
काठमाडौँ, १६ असोजः प्रधान सेनापति अशोकराज सिग्देलले विपद्का घटनापछिको खोज तथा उद्धारमा सकलदर्जाले देखाएको उच्च पेसागत दक्षता तथा व्यावसायिकताप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । जङ्गी अड्डामा आज पृतनापति समन्वयात्मक बैठकको समापन गर्दै उहाँले प्राप्त जिम्मेवारीलाई आगामी दिनमा समेत कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो ।
बिहीबारदेखि सञ्चालन भएको बैठकमा सम्पादन भएका कार्यको समीक्षा, वर्तमान परिस्थितिको विश्लेषण, विपद् प्रतिकार्यलगायत समसामयिक विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बैठकको समापन कार्यक्रममा बलाधिकृत, रथीवृन्दलगायत अधिकृतहरूको उपस्थिति थियो ।
राष्ट्रिय समाचार समिति (रासस)

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |