Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १६, शुक्रबार (१ दिन अघि)
‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

रूपन्देही, १६ असोजः बुद्ध जन्मभूमि लुम्बिनी र बुद्धत्व प्राप्त गरको स्थानसँग सम्बन्धित ‘बौद्ध सर्किट’को अवधारणा, त्यसको कार्यान्वयन र लाभलगायत विषयमा अध्ययन, अनुसन्धान तथा विश्लेषणसहित प्रतिवेदन तयारी प्रक्रिया अघि बढेको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, छायाँ नेपाल र इन्टिग्रेटेड सोसल डेभलपमेन्ट सेन्टर (आइएसडिसी) बीच त्रिपक्षीय रणनीतिक साझेदारी सम्झौता भई विस्तृत प्रतिवेदन तयारी प्रक्रिया अघि बढेको हो । अध्ययन प्रतिवेदन दिगो पर्यटन विकास तथा सीमापार सम्पर्कका लागि नीतिगत सुझाव र कार्यढाँचा तयारीमा केन्द्रित हुने बताइएको छ ।

तीनवटै संस्थाकोतर्फबाट संयुक्तरूपमा स्थलगत अध्ययन, तथ्याङ्क सङ्कलन तथा विश्लेषण, सरोकारवालासँग परामर्श र अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढेको लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ ।

आइएसडिसीकी बोर्ड सदस्य स्वाति थापाका अनुसार परियोजनामार्फत अघि बढाइने सो प्रतिवेदन तयारीका क्रममा अध्ययन, अनुसन्धानसहित प्राज्ञिक क्षेत्रको नेतृत्व विश्वविद्यालय, प्रदेश तथा स्थानीय तहसँगको समन्वय छायाँ नेपाल र समग्र पक्षको समन्वय भने आइएसडिसीले गर्नेछ । छायाँ नेपालले परियोजनाका लागि रु १५ लाख आर्थिक योगदान गर्ने र अनुसन्धानको गुणस्तर सुनिश्चित गर्न विश्वविद्यालयले प्राध्यापक तथा विज्ञ परिचालन गर्ने बोड सदस्य थापाले जानाकरी दिनुभयो ।

सन् २०२७ जुलाईसम्म प्रतिवेदन तयार गर्ने कार्यादेश रहेको सो परियोजनाको रणनीतिक निर्देशन, प्रगति समीक्षा तथा अनुगमनका लागि तीनवटै संस्थाका प्रतिनिधि सम्मिलित अन्तरसंस्थागत सञ्चालन समिति गठन गरिने बताइएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा माणिकरत्न शाक्य, छायाँ नेपालकी अध्यक्ष सृष्टि सिलवाल र आइएसडिसीका अध्यक्ष सिद्धार्थ बज्र बज्राचार्यले सो परियोजनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको रजिष्ट्रार इन्द्रप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

  • बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

    बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

  • Post Thumbnail

    हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

  • Post Thumbnail

    यसरी हुन्छ जलमापन केन्द्रबाट नारायणीको निगरानी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १७ गते शनिबार

    २०८३ असोज १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य

    Post Thumbnail

    कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने

    Post Thumbnail

    भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

    बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

    बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution