Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

फुर्केखोलामा तत्काल पुल निर्माण गर्न सांसद थपलियाको माग

बाढी प्रभावितलाई ऋणको ब्याज र विद्युत् महसुल छुट दिन आग्रह
प्रत्यूष ३७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १, बिहिबार (१ हफ्ता अघि)
फुर्केखोलामा तत्काल पुल निर्माण गर्न सांसद थपलियाको माग

धादिङ,१ असोज । प्रतिनिधिसभा सदस्य सीता थपलियाले भोटेकोशी बाढीका कारण त्रिशूली नदीस्थित फुर्केखोलाको पुल बगेको २३ दिन बितिसक्दा पनि वैकल्पिक व्यवस्था नभएको भन्दै तत्काल अस्थायी बेलिब्रिज निर्माण गर्न सरकारसँग माग गर्नुभएको छ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले पुल अभावमा नागरिकको आवतजावत र दैनिकी प्रभावित भएकाले निर्माणमा थप ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। “हिन्तु–परन्तु होइन, धादिङका नागरिकलाई फुर्केखोलामा पुल चाहिन्छ”, उहाँले भन्नुभयो।

सांसद थपलियाले पुल निर्माणका लागि यसअघि पनि सदनमार्फत सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्दै मागको सुनुवाइ नभएको गुनासो गर्नुभयो। सरकारको ढिलासुस्तीका कारण धादिङका नागरिकले राज्यबाट उपेक्षित भएको अनुभव गर्न थालेको उहाँको भनाइ थियो।

उहाँले बाढीबाट प्रभावित धादिङ, रसुवा र नुवाकोटका व्यवसायी तथा सर्वसाधारणले बैंकबाट लिएको ऋणको ब्याज र विद्युत् महसुल पुनःस्थापना नहुँदासम्म मिनाहा गर्न माग गर्नुभयो। प्रभावित नागरिकका आधारभूत आवश्यकताको सुनिश्चितता सरकारले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरो गएको १९ दिनपछि मात्र सडक सञ्चालनमा आएको उल्लेख गर्दै सांसद थपलियाले उक्त क्षेत्रको समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो। कृष्णभिरमा पटकपटक पहिरो खस्ने र सडक अवरुद्ध हुने गरेकाले तत्कालीन समाधानसँगै वैकल्पिक मार्ग तयार गर्नुपर्ने उहाँको भनाइ थियो।

मलेखु–ताल्ती हुँदै भण्डारा निस्कने चेपाङ मार्गलाई वैकल्पिक सडकका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै उहाँले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।

सांसद थपलियाले प्रसव पीडामा रहेकी एक महिलाले सडकमै बच्चा जन्माउनुपरेको घटनाबारे पनि सरकारसँग जवाफ माग्नुभयो। सम्बन्धित अस्पतालमाथि कारबाही, पीडित परिवारलाई न्याय तथा यस्ता घटना दोहोरिन नदिन चालिने कदमबारे उहाँले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो।

सरकारको सयदिने सङ्कल्पबारे प्रश्न उठाउँदै उहाँले घोषणाको सङ्ख्याभन्दा नागरिकको जीवनमा आएको परिवर्तन महत्त्वपूर्ण हुने बताउनुभयो। नागरिकले खाना पकाउने ग्यासका लागि लाइन बस्नुपरेको र बजारको महँगी नियन्त्रण हुन नसकेको उहाँको भनाइ थियो।

राजधानीका नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाइएको प्रसङ्ग उल्लेख गर्दै सांसद थपलियाले प्रभावित परिवारको पहिचान र स्थायी आवास व्यवस्थाबारे आधिकारिक विवरण माग गर्नुभयो। सुकुम्बासी मोर्चाले विस्थापनपछि विभिन्न कारणले १० जनाको मृत्यु भएको दाबी गरे पनि सरकारले आधिकारिक तथ्याङ्क सार्वजनिक नगरेको उहाँले बताउनुभयो।

प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घीय महासभामा हुने सहभागिता फलदायी बन्ने शुभकामना दिँदै उहाँले जलवायु परिवर्तन र जलवायु न्यायको विषय विश्वसामु प्रभावकारी रूपमा उठाउन आग्रह गर्नुभयो। नेपालले जलवायु सङ्कट सिर्जना गर्न ठूलो योगदान नगरे पनि त्यसको मूल्य चुकाइरहेको उल्लेख गर्दै उहाँले आर्थिक सहयोगसँगै जलवायु न्याय नेपालको माग हुनुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस
गल्छी गाउँपालिका सम्बन्धि थप
  • कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

  • फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

  • भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

  • सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution