Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

रासस २०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १२, सोमबार (१ घण्टा अघि)
हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

गोरखा, १२ असोजः

मनाङको नार्पाभूमिस्थित हिमलुङ हिमपहिरोमा परेर गोरखाका दुई जना बेपत्ता भएका छन् । हिमलुङ आधार शिविरमा क्याम्प निर्माण गर्ने क्रममा हिमपहिरो आएपछि जिल्लाको धार्चे गाउँपालिका-२ केरौँजाका दुई जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजुकुमार क्षेष्ठले जानकारी दिनुभयो ।

धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले पर्वतारोहीको सहयोगीका रूपमा हिमलुङ आधार शिविर पुगेका धार्चे-२ केरौँजाका वीरेन्द्र गुरुङ र आशबहादुर गुरुङ शनिबारदेखि सम्पर्कविहीन रहेका जानकारी दिनुभयो । आइतबार बिहान हिमलुङ आधार शिविरको हिमपहिरोमा बेपत्ता भएका दुवै जनाको खोजी कार्यलाई तीव्रता दिन परिवार तथा आफन्तहरूले आग्रह गरेका छन् ।

करिब ३२ वर्षका वीरेन्द्र हिमालयन होलिडेज कम्पनीका बेसक्याप सहयोगीका रूपमा र ४५ वर्षका आशबहादुर इम्याजिन नेपाल एक्पिडिसन प्रालिबाट गाइड तथा कुकम्यानको कामका लागि त्यसतर्फ गएका थिए । “आशबहादुर र वीरेन्द्रको घरमा अहिले रुवावासी छ”, पीडित परिवारका अर्जुन गुरुङले भन्नुभयो, “वीरेन्द्रको बुवा, श्रीमती, एउटा तीन चार वर्षको र अर्को पाँच छ वर्षको छोरा छन् । आशबहादुरको श्रीमती र छोराछोरी काठमाडौँमा छन् । घरमा बुढी आमा हुनुहुन्छ ।”

दुवै जनासंँगै हिमलुङ आधार शिविरको हिमपहिरोमा १६ जना बेपत्ता भएका प्रहरी नायब उपरीक्षक क्षेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्तामध्ये दुई जनाको शव फेला परेर सनाखत भइसकेको छ । तर उनीहरूको अहिलेसम्म अत्तोपत्तो छैन ।

समुद्री सतहबाट चार हजार ८७५ मिटर अग्लो आधार शिविरमा हराएकाहरुको खोजी कार्यका लागि नेपाल राष्ट्रिय पथप्रदर्शक संघ र पर्वतारोहण सञ्चालक सङ्घबाट १४ जनाको उद्धार टोली खटिएका छन् । घटनाका बेला भागेर ज्यान बचाएका १४ जनाको टोली फू बाट आधार शिविरतर्फ गएका पर्वतारोहण पथप्रदर्शक सङ्घका अध्यक्ष तुल्सिङ गुरुङले जानकारी दिनुभयो । “अहिले मौसम खुलेर खोजतलास गर्न सजिलो भएको छ”, उहाँले भन्नुभयो, “हिउँ धेरै बाक्लो रहेकाले खोजी कार्य गर्न धेरै समय लाग्छ सक्छ ।”

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

    बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution