Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राष्ट्रिय समाचार समिति (रासस)

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले आफ्नो जीविकोपार्जनको मुख्य आधारका रूपमा अघि बढाएको पाइएको
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १६, शुक्रबार (५४ मिनेट अघि)
गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी, १६ असोज : खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले आफ्नो जीविकोपार्जनको मुख्य आधारका रूपमा अघि बढाएको पाइएको छ ।

कृषि कर्मका अन्य विधाको तुलनामा खसीबोकाबाट छोटो समयमै राम्रो आम्दानी लिन सकिने भएपछि यसतर्फ किसानको आकर्षण बढेको हो । खसीबोका विक्रिबाट जिल्लामा वार्षिक करिब रु एक अर्ब बराबरसम्मको कारोबार हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेयले जानकारी दिनुभयो ।

गुल्मीमा उत्पादित खसीबोका स्थानीय बजारमा मात्र नभई बाहिरी जिल्लामा समेत निर्यात हुँदै आएको उहाँको भनाइ छ । जिल्लाका प्रत्येक पालिकाबाट वार्षिक करिब ४६ हजार खसीबोका उत्पादन हुने गरेको तथा हाल करिब दुई लाखको सङ्ख्यामा बाख्रा रहेको पशु सेवा केन्द्र गुल्मीले जनाएको छ ।

प्रमुख पाण्डेयका अनुसार जिल्लाबाट वार्षिक १४ हजार ६०० खसीबोका बाहिरी जिल्लामा निर्यात हुने गरेका छन् । उहाँका अनुसार जिल्ला बाहिर निर्यात हुने खसीबोकाबाट वार्षिक करिब रु २६ करोड २८ लाख जिल्ला भित्रिने गरेको छ । जिल्लामा उत्पादित खसी बोका उचित मूल्यमा सहज रूपमा घरबाटै बिक्री हुने भएकाले पनि किसानलाई यो व्यवसायप्रतिको आकर्षण बढेको हो ।

जिल्लाका सबै पालिकामा पालिने भए पनि खासगरी धुर्काेट पालिका मासुमा आत्मनिर्भर छ । यहाँ उत्पादिन खसी बोका जिउँदो प्रतिकिलो ५५० का दरले बिक्री वितरण हुँदै आएको धुर्काेट गाउँपालिका अध्यक्ष भूपाल पोखरेल बताउनुभयो ।

स्थानीय चन्द्रबहादुर खड्काको खोरबाट यस वर्ष पनि ७० किलो तौलसम्मका खसीबोका बिक्री भएका छन् । धुर्काेट क्षेत्रमा उत्पादिन खसीबोका बुटवललगायतका सहरमा पठाइने गरेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । गुल्मीको स्थानीय बजारमा खसी र बोकाको मासु प्रतिकिलो रु ९५० का दरले बिक्री हुँदै आएको छ । त्यस्तै जिल्लाका विभिन्न पालिकामा व्यावसायिक रूपमा बाख्रापालन हुँदै आएको छ । यहाँ उत्पादित केही उन्नत जातका बोका प्रजननका लागि समेत अन्य जिल्लामा पठाइने गरेको छ । जिल्लामा खासगरी जमुनापारी खरीक्रस, बोयर खरीक्रस र सिरोही खरीक्रस जातका बाख्रापालन हुँदै आएको केन्द्रले जनाएको छ ।

वार्षिक करिब ६०० को सङ्ख्यामा प्रजननका लागि बोका जिल्ला बाहिर बिक्री हुने गरेको छ । त्यस्तै वार्षिक १४ हजार खसीबोका मासुका लागि जिल्ला बाहिर बिक्रीका लागि पठाइने गरिएको छ ।

पछिल्लो आर्थिक वर्षमा स्थानीय तह तथा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका ४२१ वटा बाख्रा फार्ममा करिब दुई लाख बाख्रा रहेको विज्ञ केन्द्रले जनाएको छ ।

पशु सेवा विज्ञ केन्द्रले बाख्रापालन गर्ने किसान तथा समूहलाई खोर निर्माण, उन्नत जातका बीउ बोका, औषधि उपचार, खोप, मेसिनरी सामग्री खरिदलगायत प्राविधिक क्षेत्रमा सहयोग गर्दै आएको प्रमुख पाण्डेयले बताउनुभयो । कार्यालयले किसानका फार्ममै पुगेर बाख्रामा लाग्ने विभिन्न रोगविरुद्ध निःशुल्क खोप कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । त्यसबाट बाख्रामा लाग्ने महामारीजन्य रोग नियन्त्रण तथा क्षति न्यूनीकरणमा सहयोग पुगेको कार्यालयले जनाएको छ ।

खसीबोका पालनबाट राम्रो आम्दानी हुँदै आए पनि युवको विदेश पलायन र बसाइँसराइलगायत कारणले पछिल्लो समय व्यावसायिक किसानको सङ्ख्या भने तुलनात्मक रूपमा घट्दै गएको अनुमान गरिएको छ ।

खसीबाख्राका लागि आवश्यक खुराक घाँस तथा व्यवस्थापन गर्ने जनशक्तिको अभावजस्ता समस्या बाख्रापालन व्यवसायमा रहेको रेसुङ्गा कृषि तथा पशुपन्छी फार्मका सञ्चालक केशर रजालीले बताउनुहुन्छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • गुल्मी
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

  • सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

    सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

  • साउनभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न जनस्वास्थ्य कार्यालय धादिङको आग्रह

    साउनभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न जनस्वास्थ्य कार्यालय धादिङको आग्रह

  • सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

    सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

    गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

    गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

    Post Thumbnail

    राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम

    आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

    आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution