
महेन्द्रनगर, १२ असोजः
कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज भएको छ । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव एक लाख क्यसेक पार गरेपछि दुई दिनदेखि शारदा ब्यारेज (बनवासा पुल) मा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले आज बिहान महाकाली नदीमा पानीको बहाव घटेसँगै बनवासा पुल पूर्ण रूपमा सञ्चालन भएको जानजकारी दिनुभयो । प्रहरीका अनुसार अहिले पानीको बहाव ९८ हजार क्यसेक मापन गरिएको छ ।
भारतीय पक्षले एक लाख क्युसेक बहाव नाघेपछि पुल जीर्ण भएको कारण देखाउँदै ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको थियो । कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडाैँ, पोखरालगागत स्थानका लागि आजदेखि यातायात सेवा सञ्चालन भएको महाकाली बहुउद्देश्यीय यातायात कम्पनी प्रालिका अध्यक्ष नविन भट्टले जानकारी दिनुभयो ।
“वर्षाका कारण काठमाडाैँका यात्रुवाहक बस चार दिनदेखि र सुदूरपश्चिमका पहाडी जिल्लामा तीन दिनदेखि यातायात बन्द गरिएको थियो”, अध्यक्ष भट्टले भन्नुभयो, “मौसममा सुधार आएसँगै यातायात सेवा पनि आजदेखि सुरु भइसकेको छ ।”

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |