Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै

रासस ४७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १६, शुक्रबार (३ घण्टा अघि)
धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै

बैतडी, १६ असोजः भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका पुनः खोल्न लागिएको छ । परियोजनाले बाँधमा जमेको सिल्ट सफाइ गर्न ४८ घण्टाका लागि ढोका खोल्न लागेको हो ।

एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावर स्टेसन भारतबाट प्राप्त पत्रअनुसार असोज १७ गते राति १ः०० बजेदेखि असोज १९ गते राति १ः०० बजेसम्म बाँधका ढोका खुला रहने बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिनुभयो । बाँधका ढोका खोलिएको अवधिमा महाकाली नदीको बहाव तथा जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

सो अवधिमा नदीको बहाव तथा जलस्तर बढ्न सक्ने भएकाले महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन तथा नदी किनारमा नजान आग्रह गरिएको प्रजिअ अर्यालले बताउनुभयो । दार्चुलाबाट बैतडी, डडेल्धुरा, कञ्चनपुर हुँदै भारततिर बग्ने महाकालीमा पानीको सतह बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान प्रशासनले अनुरोध गरेको हो ।

दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोल्नुपूर्व भारतीय पक्षले नेपाली पक्षलाई सतर्कताका लागि जानकारी गराउने गरेको प्रजिअ अर्यालले जानकारी दिनुभयो । सोहीअनुसार नेपालतर्फ आवश्यक सतकर्ता अपनाउने गरिएको हो । यसअघि गत साउन १३ गते पनि धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

  • आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

    आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

  • Post Thumbnail

    विभिन्न स्वास्थ्य संस्थाका विकास समितिमा पदाधिकारी नियुक्त

  • टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते

    टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

    सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

    Post Thumbnail

    प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनमा ६८ बैठक

    Post Thumbnail

    कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

    गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

    गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution