Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

रासस २५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १२, सोमबार (१ घण्टा अघि)
संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

काठमाडौँ, १२ असोजः

हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति आगामी बुधबार चयन गरिने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त संसदीय विशेष समितिको सभापति चयनका लागि बुधबार निर्वाचन हुने गरी तालिका तोक्नुभएको हो । निर्वाचन बुधबार दिउँसो २ः०० बजे हुनेछ ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदी भएर आएको विनाशकारी बाढी र त्यसले रसुवा, नुवाकोट, धादिङलगायत जिल्ला र आसपासका क्षेत्रमा गरेको मानवीय तथा भौतिक क्षतिको पृष्ठभूमिमा प्रतिनिधिसभाले १५ सदस्यीय उक्त संसदीय विशेष समिति गठन गरेको थियो ।

संसद्ले उक्त समितिको कार्यावधि तीन महिना तय गरेको छ र यसको म्याद पछि थप गर्न सकिने प्रावधान पनि राखिएको छ । भोटेकोशी-त्रिशूली विपद्को कारण, यसको प्रभाव तथा क्षतिको अध्ययन तथा अनुगमन, विपद्को उत्पत्ति, घटनाक्रम, तत्काल कारण र जोखिम तीव्र बनाउने कारकको वैज्ञानिक प्रमाणमा आधारित अध्ययन यसको कार्यक्षेत्र रहेको छ ।

साथै समितिको कार्यदेशमा हिमालमा जलवायु परिवर्तनको प्रभावको अध्ययन, जलवायु परिवर्तनसँगको सम्भावित सम्बन्ध, सीमापार जलाधारको प्रभाव तथा तल्लो तटीय क्षेत्रमा परेको असरको समीक्षा गर्ने पनि कार्यादेश दिइएको छ । समितिले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका सम्बन्धमा पनि आवश्यक अनुगमन तथा कार्य गर्नेछ । समितिले विपद् जोखिम न्यूनीकरण तथा पूर्वचेतावनी प्रणालीका सम्बन्धमा अधययन गरेर आवश्यक सुझावहरु प्रस्तुत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

    बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

  • बनेपामा जालुद्यो जात्रा सम्पन्न

    बनेपामा जालुद्यो जात्रा सम्पन्न

  • चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

    चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

    बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

    बनेपामा जालुद्यो जात्रा सम्पन्न

    बनेपामा जालुद्यो जात्रा सम्पन्न

    चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

    चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution