Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

२२ महिनापछि अभियुक्त पक्राउ

रासस १४५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ५, सोमबार (१ हफ्ता अघि)
२२ महिनापछि अभियुक्त पक्राउ

सिरहा, ५ असोजः ‘अब न्याय पाउँछौ’ । भन्ने विश्वास मरिसकेको थियो । दिन बित्यो, महिना बित्यो तर, भाइको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सक्छ भन्ने विश्वास पनि हराइसकेको थियो ।

तस्करीलाई रोक्न खोज्दा तस्कर समूहले मारिएका सशस्त्रका प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवका दाजु पाण्डव यादवको भनाइ हो यो, तर २२ महिनापछि प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गरेपछि उहाँको परिवारमा न्यायप्रतिको विश्वास पलाएको छ ।

नागरिकलाई अन्याय पर्दा प्रहरीले सुरक्षा दिन्छ, भन्ने विश्वास सबैको हुन्छ । तर, त्यही सुरक्षामा खटिएका प्रहरीको हत्या हुँदा न्याय नपाए पछि विश्वास हराउँदै गएको थियो, अहिले मुख्य अभियुक्तलाई पक्राउ गर्दा हराएको विश्वास फर्किएको उहाँको दाजु पाण्डव यादवले बताउनुभयो ।

घटनाको विवरण–

विसं २०८१ मङ्सिर १६ गते बिहानै भारतबाट नेपालतर्फ मदिरा तस्करी भइरहेको सूचना प्राप्त भएको थियो । त्यसपछि अँध्यारोमै ३ः०० बजे बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी टोली खटिएको थियो ।

बीओपी बडहरी बरियारपट्टीबाट प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवको नेतृत्वमा उक्त टोली त्यसतर्फ खटिएको थियो ।

सूचना अनुसार सशस्त्र प्रहरीको टोलीले शङ्कास्पद गाडी आइरहेको देख्यो । उक्त गाडी डीएल ५ सीजे ७१७१ नम्बरको सफारी जीप थियो ।

ड्युटी टोलीले उक्त जीपलाई रोक्न खोज्यो । तर, चालकले ड्युटीमा रहेका सई लक्ष्मणप्रसादलाई ठक्कर दिएर फरार भएको सशस्त्र प्रहरीले बताउँदै आएको छ ।

गम्भीर घाइते भएका सई लक्ष्मणप्रसादको उपचारका क्रममा मृत्यु भएको थियो । घटनापछि गाडीमा सवार व्यक्ति फरार रहेका थिए ।

त्यसपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाउँदै संलग्न व्यक्तिको खोजी गरिरहेको थियो । घटना भएको २२ महिनापछि प्रहरीले भारत विहारको मधुवनी जिल्ला, ललबनियाँ थाना, घोडमोहना गाउँका ३७ वर्षीय मोहम्मद कुरवान मंसुरीलाई पक्राउ गरेको छ । उहाँ नै मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ ।

सई लक्ष्मणप्रसादको हत्यामा प्रयोग भएको गाडीका धनी उहाँ नै रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट उहाँलाई पक्राउ गरिएको हो । प्रहरीले कुरवानसहित तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय, महेशपुर पतारीको टोलीले पक्राउ गर्न खोजेपछि सिमा क्षेत्रबाट भाग्न खोज्ने क्रममा प्रहरीलाई लक्षित गरी उनीहरुले एक राउण्ड गोलीसमेत चलाएको प्रहरीको भनाइ छ ।

जवाफी कारबाहीमा प्रहरी टोलीले तीन राउण्ड गोली प्रहार गरी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गोली लागेर बाँया हातको कुहिनो र दाहिने कोखमा चोट लागेका कुरवानको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ ।

मुख्य अभियुक्त समातिएपछि जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख वासुदेव पाठक, सशस्त्र प्रहरीका एसपी सुमनजङ्ग थापासहितको टोली मृतक सई लक्ष्मणप्रसादको घरमा पुग्नुभएको थियो ।

उहाँहरुले बाँकी रहेका अभियुक्तहरुलाई चाडै समातेर न्यायको प्रत्याभूति दिलाउने प्रतिबद्धतासमेत जनाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

  • शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

  • गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

  • ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution