Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

रासस २७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १२, सोमबार (१ दिन अघि)
बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

चितवन, १२ असोजः

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट एउटा गैँडा नारायणीमा बगेर सुस्ता पुगेको छ । अन्दाजी पाँच वर्षको गैँडा नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका-४ मा आज बिहान देखिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले गैँडा बगेर सुस्ता पुगेको सूचना पाएलगत्तै गैँडाको निगरानीको काम थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गैँडाको रेकी भइरहेको छ । उद्धार गरेर हामी ल्याउने तयारीमा छौँ ।” गैँडालाई डार्ट गरेर बेहोस बनाइ डुङ्गामा वा भारतीय बाटो हुँदै ल्याउनुपर्ने जनाउँदै उहाँले सुस्ता नवलपरासीमा पर्ने भएकाले त्यहाँ पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बताउनुभयो ।

नारायणी नदीमा शनिबार र आइतबार ठूलो बाढी आउँदा नदी तटीय क्षेत्रबाट गैँडा बगाएको हो । नदीले बगाएर अन्य गैँडासहित वन्यजन्तु भारत पुर्‍याएको हुन सक्ने सूचना अधिकारी थापामगरले अनुमान गर्नुभयो । यसअघि विसं २०७४ साउन २८ गते राप्ती र नारायणी नदीमा ठूलो बाढी आउँदा धेरै गैँडा बगेर सुस्ता हुँदै भारतीय भूमीमा पुगेका थिए । तत्कालीन निकुञ्जका प्रमुख संरक्षण अधिकृत सहसचिव डा रामचन्द्र कडेँलका अनुसार तत्कालीन समयमा भारतीय भूमिमा पुगेका १२ वटा गैँडा उद्धार गरी ल्याइएको थियो ।

भारतको बाल्मिकी टाइगर रिजर्भका अधिकारीहरूसँगको पुरानो चिनजानका कारणले गैँडा ल्याउने काममा भारतका तर्फबाट सहजीकरण भएको उहाँले बताउनुभयो । यस वर्षको बाढी ठूलो भएकाले भारतसम्म गैँडा पुगेको हुन सक्ने आकलन गरिएको छ ।

यस वर्ष शनिबार र आइतबारको बाढीमा राप्ती नदीको मेघौली, खैरहनीलगायत क्षेत्रमा बगेका गैँडा आफैँ उत्रिएका निकुञ्जले जनाएको छ । एउटा मृगलाई भरतपुर महानगरपालिका-१७ शिसुवारबाट उद्धार गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेको पछिल्लो गणनामा उल्लेख छ । नारायणी नदीमा पहिलेको भन्दा ठूलो बाढी आएको र गैँडाको सङ्ख्या बढ्दो भएकाले बाढीले थप बगाएको हुन सक्ने अनुमान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

  • सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

  • मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

    मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

  • प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १३ गते मंगलबार

    २०८३ असोज १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    कोटेशन आह्वान गरिएको सूचना

    कोटेशन आह्वान गरिएको सूचना

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution