Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

भोटेकोशी बाढी: विवरण सङ्कलन गर्न समिति गठन

रासस १०२६ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधबार (१ हफ्ता अघि)
भोटेकोशी बाढी: विवरण सङ्कलन गर्न समिति गठन

रसुवा, ३१ भदौः

भोटेकोशी बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५ सदस्यीय तथ्याङ्क मूल्याङ्कन समिति गठन भएको छ ।

जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको अध्यक्षतामा मङ्गलवार सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकले बाढीबाट भएको धनजनको प्रारम्भिक क्षतिका विवरण एक महिनाभित्र सङ्कलन गर्न नवगठित मूल्याङ्कन समितिलाई कार्यादेश दिएको उहाँले जानकारी दिनुभयो ।

समितिमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार आयोजना, सहरी विकास तथा भवन निर्माण आयोजना, रसुवा भन्सार कार्यालय, सुरक्षा निकाय, नापी, भूमि प्रशासन, जलविद्युत् आयोजना, नेपाल इन्टरमोडललगायत २५ सरकारी तथा गैरसरकारी संस्था÷निकायका प्रमुख प्रतिनिधि सदस्य रहेका छन् । समितिको सदस्यसचिवमा सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी रहनुभएको छ ।

बाढीका कारण स्याफ्रुबेँसीमा रहेको गोसाइँकुण्ड गाउँपालिकाको भवन बगाएपछि गाउँपालिकाको नियमित कार्यसञ्चालनका लागि रसुवा भूसंरक्षण कार्यालयको खाली भवन प्रयोग गर्ने निर्णयसमेत भएको छ ।

त्यसैगरी, बेत्रावतीको खाल्टेमा बाढीले बगाएको उत्तरगया गाउँपालिकाको भवन पुनर्निर्माणका लागि बेत्रावतीमाथि रहेको सामुदायिक वन क्षेत्रभित्र भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा अन्य विपद्सम्बन्धी कार्यका लागि निजी कम्पनीका हेलिकप्टर प्रयोग गर्नुपर्ने भएमा सम्बन्धित सङ्घसंस्था वा व्यक्तिले माग गरेअनुसार रसुवा उडानको अनुमति लिन लिखित अनुरोध प्राप्त भए जिल्ला प्रशासन कार्यालयले आवश्यक सहजीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बाढीले रसुवाका विभिन्न स्थानमा मानवीय तथा भौतिक क्षति पुर्याएको थियो । क्षतिको एकिन विवरण सङ्कलन गरी राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउन तथ्याङ्क सङ्कलन समितिले काम गर्ने जनाइएको छ ।

यस्तै बाढी बगाएका रसुवा, नुवाकोट सिमाना बेत्रावतीको फलाखुखोला, स्याफ्रुबेँसीको भोटेकोसी तथा रोङ्गा खोलामा बेलीब्रिज छिटोभन्दा छिटो जडान गरी सडक एवं पैदलमार्गको सञ्जाल जोडिदिन रसुवा नागरिक समाजले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

    बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

  • बनेपामा जालुद्यो जात्रा सम्पन्न

    बनेपामा जालुद्यो जात्रा सम्पन्न

  • चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

    चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

  • संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

    संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

    बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

    बनेपामा जालुद्यो जात्रा सम्पन्न

    बनेपामा जालुद्यो जात्रा सम्पन्न

    चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

    चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

    संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

    संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution