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेको पुनःस्थापनाका लागि ‘प्रोफाइल’ बनाउन सुरु

जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलनका सहिद परिवार र घाइतेको पुनःस्थापना तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेजलाई प्रभावकारी बनाउन ‘प्रोफाइल’
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

झापा, १७ असोजः जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलनका सहिद परिवार र घाइतेको पुनःस्थापना तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेजलाई प्रभावकारी बनाउन ‘प्रोफाइल’ तयार गर्न सुरुआत गरेको छ ।

अनलाइन फारममार्फत सहिद परिवार र घाइतेको व्यक्तिगत विवरण, घटनासम्बन्धी विवरण, आर्थिक तथा सामाजिक अवस्था र सरकारसँगको अपेक्षासहितका चार क्षेत्रगत सूचना संकलन गरी ‘प्रोफाइल’ निर्माण गरिने प्रशासनले जनाएको छ ।

जिल्लामा हालसम्म दुई सहिद परिवार र सम्पर्कमा आएका ४० जना घाइते रहेका छन् । तीमध्ये ३७ जनाले घाइते परिचयपत्र प्राप्त गरिसकेका छन् भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट घाइतेको अवस्था अनुसार २८ जनाको वर्गीकरण भइसकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

नेपाल सरकार, मन्त्रिपरिषद्बाट २०८३ असार १८ गने स्वीकृत एकीकृत प्याकेजमा समावेश २४ बुँदाको प्रभावकारी कार्यान्वयनका लागि यो कदम चालिएको उहाँले बताउनुभयो ।

सरकारले घोषणा गरेको निःशुल्क स्वास्थ्य उपचार, निःशुल्क शिक्षा, रोजगारीलगायतका एकीकृत राहत प्याकेजलाई घाइते तथा सहिद परिवारको वास्तविक माग र आवश्यकतासँग जोड्न आवश्यक सूचना स्रोतको रूपमा रहने गरी यो ‘प्रोफाइल’ तयार पारिने उहाँको दाबी छ ।

सो कार्यका लागि सम्बन्धित सहिद परिवार र घाइतेलाई आफ्ना विवरण अद्यावधिक गर्न अनुरोध गरिएको छ । ‘प्रोफाइल’ तयार गर्ने यस महत्त्वपूर्ण कार्यमा आवश्यक समन्वय र सहजीकरणका लागि हालसम्म सम्पर्कमा नआएका जेन–जी आन्दोलनका घाइतेलाई यथाशीघ्र जिप्रकामा सम्पर्क राख्न अनुरोध गरिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • झापा
  • मन्त्रिपरिषद्
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

  • Post Thumbnail

    मेकाडेमिया नट खेतीमा किसानको आकर्षण

  • Post Thumbnail

    श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

  • Post Thumbnail

    धानबालीमा रोग–कीराको समस्या ः किसान चिन्तित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    Post Thumbnail

    निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

    अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

    अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

    Post Thumbnail

    मेकाडेमिया नट खेतीमा किसानको आकर्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution